हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

चोरबाटोको एक यात्री

शिव प्रकाश, (हालः बोस्टन, अमेरिका)


हिड्दै छ
, हिडिरहेछ

निष्ठा र इमानका

नैतिकता र स्वाभिमानका

सबै बाटाहरु छलेर

सबै परिभाषाहरू तोडेर

सधैं उही बाटो, त्यही चोरबाटो !

भन्छयो छिटो र छोटो छ

त्यसैले सधैं हिड्न मन लाग्छ ।

हिड्दा हिड्दैहिड्दा हिड्दै

जीवनको आधा बाटो काटिसकेको छ

लाग्छअहिले ऊ हैन

उमाथि बाटो हिडिरेहछ !

उही बाटो, सधैं आफू हिड्ने

छिटो र छोटो, त्यही चोरबाटो ।

भन्छकिन हिड्नु मूलबाटो ?

को हिड्छ ? मूलबाटो !

सबै सधैं छोटो र छिटो हिड्न थालेका छन्

भेटिदैनन् अब राम्रा मान्छे मूलबाटामा

ऊ आफूलाई सधैं राम्रो ठान्छ

र त सधैं छिटो र छोटो बाटो हिड्छ ।

ऊ राम्रो छ

उसलाई राम्रो थाह छ

तर असल थाह छैन

राम्रो मान्छे

अनेक गर्छ झन् राम्रो हुन

उसको अनेकभित्र जे पनि पर्छ

ऊ जस्तै पछाडि गाली ठोक्ने राम्राहरुले

अगाडि ताली ठोक्छिन्

भन्छ– “देख्यौ, मसँग कति छन् राम्रा मान्छे ?

राम्रा जति हामी सबै एउटै बाटो हिड्छौ ।

राम्रो मान्छे

झन् राम्रो हुन

नाङ्गै हिड्छ चोरबाटोमा

अरुलाई नङ्ग्याउने आँखाले

देख्दैन आफू नाङ्गिएको

भाग्न थाल्छन् मान्छे, हेर्न नसकेर त्यो नग्नता

भन्छ– “मेरो प्रतिभासामू कोही टिक्न सक्दैनन्

चिच्याउँछ– “नाङ्गिनु पनि एक कला हो

एक महान् प्रतिभा हो !

 

 

(अश्रृङ्गार कविता अभियान....)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |