हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विडम्बना

शर्मिला खडका दाहाल, (काठमाडौं)


समय मसँगै
ब्युँ झन्छ बिहानको झिसमिसे भएर । समयसँग दौडन्छु म भान्सा, धारा र पसल सबैतिर ।

रोबोटजस्तो शरिर दौडन्छ चारैतिर ।  कसको अधिनमा दौडन्छ यो शरिर थाहा पाउँदिन तर पनि दौडन्छ ।  मानिसले रोबोट बनाएपछि नै भगवानले रिसले मान्छेलाई रोबोट बनाइदिए हुन् क्यार । अहिलेको एक्काइसौँ शताब्दीमा मानिसहरू रोबोटभन्दा कहाँ कम छ र ? त्यसमा पनि एकल महिलाको जिन्दगी, सुपर रोबोट भएर बाँचेको हुन्छ । उसलाई एउटा मात्र होइन तीन वटा रिमोटले कन्ट्रोल गरिरहेको हुन्छ । एकातिर अफिसको दायित्व अर्कोतिर घरायसी दायित्व र फेरि अर्कोतिर सामाजिक दायित्व । कहिलकाहीँ लाग्छ यी तीनवटैको तार फु्यज भएर सब समाप्त भए हुने । त्यसो भए निर्जिव सरह बाँचेको यो जीवनले उन्मुक्ति नै पाउने थियो । तर सोचेजस्तो कहाँ हुन्छ र संसारमा ? मेरो ठाउँमा अहिले मेरो श्रीमान एक्लै भएका भए केटी दिनेको ताँती लागिसकेको हन्थ्यो । उनी पनि नयाँ घरवार सम्हालेर मोज गरेर बसिसक्थे तर हामी नारीको भाग्य नै विधाताले लोडसेडिगको बेला लेखेछन् कि क्या हो सब तिर अँध्यारो नै अँध्यारो ।

अब बाँचेर के नै गर्नु छ र ? आफ्नो भागमा पर्ने दुःखसुखको जिन्दगी बाँचिसकेको छु । अरू बाँचेर के गर्नु र ? म नभए छोराको जिन्दगीको दायित्व कसले लिइदिन्छ भनेर चिन्ता के गर्नु । आखिर भगवान सिद्धार्थका आमा जन्मने बित्तिकै मर्दा त उनी त्यत्रा महान मानिस बने । आमा नै चाहिन्छ भन्ने के छ र ? तर...पनि यहि छोराको मायाको डोरीले आयु लम्ब्याइ रहेको छ मेरो ।

चिया, नास्ता, खाना गर्दागर्दै मोबाइलको घन्टी बजेको थाहा नै पाइनछु ।

तीन मिसकल रहेछ दिदीकी छोरी आयुष्माको ।

अन्तिममा मेसेज पठाएर ढुक्क भएकी रहिछ । मेसेज के रहेछ हेर्छु, ‘आन्टी मम्मीलाई मोडल अस्तपालमा राखिएको छ । इमरजेन्सीमा हुनुहुन्छ । आत्तिनुपर्दैन हामी छौँ ।

ला के भएछ दिदीलाई । अलिक विसन्चो छ भन्नुहुन्थ्यो । साह्रो पारेछ कि क्या हो ?’ मन भित्रभित्रै शंकाको सँक्रमणले आतंकित बन्छु ।

एक कल गर्छु भन्दाभन्दै छोरालाई स्कुल पठाउन ढिलो भइसकेको थियो । सोच्छु बरु खाना चाँडै खाएर अस्पताल हुँदै अफिस जान पर्यो । आतंकित मनलाई साम्य पार्दै गन्तव्यतिर लाग्छु ।

सँधै भन्दा एकघन्टा अघि घरबाट निस्किन्छु । पुरानो बानेश्वर चोकमा टेम्पोको पखाईमा बस्छु । कुनै टेम्पो खाली आउँदैनन् । झर्को लाग्छ । भत्केको बाटोमा पानी परेर हिलाम्मे भएको छ । नेपालीले दुःखको भारी यही सडकमा बिछ्याइको हो कि जस्तो लाग्छ । मनमनै वितृष्णाको माला उन्न थाल्छु । वरिपरिको परिवेशलाई भिडियो क्यामेराले खिचेझैँ मनको क्यामेरामा खिच्न थाल्छु । छेउमा एउटी महिला दसपन्ध्र मुठा साग राखेर बेच्न बसेकी छे । एउटा ल्यान्डक्रुजर गाडी हिलो उछिटाउँदै जान्छ । उक्त महिला हिलोबाट सागलाई जोगाउन असफल प्रयास गर्छिन् । मलाई लाग्छ उक्त गाडीले हिलो छ्यापेको होइन सम्पन्नताले मादकताको गन्ध छ्यापेको हो । म कथाकार रमेश विकलको कथा नयाँ सडकको गीतमा झङ्कृत हुन्छु । दस हजारको चश्मा, पन्ध्र हजारको सुट अनि अस्सी लाखको गाडीको अहँताको भार सायद यो सडकले पनि थेग्न नसकेर हिलो उछिटयाएको होलाजस्तो लाग्छ । यो सम्पन्नता अरु पनि धेरै कुरा को गन्ध हुन सक्छ तर म साधारण कर्मचारी महिलाले अरु कुरा के बुझनु र ? ती गरिव महिला उठेर गाडीलाई सराप्न खोज्छिन्, त्यतिञ्जेल गाडी पर जाममा हराइसकेको हुन्छ । म फेरि यथावत टेम्पो पर्खाइमा परिवेशको चलचित्र खिच्न व्यस्त हुन्छु । एकछिनमा एउटा महँगो प्राइवेट स्कुलको बस जान्छ । अभिभावकको रगत चुसेर जन्डिस रोग लाग्न बाध्य बनाउने बोडिग स्कुललाई सम्झेर मनमनै आक्रोशको फोहरा फुटाउँछु । तर मेरो आक्रोशले कसलाई के पो गर्ने हो र ? सरकारले गतिलो पाइला चाल्न नसक्दा सबै क्षेत्र यस्तै छताछुल्ल छ । बाटाको हिलो गाडीले फ्याँके जस्तो । स्वार्थी नेताहरूको चालले नेपाली जनताको भाग्य यो भत्केको सडकजस्तै भएको छ । सरकार आफै लङ्गडो बनेर अरुलाई डोराइ मागेको अवस्थामा देशको यो अवस्थालाई पनि धन्न पशुपतिनाथले धानेका छन भन्नुपर्ने अवस्था आइसकेको छ ।

मलाई उक्त महिलाको अवस्था देखेर सारै दया लागेर आउँछ । मनभित्र कुराको भकारी भर्न थाल्छु । यी महिलाको दिनको आम्दानी कति होला ? छोराछोरी कति होलान् ? म जस्तै एकल महिला हुन् होइनन् ?

हेर्दाहेर्दै  एकछिनमा एउटा युवक पुलिस लिएर ती महिला भए ठाउँमा आइपुग्छ । म एकछिन कुराको भारी बिसाउँदै त्यतै ध्यानमग्न हुन्छु ।

त्यो युवक तिनै महिलालाई देखाउँदै हवल्दारलाई भन्छ, “साव साग बेच्ने महिला भनेकी यिनै हुन् । यिनकै साग खाएर मेरी काकी अहिले सिरियस भएर हस्पिटलमा हुनुहुन्छ ।

सुरुमा ती महिला अत्तालिन्छिन् फेरि नम्र भएर भन्छिन, “साब मैले केही गरेकी छैन । मैले त गाउँबाट ल्याएर साग बेचेकी हुँ हजुर ।

ती युवक फेरि जोशिदै भन्छन्, “यसो भनेर कहाँ हुन्छ साव । यिनलाई वडा लानुपर्छ । त्यसै कहाँ छोडन मिल्छ र ? दुधमा क्लोरोफर्म छ भनेर लाखौँको घाटा खुवाएर फ्याक्ट्री बन्द गर्न लगाउने अनि यो साग खाएर मान्छे मर्यो भने छाड्न मिल्छ ?”

ती महिला हात जोडेर कारुणिक स्वरमा भन्छिन्, “साब यसमा मेरो केही दोष छैन हजुर । घरमा मेरो श्रीमान् बिमारी छन् । अहिले गएर उनलाई औषधि खुवाउनुपर्छ । यो साग बेचिसकेर हजुरलाई मैले साग बेच्न ल्याउने ठाउँ देखाइदिन्छु हजुर अहिलेलाई छोडिदिनोस् ।

उक्त युवक फेरि जान्ने भएर अघि बढेर बोल्छ,  हुन्न साब यिनलाई वडा लानै पर्छ ।

ती महिला हात जोडेर बिन्ति गरेको गरै हुन्छिन् । एक जना प्रहरी जवान उनको साग टिपेर कुनापट्टि फ्याँकिदिन्छन् । ती महिलाको अवस्था देखेर मभित्र संवेदनाको ज्वारभाटा फुटछ । तर तुरुन्तै टेम्पो आइपुगेको हुनाले ज्वारभाटालाई साम्य पार्दै म गन्तव्यतिर लाग्छु । ती महिलाको रोदनले भरिएको कारुणिक अनुहारले मलाई पछ्याईरहेको हुन्छ । जति टाढा जान्छु उति ती महिलाप्रतिको संवेदनाको जालोले घेरेको घेरै पार्छ । जति नै फुत्कुँ भन्छु सक्दिनँ । मुश्किलले ती महिलाको संवेदनाको घेराबाट फुत्किएर वर्तमानको देशको अवस्थामा ओर्लन्छु ।

हिजो मात्र पत्रिकामा मैले दुध कम्पनीले दुषित दूध बेचेको आरोपमा ठूला कम्पनीलाई छुट दिएको तर साना कम्पनीलाई दन्डित गरी तालाबन्दी गरेको खबर पढेकी थिएँ । सानालाई ऐन ठूलालाई चैन भएको यो देशमा हामी योभन्दा पर के आशा गर्न सक्छौ र ? भरोशाको कुरा त डाडाँपारिको घाम जत्तिकै भइसक्यो । व्यापारीहरूले लाखौँको राजस्व छली गरेर रातारात अरबपति हँदा पनि पार्टीले तिनै व्यापारीलाई महत्व दिएर ससम्मान सभासदको पद दिएको हाम्रै देशमा हो । युनिटीले लाखौँ जनताको पसिना वगाएको सम्पत्ति बाज स्टाइलमा लुटयो । तर त्यही युनिटीले मन्त्री र पार्टीलाई घुस कमिशन खुवाएको पोल खुलेको यही देशमा हो । भ्रष्टाचारी, कालाबजारिया, कमिशनखोरलाई काँधमा बोकेर हिँडने पार्टी र यसका नेतालाई ती सागपसल्नीको संवेदनासँग के सरोकार र ? रातारात पाँच तारे होटलमा अरवौ सम्पत्ति गैरकानुनीरूपमा लेनदेन हुने देशमा दुई हजारको सागको मुठा बेच्ने महिलाको बारेमा सोच्न कसलाई जरुरी होस् र ? म साग पसल्नीको वेदनसँगै डुब्छु । पीडासँगै दुख्छु । म आफूलाई त्यो साग पसल्नीसँगै रुपान्तर गर्न पुग्छु ।

म आफूले आफूलाई मूल्याँकन गर्न थाल्छु । के मेरो अवस्था, मेरो मूल्याङ्कन पनि त्यो साग पसल्नी भन्दा कम छ र ? हाकिमको शक्तिको रवाफको भुङ्ग्रोमा म दुइपल्ट पिल्सिसकेको छु । अन्य सामान्य तीर रोपाइ त कति हो कति । मेरापनि मानिस पहुँचवाला भएर सरुवा गर्न नसकेका मात्र हुन् । नत्र मलाई उखेलेर उहिल्यै फालिसक्थे । सँस्थालाई चुसेर पङगु बनाउने उसको परजीवी मानसिकतालाई मैले पौष्टिकता प्रदान नगरेको हुनाले नै म उसको मुटुको लागि हाइ प्रेसर भएकी छु ।

मेरो सँस्थामा जिएम राजनैतिक नियुक्तिबाट हुने गर्दथ्यो । उसको पक्षका दलको संयुक्त सरकार हुँदा उनी आएका थिए । उनी आएपछि सँस्थाको आर्थिक अवस्था धराशायी हुँदै गयो । तिनले आउने वित्तिकै मलाई प्रमोशनको जाल फिजाएर फसाउन खोजेका थिए । मेरो स्वाभिमान तिनको जालमा फस्न नसकेपछि मसँग तिनको शीत युद्ध सुरु भएको थियो । बाहिर देखाउने बहानामा उनी केही राम्रा काम गर्दथे तर भित्रभित्रै आफ्नो मान्छे नियुक्तिदेखि लिएर सँचालक समितिको मान्छेलाई रिझाउन सबै हतकन्डा प्रयोग गर्दथे । जसले गर्दा सन्चालक समितिका मानिस उनको परमभक्त बनेका थिए । राजनैतिक परिवर्तनसँगै पैसाको बिटो बोकेर उनी नेताहरूको घर पुग्दथे । केही प्रभावशाली कर्मचारी हातमा लिएको हुनाले अन्य कर्मचारी बोल्न सक्दैनथे ।

म पनि त्यही निरीह महिलाको अवस्थामा कार्यलयका कार्यरत छु । देशको एउटा कार्यलयमा यस्तो छ । अन्य कार्यलयमा कति वेथिति होला ? कति अनियमितता होला ? यो वितृष्णाको माला जति उने पनि उति लम्बिदै जाँदो रहेछ ।

म टेम्पोभरि महिलाको वेदनाको तरगसँग तरङ्गित भइरहन्छु ।

अस्पतालको इमरजेन्सी वार्डमा पुग्छु । दिदीसँग भिनाजु र छोरी पनि रहेछन् । दिदीको हातमा स्लाइन पानी दिइएको रहेछ । भिनाजु र म बाहिर निस्केर गफ गर्न थाल्यौँ ।

दिदीलाई कहिलेदेखि यस्तो भयो भिनाजु ?”

भिनाजु भन्नुहुन्छ,  हिजो बेलुका सागभात खाएर सुतेको थियौँ । तिम्रो दिदीलाई रातिदेखि बोमिटिँग र डाइरिया भयो र साहो पार्यो । अनि राती नै ल्यायौँ ।

ये ऽ ऽ अनि हजुरहरूलाई केही भएन ?”

केही भएन । उसलाई त्यो सुपको साग काँचो खायो louis vuitton outlet  भने औषधि हुन्छ भन्दै खाएकी थिई । हामीले चाहिँ पकाएर खाएका थियौँ ।

भिनाजुले यसो भन्नुहुँदा उही साग पसल्नीको भिडियोको चलचित्र मेरो मस्तिष्कमा घुम्न थाल्यो । मैले भनेँ, “भिनाजु अहिले म यता आउँदा पुरानो बानेश्वरमा एउटा साग पसल्नीलाई पुलिसले समाएर लगे । उसको साग खाएर विमारी भएको भन्दै एउटा केटो आएको थियो । कतै हजुरले पठाउनु भएको त होइन ?”

भिनाजुले अत्तालिँदै भन्नुभयो, “ये हो त त्यहीको साग पसल्नीलाई कारवाही गर्नुपर्छ भन्दै मेरो भतिजो उफ्रँदै थियो । उसले समाउन प्रहरी बोलाएछ कि क्या हो ?”

भिनाजुले यसो भन्नुहुँदा मेरो वितृष्णाको माला चुडिएर छताछुल्ल हुन्छ ।  मैले आफुले आफुलाई संयमित बनाउँदै भिनाजुलाई भन्छु, “भिनाजु यो त घोर अन्याय भयो । दिदीले यसरी काँचै साग खान हुँदैनथ्यो फेरि त्यो पसल्नीले आफूले रोपेकी पनि होइन नि ?”

हो सुधा, मैले त्यो भतिजोलाई भो छोड दे । केही नगर्नु भनेको थिएँ । उसले मानेन होला । दुई चार हजार भएपनि पाकेट खर्च हुन्छ किन छाड्ने भन्दै थियो louis vuitton replica handbags uk  । त्यसो गरेछ । यसलाई गुन्डागर्दी गर्न कुनै बहाना नै चाहिँदैन । यो मोरो यस्तै गर्छ कतैबाट दुइचार पैसा सित्तैमा झछ्र्र भने जाइलागिहाल्छ । ठुटे नेता भइटोपल्छ । म फोन गर्छु है त ।

यति भन्दै भिनाजु मोबाइल अन गर्नुहुन्छ म दिदी भए ठाउँमा आउँछु ।

एकछिनमा भिनाजु आउनुहुन्छ र भन्नुहुन्छ, “तिमी दिदीसँग बसिदिन सक्छौ ? म त्यो ठुटे नेतालाई उजुरी फिर्ता लि भनेर आउँछु । मोबाइलबाट भनेको सुन्दै सुन्दैन ।

मैले भनेँ, ”हुन्छ भिनाजु ति महिला रुँदै थिइन । leather portfolio for ipad mini  मैले आँखैले देखेको । हामीलाई पाप लाग्छ भिनाजु यस्ता गरिवहरूको आँसुले पोल्छ ।

भिनाजु हतारिँदै जानुभयो । म भित्र बिमारी दिदीसँग बस्न गएँ । छोरी स्टुलको रिपोर्ट लिन गएकी थिई । मेरो मन भने मेरो अफिस र तिनै महिलाको अवस्थामा रुपान्तरित खेल खेलिरहेको थियो ।

म आफु बसेको परिवेशबाट संक्रमित बन्दछु । छेउछाउमा बिरामी राखिएका छन् । प्रायलाई हातमा स्लाइन दिइएको छ । गफ गर्ने अनुकुलता छैन ।

एकछिन पछि एक जना बिमारी छेउमा ल्याएर राख्छन् केही मानिसहरू ।

बिमारी पचपन्न साठीको देखिन्छ । म ती बिमारीलाई नियालेर हेर्छु । विपन्नताको गन्ध आइरहेको हुन्छ । उनलाई उसका छरछिमेकले ल्याएका रहेछन् । एकछिनमा दुई जना डाक्टर आउँछन् । डाक्टरहरू उनलाई जाँचि सकेपछि आइसियुमा राख्नुपर्ने बताउँछन् । आइसियुमा राख्न धरौटी तीस हजार बुझाउनु पर्ने डाक्टरहरू बताउँछन् । बिरामीको आफन्त नभएकोले छरछिमेकहरू तर्किन्छन् । leather ipad cases  इमरजेन्सीमा नै डाक्टरहरूले केही निशुल्क औषधि उपलब्ध गराउँछन् । आइसियुमा राख्नुपर्ने बिरामीलाई इमरजेन्सीमा राखेर के हुन्छ र ?

एउटा बिरामीको पैसा नभएको कारणले ज्यान जान लाग्यो । मलाई नेपालीको भाग्यको विडम्बना देखेर विचार मन्थन गर्न मन लाग्यो । कोही नेपाली बिमारै नलागि जापान, अमेरिका पुगिसक्छन् कोही नेपाली भने औषधि उपचार नपाएर ज्यान जान लागेको छ । यो कस्तो बिडम्बना हो नियतिको !

भिनाजु आइपुग्नुहुन्छ । दिदीलाई डिस्चार्र्ज गर्ने कुरा हुन्छ । भिनाजु औषधि अरू बील लिन जानुहुन्छ ।

हामी घर फर्कने तयारीमा हुन्छौँ । एकछिन पछि एक जना महिला रुँदै, अत्तालिदै आउँछिन् । म तिनको मुख पुलुक्क हेर्छु, तिनी तिनै साग पसल्नी हुन्छिन् । leather ipad mini case  तुरुन्त डाक्टरहरू त्यो आइसियुमा राख्नुपर्ने बिरामीको वरिपरि झुम्मिन्छन् । एक जना डाक्टरले चेक गरेपछि भन्छन्, “हि इज नो मोर ।

मेरो मन बिडम्बनाको ठुलो भारीले किचेजस्तो हुन्छ । म विवश ipad portfolio case  र लाचार आँखाले यो सब हेरिरहेको हुन्छु । उनका छरछिमेकले उनलाई समाएर बाहिर लान्छन । बाहिर उनको रुवाइ चर्कदै जान्छ । उनको रुवाइमा म महिनैपिच्छे फेरिने मन्त्रिको गाडीले सडकमा साइरन बजाउँदै कुदाएको आवाज पाउँछु ।

 

 

 

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |