गजल
वैरागी चित्र , (तनहुँ)
पत्थर जस्तै भा'छ मन नसुनाउ कुरा मलाई
सौंदर्य नै गुमिसक्यो नदेखाउ चुरा मलाई
द्वन्द्वकालको समय थ्यो, मेरो शिर श्रीमानलाई
छातिभरी गोली चलाई हानेका थे' छुरा मलाई
दुई वर्षकी छोरी अनि छ महिनाको छोरा हुर्काइ
बाचेको छु लड्दै-लड्दै नभन भो शुरा मलाई
शान्ति छायो अरे देशमा बनियो रे सरकार हाम्रो
आउँछ राहत पीडितलाई? छैन विश्वास पुरा मलाई