हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आजभोली

कृष्ण कटेल, (काठमाण्डौ)

सोझी बिदुषीलाई भुलेर

नक्कली सुन्दरीलाई सम्मान गर्ने समय हो यो,

खै कसरी खोजु आमा तिमीले भनेजस्ती बुहारी

बिच बाटोबाटै कुमारीत्व बेचिरहेको देखेर ।

समयले बगाएछ क्यारे

धर्मले बाँधेका कर्महरु

त्यसैले आज इज्जतभन्दा प्यारो

बैँश छ मान्छेलाई ।।

निर्दोष गर्भ तुहाएर

बैशदार यौवन साँचिरहेछन भोलीका आमाहरु

त्यसैले होला ढल्किदो उमेरसम्म वा बन्न नसकेका वा हरु

जन्माइरहेछ आजको समाज

अनि खस्किरहेछ आमा शब्दको महत्व

म यो भिडभन्दा टाढा निर्दोष आमाहरुको आशिर्वाद थाप्दैछु ।।।

उनी पैसासँग यौवन साट्दैछिन बिच बजारमा

भोकाएको घोडालाई दाना देखाएजस्तै गरी

चाउरिएको अनुहारलाई कृत्रिम सुन्दरताले लेपेर

निर्दोष आमा र दिदीबहिनीको महत्व भुलेर ।।।।

भो समय,

उत्ताउलो बन्न छोडिदे,

बरु खोजु न आइज म सगै

हामीदेखि भागेको सभ्य संस्कार ।।।।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |