हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा जिन्दगीको बयान

सुशिल शाह, ( )

कहिले

आफ्नै सपनाकोपछि लागेर

कुदें नसुती,

एक्लै

ती अनिदा रातहरु

के थाहा भेटिन्छ कि भनी ?

मैले खोजेको जीवन

कहिले

फसेर कसैको मायाजालमा

टोलाइ बसें घण्टौं

, आफ्नै छायासँग

र भएँ बदनाम

यो शहरमा

एक पागल भनी

कहिले

साँचेर आँखामै आँसु

सहें छातीको चोट

र हाँसे

आफ्ना दुश्मनहरुतिर

देखावटी हाँसो,

खुःसीनै छुँ देखाउनलाई

कहिले

बटुलेर केही साथीभाइ

बन्द गरे देश

र हिँडे माग्दै

सरकारसँग

आफ्नो अधिकार

या कुनै रोजगार

कहिले

मुखमा नभए पनि गाँस

पालेर

मिठामिठा आश

जसोतसो म बाँचिरहें

बाँच्न !

सायदै सकिने समय

र कहिले

झोक्किएर यो जिन्दगीसँग

अब,

एकछिन अरु बाँच्दिन भनी

खोज्दै हिँडे म

कतै

कुनै गहिरो नदी ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |