हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पर्खाइमा

नीरा शर्मा, (फेयरफ्याक्स, भर्जिनिया)



पर्खिरहेँ,
पर्खाइको थकानमा
कतै झुपुक्क आँखा लाग्ला
र तिमी आएको
पत्तै नपाउँला भनेर
रातभर
चिसो सिरेटोमा
लुगलुग काम्दै
तिम्रो बाटो हेरिरहेँ ।

अँध्यारो च्यापेर
लुसक्क भाग्यो रात
उज्यालो लिएर
हाँस्दै आयो बिहान
किरण छर्दै
उदायो घाम पनि
तर तिमी आएनौ
कुर्दाकुर्दै तिमीलाई
पर्खाइमा
ढुँगो भएछु म ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |