हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

समय

निश्चल काउचा , (छङ्जु, दक्षिण कोरिया )


समय आफ्नै गतिमा दौडिरहेछ
  
सेकेण्ड, मिनेट, घण्टा गर्दै
आफ्नै  आयु घर्कीरहेछ/ घटीरहेछ
म भ्रममा बाँचिरहेछु
भित्ताका पात्रोका पानाहरु पल्टाई रहेछु
समय परिबर्तनशिल छ
समयले कसैलाई पर्खदैन
समयको गतिसंग म हिडन सक्दिनं
म आफैलाई ! धिक्कार्छु
थुईक्क मेरो 'अभागी' जिन्दगी |
 
म आफ्नै ईमानको निर्मम हत्या गरेर
आफ्नै स्वाभिमान बेच्छु
झुटको खेती गर्छु
घमण्डको पहाड उक्लिन खोज्छु
समय भन्छ !
थुईक्क तँ भ्रममा बाचिरहेछस्
धेरै तुजुक नगर
तेरो धुलिसात हुनेछ

ईतिहासले तेरो धज्जी उड़ाउने छ
भावी पुस्ताले धिक्कार्ने छ्न्
पाप, धर्मको त अलिकति ख्याल गर !
 
अहँ
मलाई कुनै पश्चाताप छैन
न त आत्मग्लानी नै
म समयलाई उल्टै भन्छु !
के को पाप धर्मको कुरा
जसले गर्छ पाप ! उसकै हुन्छ फलिफाप |
 
तर ......
मलाई थाहा थिएन
समयले चेतना फैलाउँछ, छर्छ भनेर
ध्रुवसत्य रहेछ !
समय बलवान रहेछ
|
समयलाई चिन्न सक्नुपर्छ
समयसंगै  हिडन सक्नुपर्छ
तुजुक नगरे राम्रो !
पछि ब्यर्थ पछुताएर के फाईदा
?
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |