हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

विधिको विधान्त

मीरा मन थापा , (माईधार झापा /हाल इजरायल)


समयको सिपालु रेटाईले

र्याइँर्याइँ रेटिएर

कहिले मायाका मुर्छना रेट्दै

कहिले आँशुका आलाप रेट्दै

कहिले सागर जत्रो आशा रेट्दै

कहिले मरुभूमिको प्यास रेट्दै

गाईने दाईले सारंगी रेटेझैँ

यो समयले जिन्दगी रेटिरहन्छ ,

हो जीवन एउटा सजीव सारंगी

सारंगी एउटा सजीव जीवन .,

सारंगी बिरह रेटेर आँशु कमाउँछ ,

जीवन नियति देखेर आँशु बगाउँछ ,

पला-पला रेटिएर

यी बजिरहन्छन् इच्छानुसार

मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ |

.

समयका केहि पानाहरूमा

सारंगीका केहि तानाहरूमा

आशा र उल्लासका धून पनि हुन्छन्,

गुराँस र धपक्क फुलेका जैतुन पनि हुन्छन्,

रेटिनु नियति हुँदाहुँदै पनि

सारंगी सयौं ओठ हसाउँछन्

सारंगी सयौं दर्शक नचाउँछन्,

उसोरी नै केहि जीवन रेटिएर

सयौं जीवन हसाउँछन्

सयौं जीवन बचाउँछन्,

अहो ,कस्तो मिलेको तारतम्य

मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ|

सारंगी र जीवन

_____________

जीवनका रेखाहरू

धमिला हुँदै जान्छन्,

सारंगीका तारहरू खिईदै खिईदै जान्छन्,

हिड्दाहिड्दै ठोकिएर

बज्दा बज्दै चुँडीएर

सारंगी र जीवन निष्प्राण हुन्छन्,

सारंगी अब केवल काठ बन्छ,

जीवन अब केवल लास बन्छ,

कतै फ्याकिएको त्यो काठ

कसैले बालेर आगो ताप्छ,

कतै खोला किनारमा

एउटा लासमा आगो लाग्छ,

दुबैको अस्तित्व केवल खरानी

किन किन मलाई सारंगी र जीवन उस्तै उस्तै लाग्छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |