हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एउटा प्रतिविम्ब

मनु लोहोरुङ राई, (सितलपाटी -६ संखुवा सभा, हाल: न्युयोर्क)


आफैमा अचेल
,

सपना र बिपनासंगको युद्ध छ

प्रेम र उद्वेगसंगको युद्ध छ

आगत र बिगतसंग अल्झी रहने

आफैभित्र एउटा प्रतिविम्ब छ |

 

हो त्यसले तिम्रो आवाज-

संगीतमा खोजी रहेछ

उसको रहरको बारीमा रोपेको फूलले

तिम्रो मोहकताको

इन्द्रेणी रङ्ग खोजी रहेछ |

 

त्यो भित्र रहेको स्निग्ध मन

तिम्रो उपस्थितिको दिग्विजयमा

रमेर मूर्तिलाई 'देवता' ब्युँझाउन

शब्द शब्दहरुमा संसार भेट्न चाहन्छ |

  

ऊ भित्रका अनमोल खुशीहरुको

सृष्टि तिमी

उसको दृष्टि तिमी,

तिमी द्वारा नै ऊ,

ब्रम्हले ब्रम्हाण्ड नियाल्न चाहन्छ

पुरै जीवन उत्सवमय आभासमा-

 

सगर देखि जून पगालेर

धरतीको फैलावटसम्म जम्मै भिजाउन

चाहने एउटा अतृप्त तृष्णा-

अनुभूतिको विस्तारमा

जीवनको अन्तिम अनुच्छेदलाई

तिम्रै हत्केलामा अनुमोदित गर्न चाहन्छ |

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |