हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मृत्युछाया

शिव प्रकाश, (बोस्टन, अमेरिका )



“सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !” ऊ यस्तै सोच्दै गइरहेको छ । मनमा शङ्का–उपशङ्को घाम उदाउने–अस्ताउने क्रम–उपक्रम चलिरहेको छ । “मलाई किन अदालत बोलाइयो ?” मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको  छ । अनि यो प्रश्नसँगै त्यो त्रादस दिनका दुस्वप्न पनि मस्तिष्कमा गुड्न थालेको छ । ऊ अदालत पुग्दा काइली कठघरामा उभिएकी थिई । उसलाई लाग्यो, “मेरो महाप्रस्थानको अत्यन्त जरुरी सूचना लिएर आउने यो यमराज्ञीका भोका आँखाले मलाई नै खोजिरहेका छन् ।” काइलीका आँखामा उसका आँखा एकछिन मिसिए ।

उपस्थिति जनाएर ऊ सबैभन्दा पछाडिको बेन्चमा बस्यो । एकैछिनमा उसलाई अर्को कोठामा लगियो । कमिला हिडे जस्तै उसका आँखा कोठाका भित्ता, भूइँ र सिलिङमा हिडिरहेका थिए, एक्कासी ढोका खुल्यो । काइलीलाई डोर्‍याउँदै ल्याउने बन्दुकधारी सुरक्षाकर्मी बाहिर निस्कियो । अटोमेटिक ढोका अटोमेटिक्ली बन्द भयो । काइली उसको छेउमै बसी । कहिल्यै विर्सन नसक्ने काइलीको अनुहारलाई ऊ एकटकले हेरिरहेको छ । काइलीले हग गर्न खोजी तर सकिन । हातमा हतकडी छ । ऊ भने मूर्तिवत् बसेको छ । काइलीका निर्जल आँखा एकाएक सजल भए । हेर्दाहेर्दै ती आँखाबाट नाइल र अमेजन बग्न थाले । राता पोटिला गाला आँसुमा नुहाउन थाले । निशब्द छे त्यो केटी, आँखा बोलिरहेका छन् ।

हिमालसँग भेटका लागि उसले न्यायाधिश समक्ष अपील गरेकी रहिछ । कारण बताएपछि न्यायाधिशबाट एक घण्टाको लागि गोप्य भेट गर्न स्विकृत भएछ । ऊ काइलीतिर हेरिरहेको छ । काइलीका उदास आँखा भने भूइँतिर गाडिएका छन् । अहिले उसका आँखा त्यसरी नै झुकेका छन् जसरी त्यो दिन काइलीले निसाहाय हिमालका आँखा झुकाएकी थिई । हिमाललाई सिङ्गै निलुँला जस्तो त्यसदिनको त्यही अनुहार आज निभेको बात्ती जस्तो भएको छ । आँखामा याचनाको तृष्णा सल्बलाइरहेको छ । नूर गिरेकी निरिह काइली बोल्न खोज्छे तर सकिरहेकी छैन । काइलीका आँखाभरी उकुसमुकुसका विरुवा बग्रेल्ती उम्रेका छन् । हिमाल भने बोल्नै चाहेको छैन ।

“भन, अब के चाहन्छौ तिमी ?” अन्ततः हिमालले नै मुख खोल्यो ।

काइलीको जवाफ सुनेर सोच्नै सकेन । किनभने सोच्दै नसोचेको जवाफ दिई उसले । हिमालले पनि सोच्दै नसोची जवाफको जवाफ दियो– “यो असम्भव छ ।”

त्यो असम्भवतासँगै हिमालको आँखामा त्यो सटगन आयो । जुन सटगनको नालले उसको छाती छोएको थियो । त्यो बन्दुकसँगै उसका आँखामा झल्झली त्यही केटी आई । त्यो केटीसँगै त्यो दिनको मध्य दिउँसो त्यही कोठाभित्र छिर्‍यो । त्यो मध्य दिनसँगै ढोका अगाडि त्यो नीलो र्‍याम्प पिकअप ट्रक रोकियो । कालो ड्रेस लाएकी त्यही केटी ट्रकबाट ओर्ली । टक् टक् टक् जुत्ताको आवाज निकाल्दै त्यही केटी भित्र पसी । रौद्रमुद्रामा त्यही केटीले कालो झोला फ्यात्त काउन्टरमा फ्याकी । ओभरकोटको बटम खोलेर त्यही केटीले सटगन निकालेर छातीमा तेर्‍स्याई । धपधपी बलेका गोमन सापका जस्ता आँखाले डसुँला जस्तो गरी त्यही केटीले आदेश दिई, “सबै पैसा यो झोलामा हाल् ।” मानौ तेसको बाउको सम्पत्ती हो त्यो ।

हिमालले त्यति नजिकबाट बन्दुक कहिल्यै देखेको थिएन । हिमाललाई त्यो बन्दुकको ‘मजल’ले छुँदा मत्युको छायाले छोएजस्तो भयो । हुँदाहुँदै सबै ‘फ्ल्यासब्याक' हुन थाल्यो । स्वास्नी, छोरो, बा–आमा, घर–परिवार, इष्टमित्र, छरछिमेकी, गाउँघर पाखा-पर्वत सबै मनमस्तिष्कमा फेरी सल्बलाउन थाले । यीसँगै उसका कानमा त्यही आवाज निरन्तर ठोक्किदै भित्रभित्रै प्रतिध्वनित हुन थाल्यो– “हरी अप... अदरवाइज आई गन पुल द ट्रिगर अप !”
मनमस्तिष्कमा एकाएक भरिएका ती पार्श्वदृष्य भित्र निक्कैबेर हरायो ऊ । धप्धपी बलेका आफ्नै आँखाका क्रोधको आगोले पोल्न थाल्यो उसलाई । एक्कासी मुस्लो बनेर निक्लियो क्रोध– “ओ नो ! स्टे अवे फ्रम मि, प्लिज ! यू आर बेन्डिट ।” कोठाका भित्ता चर्किने गरी चिच्यायो हिमाल । भूइँतिर गाडिएका काइलीका आँखामा सन्त्रासको हुरी छायो । क्रोधका ज्वालामा लप्किएका हिमालका आँखासामू काइलाका सन्त्रस्त आँखा धेरैबेर टिक्न सकेनन् । हिमाललाई लाग्यो– “यो सर्प पनि हो र मुर्ख पनि । सर्पलाई जति नै दूध पियाए पनि विषै ओकल्छ । मूर्खलाई ज्ञानको घुटी जति नै पियाए पनि त्यसको मुखबाट मूढता नै विरेचित हुन्छ । बोल्नुको केही अर्थ छैन ।”

हिजो हिमाललाई वशिभूत गराउने काइली आज उसैसामू अभिभूत छे । विस्मिति मुद्रामा मुर्झाएको अनुहारमा ग्लानीका टाटा छ्याप्छ्याप्ती छन् । बोल्न खोज्छे सक्दिन । भित्रभित्रै उर्लेको पश्चाताप र पीडाको पोखरी भरिएर आँखाबाट फेरी अमेजन र नाइल बनेर बग्न थाल्यो । कपालीनी जस्ती त्यही काइली अहिले कामधेनु जस्ती भएकी छे । आफ्ना निरिह याचक दृष्टिले ऊ हिमाललाई एकतमासले हेरिरहेकी छे । कोठामा निक्कैबेर शून्यता ओहोदोहोर गरिरहरन्छ । लामो हेराई पछि शय डिग्रीको तापमा पुगेको हिमालको क्रोधको पारो विस्तारै झर्दै जान्छ ।

“आखिर यसले चाहेकी के हो ?” हिमालभित्र प्रश्नको भुमरी चल्न थाल्यो ।

“हिमाल, मलाई थाहा छ, मैले गल्ती गरेकी छु र त्यही गल्ती बारम्बार गरेकी छु । त्यही गल्ती बारम्बार गर्नु भनेको वास्तवमा गल्ती हैन नियत हो । इच्छा हो । म यो नियत र इच्छाबाट मुक्ति चाहन्छु ।” उसका अनपेक्षित आशय र इच्छाले हिमालभित्र उत्सुकता र कौतुहलताका टुसामुना पलाउन थाले ।

काइलीको बाटुलो स्निग्ध उज्यालो अनुहार । गोरो छाला । लालिमा भरिएका भरिला गाला । लाम्चा निख्खर काला आँखा । लहलह केशराशी । पोटिला पाखुरा । चटक्क मिलेको जिउडाल । काइलीको प्रतिरुप हिमालको मस्तिष्कमा त्यसै दिनदेखि गाडिएको थियो । अहिले भने भित्रभित्रै तरङ्गको छाल उर्लिन थालेको छ । लोग्ने मान्छेको मन ....?आफैंभित्र एक प्रश्न बन्यो ऊ । ऊभित्र प्रतिशोध, घृणा र क्रोधको हिउँ जमेर बनेको चिसो हिमाल काइलीको बोली, व्यवहार र रापले विस्तारै पग्लदै गयो ।

अमेरिकाको उच्चाट लाग्दो एकतन्त्रिय जीवन पद्धती ! यहाँको कथित सुकिलो समाजभित्रको दूर्गन्ध ! कथित सभ्यताभित्रको असभ्यता ! कथित थिति भित्रको दुस्थिति ! पूर्विय दर्शन र सभ्याताले थोरबहुत दीक्षित हिमालभित्रको मावनताको आँखाले अमेरिकी समाजभित्रको निर्दयता चिनिसकेको थियो ।

“कतै यो केटी पनि यही निर्दयी सामाजिक कुचक्रको जाँतोमा पल्सिएर यस्ती भएकी त हैन ?” एउटा प्रश्नले जरो गाड्यो ऊभित्र ।

“आखिर यो सब तिमीले किन गर्‍यौ र म नै तिम्रो शिकार किन भएँ ?” नसोधी बस्न सकेन हिमाल ।

“हामी दुई दिदी बहिनी थियौं । सँगै बस्ने, खाने, खेल्ने, सुत्ने गर्थ्यौं । हामी सँगसँगै हुर्किदै गयौं । हामीसँगै हामीभित्रको नारीवय पनि हुर्किदै गयो । हामी दिदी बहिनी मात्र थिएनौ, साथी पनि थियौ ।” बोल्दाबोल्दै निस्सासिए जस्ती भई । भित्रभित्रै जमेका पीडाका अमेजन र नायलले फेरी आँखाका डील नाघे । बाँकी भएको पेपर टावल दियो हिमालले ।

“भन, के भन्न चाहन्छौ ?

ऊ विग्रिएको थोत्रो टेप रेकर्डर जस्तो बीचबीचमा रोकिदै बोल्न थाली । भोल्युम घरी उचो घरी निचो हुन्थ्यो, “सँगसँगै हुर्केका हामी सँगसँगै मूभी हेर्न जान्थ्यौ । कहिले घरमा ल्याएर हेर्थ्यौं । हेर्दाहेर्दै पोर्न मुभी र म्यागजिन हेर्न थाल्यौं । हामीलाई कसैले रोकेन । १८ वर्ष पुगेका छोराछारीलाई केही भन्नु हुदैन भनेर बाबुआमाले पनि केही भनेनन् । जे गर्न पनि छुट चाहने हाम्रो उमेरलाई अमेरिकी समाजको नाङ्गो आदर्शले सदैव उक्साइरह्यो । बजारमा छ्याप्छ्याप्ती पाइने पोर्न मूभी र म्यागजिन किन्दा हामीलाई कसैले सोधखोज गर्न सकेन । रोक्न सकेन । फ्रिडम इज नट फ्री भन्ने कर्नेल वाल्टर हिचोकको भनाइलाई न यो समाजले बुझ्यो ipad mini case sale  । न हामीलाई बुझायो ।” बोल्दा बोल्दै ऊ ओइलिएको फूल जस्तो भई । फेरी पेपर टावलले फेरी आँखा पुछ्न थाली ।

“अनि ?”

“अनि पोर्न मूभी र म्यागजिन हेर्दाहेर्दै हामी दिदीबहिनी नै एक–आपसमा ‘प्ले’ गर्न थाल्यौ । हामी दिदीबहिनीबाट प्रेमी–प्रेमिका पनि भयौ । हाम्रा बारेमा बाबुआमाले थाहा पाएपछि हामीलाई घरबाट निकालिदिए ।” हिमालको मनमा चिसो स्याठले हाने जस्तो भयो एकछिन् । ऊ बोलिरहेकी छे, “त्यसपछि हामी एउटा अपार्टमेन्ट लिएर बस्न थाल्यौं । विस्तारै हामी ‘लेजवियन’ भएको थाहा हुँदै गयो । भित्रभित्रै साथी, सहकर्मी र समाजले हामीलाई दूरदूर गर्न थाल्यो । हामी ‘इन्फेरेटिभ कम्प्लेक्स’ को  शिकार हुन थाल्यौं । यही कारणले म बेरोजगार भएँ । डिप्रेशन र अरुको संगतले बहिनी ‘डोज’ पनि लिन थाली ।”

“अनि ?”

“मैले बहिनीलाई छोडिदिएँ । म एक्लै बस्न थालें ।”

“बहिनी नि ?”

“ऊ ओभर डोजले मरी ।”

“त्यसपछि  ?”

“त्यसपछि मैले बाउको बन्दुक चोरेँ र बाँच्नका लागि ‘रबरी’ गर्न थालें ।” यो विरलाकोटीकी केटीको कथा सुनेर हिमाललाई अमेरिका झन् झन् दूर र झन् झन् गहिरो भास जस्तो लाग्यो । अमेरिकाभित्र अर्को अनौठो अमेरिका पत्ता लागेको ठान्यो । अमेरिकाभित्र अझै कति अमेरिका छन् र अझै कति कोलम्बस जन्मनु पर्ने हो यो CompTIA 220-801 dumps  सबै पत्ता लगाउन ? मनमनै सोच्न थाल्यो । काइली बोलिरहेकी छे, “जे गरायो, सबै समय र समाजले गरायो । म कलेज ग्य्राजुएट केटी हुँ तर आज जेलमा छु । मलाई यो समाजले गलत बाटोमा अगाडि बढ्न सिकायो तर फर्कन दिएन । म फर्कन चाहन्छु । त्यसैले तिमीसँग क्षमा र सहयोगका लागि याचना गरिरहेकी छु ।”

“यसका लागि पनि तिमीले मलाई नै किन रोज्यौ ? तिम्रा आफन्त,louis vuitton replica handbags uk  साथीभाइ पनि त छन् । के तिमी अर्को कुनै गेम त खेलिरहेकी छैनौ मसँग ?”

केही बेर रोकिएका अमेजन र नायल उसको आँखाबाट फेरी बग्न थाले, CCIE 350-001 exam dumps  “यहाँ कसैले कसैलाई केही गर्दैन । गर्ने भए मान्छेसँग मान्छेको नाता बलियो हुन्थ्यो । यहाँ सबैभन्दा कमजोर भनेकै मान्छेसँग मान्छेको विश्वासको बाँध र सबैभन्दा बलियो अविश्वासको पर्खाल हो । यही अविश्वासको पर्खालको आडमा मान्छे यहाँ आफूलाई सुरक्षित ठान्छ । अमेरिका कसैको कोही नभएको ठाउँ हो । यहाँको समाजमा वस्ती छ तर समाज छैन ।” best leather ipad mini case 

“मसँग यस्तो प्रस्ताव राख्ने साहस कसरी भयो र तिमीभित्र यस्तो विश्वास कसरी पलायो ?”

“यो त मेरो हैन, तिम्रो प्रस्ताव र विश्वास हो, हिमाल ।”vmware vcp-510 exam 

हिमाल एकछिन् रानी हराएको मौरी जस्तो भयो । रनभुल्लमा पर्‍यो ।

“अर्थात् ?” उसले सोध्यो ।

“अर्थात्, सम्झ त त्यो समाचार ! जुन समाचारले सनसनी नै मचाएको थियो । replica louis vuitton handbags  याहू अनलाईन न्यूजदेखि सारा मिडियासम्म । तिमीले नै भनेको हैन, मलाई लुट्ने त्यो बन्दुकधारी सुन्दरीलाई म प्रेम गर्छु भनेर !”

सम्झेर ऊ मुस्कुरायो । मध्यदिउँसो एउटी बन्दुकधारी सुन्दरीबाट आफू लुटिएको कथासँगै उसको सुन्दरतासँग आफू मोहित भएको कुरा बताउँदै भनेको थियो– “म त्यो लुटेरा सुन्दरीलाई प्रेम गर्छु ।”

“म त्यही दिनदेखि तिमीलाई प्रेम गर्न थालेकी थिएँ ।”  आँसुको बाढी दौडिरहेको काइलीको अनुहारमा अलिकति खुशीको आभा फक्रियो ।

“मैले अघि नै भनि सके यो असम्भव छ र प्रेमको अर्थ विबाह हुदैन ।” हिमालले आफ्नो आशय र वाध्यता पोख्यो । काइलीले ती आशय र वाध्यताका अर्थ खोज्दै सोधी– “अर्थात् ?”

“अर्थात्, म विबाहित छु । फेरी विबाहसँग प्रेमको कुनै सम्बन्ध हुदैन । विबाह सँस्कार हो भने प्रेम संवेदना हो । विबाहको सम्बन्ध मान्छेको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक तत्वसँग जोडिएको हुन्छ तर प्रेमको  louis vuitton outlet  सम्बन्ध आत्मासँग मात्र हुन्छ ।” ऊ एकतमासले हिमाललाई हेर्न थाली । निक्कैबेर मनोवादमा हराई । मृत्युछाया बनेर मस्तिष्कमा गाडिएकी त्यो केटी अहिले प्रणयपात्र बनेर हिमालको मनमा नाचिरहेकी छे ।

“त्यस बाहेक तिमी के चाहन्छौ ?” फेरी सोध्यो हिमालले ।replica louis vuitton handbags  हिमालको मुखबाट निस्किएको सान्त्वनाको सुवास काइलीको अनुहारमा पोतियो ।

उसले लामु सुस्केरा तानी । मुस्कुराउँदै धेरैबेर पछि मुख खोली, “यदि म तिम्री स्वास्नी हुन सक्दिन भने तिमी जस्तै कुनै नेपालीको स्वास्नी भएर नेपाल जान चाहन्छु । म अमेरिकासँग अघाइसकेकी छु ।”

“अमेरिकामा जन्मेकी केटी अमेरिकासँगै अघाई तर संसार अमेरिकाको भोको छ ! कति फरक छ देखेको मान्छे जस्तै सुनेको अमेरिका र बेहोरेको मान्छे जस्तै भोगेको अमेरिका ?” हिमाल आफैंभित्र रुमलियो । आफैंलाई सोध्यो तर अनुत्तरित नै रह्यो ।
louis vuitton outlet
अप्रिल २७, २०१३
बोस्टन, अमेरिका

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |