हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिर्खा

दीपक जडित, (हवाई, अमेरिका)




सोह्र सत्रकै उमेरमा प्रेम बिवाह गरेको केशबलाई त्यसबेला यही मेरो पहिलो र अन्तिम प्रेम हो भन्ने लाग्थ्यो । बीस एक्काइस लाग्दा उसकी श्रीमती अर्कैसँग हिंडी । श्रीमती हिंडेको केही महिनासम्म SY0-301 exam  ऊ पागल पति बनेर हिंड्यो । सबैले राम्रो चालचलनकी केटी खोजेर बिहे गर भनेर सल्लाह दिंदा ऊ 'मेरो जे भन्नु त्यही थिई, त्यसलाई जिन्दगी भर विर्षन सक्दिनँ बरू बिहे नै गर्दिनँ' भन्थ्यो । वर्षदिन नपुग्दै घरबाट कर गरे भनेर उसले अर्की बिहे गर्यो । मागी बिहे गरेको भए पनि शीलकी श्रीमती पाए पछि ऊ उसैको एक नम्बर दिवाना भयो । Cisco 642-902 

विडम्बना तर पहिलो श्रीमती सरेर गएकी केशबकी दोश्रो श्रीमती मरेर गई । ऊ फेरि विक्षिप्त बन्यो । मानिसहरूले फेरि उसलाई अर्को बिहे गर्ने सल्लाह दिए तर उसले बिहे गर्दै नगर्ने कसम खायो । vmware vcp-510  श्रीमती मरेर जानुको पीडा घट्दै जाँदा उसको प्रेमको तिर्खा बढ्दै गएछ र 'बिहे त गर्दै गर्दिनँ' भन्दा भन्दै उसले फेरि बिहे गर्यो । यसपटक उसको बैवाहिक जिवनले गति लियो । जिवन प्राप्त गर्यो र तीन सन्तानको बाबु पनि बन्यो । 350-001 dumps 

उमेर छ दशक उकालो लागेपछि उसकी श्रीमतीको फेरि देहान्त भयो । 'दैबको बज्र पर्ने ठाउँ पनि यो खप्पर बाहेक अन्त कतै रहेनछ ।' भन्दै विलौना गरेर रोयो ऊ । यसपटक छरछिमेक, नाता-कुटुम्ब मात्र हैन उसलाई नरोउ भन्दै सम्झाउन उसका हुर्किसकेका छोराछोरीहरू पनि थिए । उसको छोराले तेह्रौंमा ढिकुरो फुटाएको दिन पनि ऊ बेस्सरी रोयो Cisco 200-101 । त्यहाँ भए जति सबैले उसलाई 'एक न एकदिन त सबैले जानै पर्छ त्यो बाटो । अब रोएर हुँदैन । ईश्वरमा मन लगाउनु पर्छ ।' भन्दै सम्झाए ।

रुँदारुँदै तिर्खाले भित्र आँत रसाएझैं उसले भन्यो, 'यो बुढेशकालमा तातो चिसो हेर्ने पनि  Cisco CCNA 200-120 dumps  मेरा लागि कोही नहुने भए । उसबेला त सबैले अर्को बिहे गर्नुपर्छ भन्थे । अहिले त यो सल्लाह दिने पनि कोही भएनन् ।'
top louis vuitton handbags 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |