हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गज़ल

कोमल भट्ट, (पुरानो नैकाप,काठमाडौँ, हाल:- न्युयोर्क,अमेरिका)

भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु
बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु

सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै
यस्ता जाली छद्मभेषी गज़लकारलाई देखेको छु

फुर्तिला र रवाफिला सम्पन्न झैं लाग्छन सधैँ
हृदयका हरिकङ्गाल नाङ्गेझारलाई देखेको छु

कुविचारले हिंडेका छन् लाज शरम बिर्सिएर
कूलमै आगो लगाउने कुलङ्घारलाई देखेको छु

मनै दुख्ने फट्याईंले ढाक्न खोज्यो जताततै
षड्यन्त्रले भरिएको व्यवहारलाई देखेको छु

Comments

govinda rawat

कोमल सर तपाईको गजलले मन छोयो । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |