हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

तिम्रो जन्मदिनमा

नर बहादुर दाहाल, (दार्जिलिंग)


जन्मदिनमा
वर्ष भरि
थाकेका पाइलाहरू
पछि छोडिदै जान्छन् ।

जो सँकटका
हिमशिखर नाघेर
चढदै उत्रँदै गर्छ
उ नै
विश्वविजयी हुन्छ ।

किनभने
जन्मदिन ,
प्रत्येक वर्ष आरोहण
गर्नु पर्ने
सगरमाथा हो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |