ओछ्यानमा …………………….
राजु तुलाधर, (काठमाण्डौ)
बाइसे चौबिसे राज्यहरुलाई कुना लाउंदै,
गोरखा देखि ठुलो छोरा,
काठमाडौंको ओछ्यानमा,
सुत्न आई पुगे,
कुंवर संतानका दाजुभाई मिलेर ती दाजुका संतानलाई,
थाँग्नामा सुताएर, आफ्नै भाई छोराहरुलाई,
ओछ्यान जिम्मा लाए,
अनि मन लाग्दो ओछ्यानमा ……………….
१०४ बर्ष पछि फेरी पहिलो दाजुका संतान
एकछिन ब्युंझिये झै गरे २००७ सालमा,
आमाले बल्ल
एकछिन ओछ्यान घाममा देखाइन,
बल्ल ढुक्क भयेकी थिईन्,
अबत ओछ्यान सुकाउन पदैँन होला भनेर,
बर्ष त २०१७ पो भैसकेछ,
आमा खुइय गर्नु हुन्छ,
खै छोराछोरी ठूलै भै सके,
अझै ओछ्यानमा ................ छोड़्दैनन,
कहिल्यै छाडेनन ओछ्यानमा...............
२०६२ को शुद्ध माघको जाडोमा,
एउटा छोराले त दोस्रो चोटी,
मज्जै संग ओछ्यानमा.................
२०६३ साल देखि फेरी छोराछोरीको लुछाचुँडी,
ओछ्यानमा सुत्न अनि .......................
कति सकेको ओछ्यानमा ................... यी असति मोराहरू
आमा थकित भै सकिन
ओछ्यान सुकाउँदा सुकाउँदा
छर छिमेकले देख्दा लाज भै सक्यो
ठाउँ ठाउँ मा ................... ले खाएर धुजा धुजा भो ओछ्यान
बिद्वान, बुद्दिमान, ओछ्यानलाई माया गर्ने,
छोराछोरी सुताउने आमाको धोको,
कहिल्यै पुरा भयेन,
आज बिहानै, मन नलागी नलागी,
छाम छाम छूम छूम गरिहेर्दा,
राती,
है छोरा, ओछ्यानमा ........... हुन्न है
भन्दा,
हस् ! भनेर निदायेका,
हुर्किसकेको माहिला छोराले,
निन्द्रामा बड्बडाउँदै,
" मैं कसम खाता हूँ " भन्दा भन्दै,
ओछ्यानमा ..............................