हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दीपक जडित, (हवाई, अमेरिका)



मेरै वरिपरि तिमी बतास जस्तै बहँदै छौ
ढुक्क छु म तिमी जस्तो भए पनि त छँदै छौ ।

विर्षिएरै तिमीलाई घरी घरी सम्झन्छु म,
एकै पल लाग्दैन यस्तो मलाई तिमी विर्षँदै छौ ।

चतुर्थीको पातलो त्यो चन्द्र हेर्न रुचाउँछु म,
लाग्छ तिमी टाढाबाट मेरैतिर निहुरँदै छौ ।

एउटै सिँढी टेके जस्तै हामी दुई छौं यो समय,
फरक तर म ओर्लँदै तिमी कहीँ उक्लँदै छौ ।

सल्कियौ कि मैले नाममा दीपक राख्दा तिमी कतै,
या त मलाई सल्काउन आफू तिमी सल्कँदै छौ ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |