गजल
अमी, (तनहूँ)
अन्जानमा कोबाट भुल हुदैन
अफसोच गल्ति कबुल हुदैन
एउटै सफलतामा घमण्ड नगर,
समय सधैँ अनुकुल हुदैन
दुर्गमका बालबालिकाले के सिक्ने?
शिक्षक हुदैन, गतिलो स्कुल हुदैन
नेताहरु मिलेर खोक्रो बनाउछन,
जब देशमा क्रान्तिको बिगुल हुदैन
सीप र मेहेनतको महत्व बुझ्ने,
युवा बेरोजगार बिलकुल हुदैन