हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

छाडेको फूल

दिनमान गुर्मछान, ( )


सुधालाई देखेँ
, अचानक । ऊ मेरै अगाडि मतिरै लम्किदै थिई । अब त उसले पनि मलाई देखी । हाम्रा आँखा चार भए ।

म अडिएँ । धेरै पछि भेट्दैछु उसलाई, चार वर्ष भइसक्यो क्यारे ।

सुबोध तिमी ? आज अचानक भेटियौ । उस्तै छौ, फेरिएन छौ ?’ नजिक पर्नासाथ एकैचोटि धेरै कुरा मनमा गुम्साए झै भनी र प्रश्न पनि गर्न भ्याई ।

म फिस्स हासेँ । तर ऊ फेरिएकी थिई । पातली, धेरै होइन, कम्मर छिनेकी । मेकअप टन्न गरेकी देखिन्थी ।

अँ । तिम्रो खबर के छ नि ?’ सोधिहालेँ ।

यस्तै त हो नि !उसले मलाई एकोहोरो हेर्दै रहिछ । मैले उसको टाइट पहिरनमा कसिएको शरीर हेर्न भ्याएँ । सबैभन्दा पहिले मैले उसको सिउँदो हेर्न भ्याएछु । खाली थियो ।

ठमेलको बाटोमा हामी उभिएका थियौँ । बाटो हिड्नेले हामीलाई नै हेर्दै रहेछन् । मलाई अप्ठ्यारो लाग्यो, भनेँ उभिएरै कुरा गर्ने कि ? कतै बसौ ?’

उसले भनी,‘जाम् कफी पिउदै कुरा गरौंला । म थाकेको पनि छु ।उसले अलि परको कफीसपमा लगी । म उसको शरीरबाट आइरहेको हरहर परफ्युमको बास्ना पछ्याउँदै पछि लागेँ ।

हामी टेबलमा आमुन्नेसामुन्ने भएर बस्यौं

बेयरा हामी छेउ आयो । उसका हातमा टिप्नका लागि सानो नोटबुक थियो । दुई कफीभन्दा उसले त्यसमै टिप्यो । अलिकति झुके जस्तो गर्यो । नयाँ युगको नयाँ शैलीका कमैयाजस्तो लाग्यो । यसरी सम्मानार्थ नझुके हुन्थ्यो, यस्तै सोचेँ ।

अनि के गर्दैछौ ? कस्तो चल्दैछ जिन्दगी ?’ सुधाले ध्यान खिच्न खोजी । धेरै पछिको भेटले होला उसले धेरै कुरा जान्न चाहेकी थिई ।

स्थायी काम त केही गरेको छैन । पत्रपत्रिकामा सानोतिनो लेखेरै धानिराछु ।बेरोजगारीको पीडा सबै के भन्नु ! आखिर जिन्दगी आफैँले चलाउने हो ।

लेखेर पनि बाँच्न सकिन्छ ?’ उसले आश्चर्यताको विस्फारित आँखाले हेरी । मानौं मैले नवौँ आश्चर्यका कुरा गरे जस्तो । हैन, कुनै न कुनै काम त गरेकै होला ।कुरा थपी ।

अब के भन्ने ? वास्तविकता यही थियो । फेरि दोहोर्याएँ । स्पष्टै पार्न खोजेँ । उसले पत्याएन । यस्तै लाग्यो, उसको मुखाकृतिले मलाई देखाइरहेको थियो ।

कफी आइपुग्यो ।

कफी पिउन थालेँ । उसले ब्यागबाट चुरोट झिकी । मतिर तेर्स्याई। मैले खाने गरेको छैन भन्ने स्पष्टीकरण दिएँ । उसले फेरि पनि मलाई घुरी । चुरोट सल्काउँदै कफीको चुस्की लिन थाली ।

तिमी के गर्दैछौ नि ?’ पालो मेरो थियो, सोधेँ ।

तिम्रै जस्तो हो । बाँचिराछु ।उसले झन् छोटो उत्तर दिई louis vuitton outlet uk । म अलमल्ल परेँ । मैले ढाँटेको ठानेकी थिई कि क्या हो ! उसले नि कुरा छली । 'तिम्रो जस्तो भन्नाले कस्तो ? मैले जस्तै सानोतिनो लेखेर कि बेरोजगार बनेर ?'

तर मैले फेरि सोधिनँ ।

सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालाउसको मोबाइल बज्यो । ऊ मोबाइलमा बोल्न थाली, ‘म आइसकेँ । हुन्छ, कुराई राख्नू । एकै छिन हो ।उसले मोबाइल कानबाट हटाउँदै कफीतिर हात लम्काई । अर्को हातमा चुरोट थियो, सकिनै लागेको ।

कसले फोन गरेको ? तिमीलाई हतार छ जस्तो छ नि !सोध्न नहुनेथ्यो कि ! सोधिहालेँ । म ऊसँग अझै बस्न चाहन्थेँ । उसँगको सामिप्यतामा आजको क्षण केही अरू बिताउन चाहन्थेँ । चुरोटको धुवाँ उडाई । धुवाँ हामीबीच बाक्लै गरी उडिरह्यो । replica louis vuitton handbags


काम गर्ने ठाउँबाट हो । हतार चाहिँ छैन । सुबोध, तिमीसित बल्लबल्ल भेट भाको छ । कुरा गर्न बाँकी छ ।फेरि चुरोट ओठमै टाँसी । मलाई उसले चुरोट तानेको मन परेको थिएन । भन्न चाहिँ सकिनँ ।

काम गर्ने ठाउँ नजिकै छ ?’ सोधिहालेँ ।

अँ, नजिकै छ ।रेशमी कपाल मिलाई । उसको खाली सिउँदोमै आँखा पुग्यो ।

एक्लै छौ कि ! बिहे गर्यौ ?’ अप्ठेरो मान्दै सोधी । उसको बोली अड्किएको थियो । टेलिकमको मोबाइलसेवा जस्तै आवाज किस्तामै गुञ्जियो । अलि अप्ठेरो, सकस किसिमले ।

म अलमल्ल परेँ । उसको अप्रत्यासित प्रश्नले पुरूषत्व र बेरोजगारी दुवैलाई चुनौती दियो । यो उमेरसम्म एक्लै थिएँ, र बेरोजगारीले बिहे गर्ने आँट कहिल्यै आएन । भनिदिएँ, ‘छैन । म एक्लै हो ।

उसको अनुहारमा हर्ष र पीडा दुबै पोतियो । replica louis vuitton handbags  मतिर पुलुक्क हेरी । नजर अलिकति झुकाई । फेरि चुरोटको सर्को तानी । त्यही चाहिँ मलाई मन परिरहेको थिएन । ऊ त्यही बेलाबेला दोहोर्याई रहन्थी ।

+

सुधा काभ्रेको डाँडापारिकी थिई । राम्री, चिटिक्क परेकी । पढाई ठिकै । हामी एउटै कलेजमा भर्ना भएका थियौं । मीनभवनमा भेट भएको थियो हाम्रो । राम्री भएकीले केटाहरू उसको पछि लाग्थे । सबैको मुखमा उसको नाम हुन्थ्यो ।

तर उसले कसैलाई भाउ दिएकी थिइन ।

कलेजबाट फर्किदा उसको र मेरो बाटो दस मिनेटका लागि भए पनि एउटै पर्थ्यो । फर्किदा प्रायः हामी सँगै पर्थ्यौं । म ऊ भन्दा पनि लाजालु स्वभावको थिएँ, र त सधै उसको प्रश्नको जवाफ मात्र दिन्थेँ । आफू बोल्न कहिल्यै अघि सरिनँ ।

+

किन अहिले सम्म बिहे नगरेको नि ?’ अहिले भने हाँस्दै सोधेकी थिई । व्यंग्यपूर्ण मुस्कान ओठभरि पोतिएको थियो ।

यस्सैमेरो जवाफ थियो । अरू के भन्नु र !

तिमीले चाहिँ किन नगरेको नि ?’ ज्या फुत्किहाल्यो । leather ipad mini case  अझै पनि मेरा आँखा उसका खाली सिउँदोमै पुग्थे । सोधेपछि बेकार सोधेछु, लाग्यो । मुटुको कम्पन बढेको थियो ।

तिमीलाई पर्खिराखेकी नि !ऊ मरीमरी हाँस्न पुगी । उसले मलाई जिस्क्याएकी थिई । उसका हातले मेरा गालामा प्याट्ट हिर्काई, बिस्तारै मायालु पाराले । म सरमले लाल भएँ । कफी उठाएर पिउन थालेँ । उसलाई घरिघरि चोर नजरले हेरेँ । ऊ पनि अप्ठेरो मानेकी थिई । अब हामी चुपचाप थियौं । वातावरण सुनसान थियो ।

+

तीन वर्षसम्म मैले उसको आनीबानी नै थाहा पाउन सकिनँ । प्रायः भेट हुन्थ्यौ । पढाईकै गफ चल्थ्यो । कहिले काही भने घरको कुरा गर्थ्यौं । बाटोमा हुन्थ्यो हाम्रो गफ ।

ऊ घरको एकमात्र छोरी । दाजु उतै गाउँमा किसानी गर्थे । आमा सानैमा बितेका । बाबु चाहिँ गाउँमा प्रा.वि.मा शिक्षक । ऊ काठमाडौंमा फुपूसँग बसेकी थिई । मैले louis vuitton handbags 2013 जानेको उसको बारेमा यत्ति हो ।

गोरी, जिउडाल मिलेको । उसको मीठो बोलीको जादुले मलाई तानिसकेको रहेछ । कुनै दिन ऊसित भेट नहुँदा खल्लो लाग्थ्यो । छटपटि बढेर आउथ्यो । उसलाई मन पराइसकेको रहेछु । मलाई यस्तै लाग्थ्यो । उसले चाहिँ के सोच्थी, मैले कहिल्यै महसुस गर्न सकिनँ । तीन वर्षसम्म हाम्रो गहिरो मित्रता गासिएको थियो ।

तेस्रो वर्षमा मभित्र उसप्रति प्रेम फक्रिसकेको थियो । व्यक्त गर्न सकेको थिइनँ । म मौकाको खोजीमा थिएँ । फागुन महिना । त्यसै पनि प्रेमको उत्साह मनभरि भरिने समय । प्रेम दिवस आयो । म यो अवसरलाई गुमाउन चाहन्नथेँ । 

बिहानै तयार भएँ । नयाँ लुगामा ठाटिँदा लाज पनि लाग्यो । तर आज जसरी नि भन्छु भन्ने दृढताका साथ अघि बढेँ । तीन दिन भइसकेको थियो, सुधासँग भेट नभएको । कोठा देखेको थिएँ र म त्यतैतिर लागेँ ।

कोठामा ऊ तयार भएकी थिई । यो देखेर म छक्क थिएँ । मलाई एका बिहानै देखेर सुधा झनै छक्क परी । के म आउँदैछु भन्ने उसले थाहा पाएकी थिई ? म मनमनै सोच्दै थिएँ ।

ओहो ! कस्तो अचम्म, एका बिहानै आयौ नि !उसले भनी ।

, तिमीलाई भेटौँ भनेर ।leather ipad cases


ऊ एक्लै रहिछ । फुपू बिहानै काममा निस्किनु भएको रहेछ । म भनौ कि नभनौ दोधारमा थिएँ । उसले चिया बनाउञ्जेल म आफैंलाई धिक्कार्दै थिएँ । कारण म भित्रको लाछीपनले प्रेम प्रस्ताव राख्न डर मानिरह्यो ।

आजको तिम्रो प्लान के छ ?’ उसैले सोधी ।

केही छैन ।थुक्क ! डरपोक बोली हाल्यो । ipad portfolio case  भन्नुपर्ने कुरा भन्नै सकिनँ ।

अनि तिम्रो नि ?’ डराई डराई सोधेछु ।

रमेशलाई भेट्न जादैछु । आजको पुरा समय उसैलाई दिदैछु । मेरो त फुल्ली डेटिङ् छ । तिमीलाई थाहा छैन, आज प्रणय दिवस हो ?’

मेरो कान रनक्क रन्किएर आयो । उसका सबै कुरा मगजमा बस्नै सकेन । टेकेको धरातल भासिए झैं लाग्यो । भाउन्न छुटेर आयो । कतिखेर उसले चिया दिई, कतिबेला त्यहाँबाट बाहिरिएँ थाहै पाइनँ । ऊसित बिदा पनि मागे कि मागिनँ, होसै भएन ।

बाहिर आएपछि यति थाहा पाएँ, उसलाई दिन भनी ल्याएको फूल उसको कोठामै खसालेछु ।

+

अचेल कोठा कता छ नि ?’ उसले सोधेपछि म वर्तमानमा फर्किएँ ।

पाटनगह्रुङ्गो आवाज निस्कियो । लाग्यो अझै पनि म ऊसित खुलेर बोल्न सकिरहेको छैन ।

रमेश कहाँ छ नि ?’ यो सोध्न नहुने थियो कि ! चिप्लिहाल्यो । उसको अनुहारमा रगत सोहोरिएर आएको प्रस्टै देखेँ । उनीहरू बीच के भयो मलाई थाहा थिएन ।

त्यो मुर्दारको नाम नलिऊ । त्यो हरामी अहिले विदेश गाछ । साला धोकेबाज ।अचानक ऊ गाली बक्न थाली । मलाई अब पो बेकार सोधेछु जस्तो लाग्यो । आत्मग्लानी भयो । सायद मेरो अनुहारले पनि बतायो क्यार ऊ एकैछिनमा शान्त भई ।

उनीहरूबीच लामो प्रेम भएन छ । रमेशले सुधालाई धोका दिएको रहेछ । मान्छे चिन्न नसकेकोमा उसले पछुतो मानी । म उसका कुरा सुनिरहेँ ।

यसबीच घरको कुरा गर्यौं । उसको बाबु तीन वर्ष अघि बितेछन् । भाउजू छुच्ची भएकीले ऊ घर फर्किन । काठमाडौंमै दुःख गर्न थाली ।

सिम्पल सिम्पल...उसको मोबाइल बज्यो । मलाई थाहा थियो, यो उसको काम गर्ने ठाउँबाट आएको हो । उसले मोबाइलको स्क्रीनमा हेरी । साइलेन्ट मोडमा राखी, फोन उठाइन ।

हामीले तीन/तीन कप कफी खाइसकेका थियौं । उसलाई ढिला भएको मैले बुझेको थिएँ, भनेँसुधा अब उठौँ  क्यारे ! तिमीलाई नि ढिला भइसक्यो ।

मलाई हेरी र घडीतिर आँखा लगाई । दुई घण्टा बितिसकेको थियो । ऊ पनि सहमत भई । उठ्नेबेला मेरो मोबाइल नम्बर मागी । भनिदिएँ, उसले मोबाइलमा सेभ गरी र भनी, ‘मिस कल दिन्छु । सेभ गर है !

सहमतीमा टाउको हल्लाएँ ।

काउन्टरमा म तिर्ने भन्नेमै हानाथाप भयो । मैले नै जितेँ । गर्व लाग्यो । बिलमा विशेष छुट लेखिएको थियो यसरी, ‘भ्यालेन्टाइन डे विशेष छुट ।म झन छक्क परेँ । आज प्रेम दिवस रहेछ । धेरै भएथ्यो यस विषयमा नसोचेको । बिर्सिसकेको रहेछु । 

बाहिरिदासम्म उसले मेरो मोबाइलमा फोन ट्राइ गरिरही । तर लागेको हैन । हिड्दा पनि बाटोमा डाइल गरिरही । बरू टिपाएकी भए हुन्थ्यो, मलाई यस्तै लाग्यो । छुटिने बेला भएछ, उसको काम गर्ने ठाउँ आइसकेको थियो ।

यही हो मेरो काम गर्ने ठाउँ ।उसले अग्लो घरमा देखाई, जहाँ ठूल्ठूला बोर्डहरू टाँगिएका थिए । उसको इसारा चाहिँ एउटा झ्यालको बोर्डमा थियो । लेखिएको थियो,‘ युनिक मसाज सेन्टर

म गएँ है ।उसले हात हल्लाइसकेकी थिई । अनायासै मैले नि बिदाईको हात हल्लाएछु । ऊ त्यहाँबाट हराइसकेकी थिई । म भारी मन लिएर अघि बढ्न थालेँ । मनमा अनेक विचारहरूले युद्ध गर्दै थिए । लैनचौर पुग्दा मोबाइल बज्यो । मेसेज आएको रहेछ, हेरेँ । सुधाको थियो । म स्तब्ध भएँ । लेखिएको यस्तो थियो, ‘तेस्रो वर्ष, आजैको दिन मेरो कोठामा तिमीले छोडेको फूल अझै मसँग सुरक्षित छ ।

मेरा आँखा भने मोबाइलमै एकत्रित भइरह्यो । र छाडेको फूलले बेस्सरी घोच्न थाल्यो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |