हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

च्यातिदेउ सबै

बासु श्रेष्ठ, (भर्जिनीया)

च्यातिदेउ सबै धुजा धुजा

गरेर

कानुनका ठेलीहरु

नियमका दफा अनि

विनियम र उपदफाहरु

विधानका हरफहरु

गीताका मर्महरु

रामायण र महाभारतका शिक्षा र उपदेशहरु ।

 

किन चाहियो जब यसको मूल्य छैन भने

किन साँच्ने र उद्धरण गर्ने जब यसको कुनै

औचित्य छैन भने

किन बनाउनु पर्यो आधारहरु

मानवलाई

सचेत र सजग गर्न अनि

मान्छेलाई नियमित र अनुशासित बनाउन ।

 

जब हत्याराले उन्मुक्ति पाउँछ भने

जब प्रताडितले थप प्रताडना पाउँछ भने

जब कानुनको उपहास हुन्छ भने

जब निती र निर्देशन हास्यको पात्र हुन्छ भने

किन चाहियो

विधान लेखिरहने नाटक ?

किन चाहियो सँविधान लेखिरहने नाटक ?

 

यिनैको आधारमा असल र खराब छुट्टिन्थे

यिनैको आधारमा दुखीले बाँचेका थिए

यिनैको आधारमा सुखीले साश फेरेका थिए

र त भनिने गरिन्थ्यो विधिको शासन ।

 

तर अफसोच,

अब यिनको कुनै मूल्य मान्यता रहेन

यिनलाई पछ्याउने कोहि रहेनन्

यिनको अनुसरण गर्ने गराउने कोहि रहेनन् भने

के जरुरत यसको?

 

त्यसैले च्यातिदेउ सबै धुजा धुजा पारेर

धर्म र नितीका किताव

शास्त्र र पुराणका ठेली

बन्द गर विद्यालयहरु

हुन्छ भने बालिपनि देउ

खरानी बनाएर सिध्याई देउ

मानवको अस्तित्वको आभास नै नहुने गरी

नराख अब कुनै नितीका कुनै हरफहरु

तिम्रा भाषणमा

तिम्रा आश्वासनमा

 

बस् च्यातिदेउ

बस् च्यातिदेउ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |