हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

हरि पौडेल, ((नेदरलैंड))



हिलै हिलो बिच पनि कमल फुल्ने गर्छ
काँढै बिच रही गुलाफ सुगन्ध छर्ने गर्छ

कोइलीको सुरिलो स्वर बिछोडको दर्द हो कि
भवँरा त निर्मोही हो फूल बदल्ने गर्छ

रविको प्रचण्ड तापले डढेछ कहीँ आफैं
प्रितम कहीँ दियो भए पुतली जल्ने गर्छ

झरनाको बेग कहीँ पहाड रोएको हो कि
बोझ भए त्यहाँ अति पहिरो पर्ने गर्छ

मौसम पनि थकित भए चोला फेर्दाफेर्दै
फूल फुल्छ वसन्तमा शिशिरमा झर्ने गर्छ ।

Comments

Hari Paudel

मेरो रचनालाई स्थान दिनु भएकोमा खसखस परिवार प्रति आभार प्रकट गर्दै धेरै धेरै धन्यवादका साथै नया बर्षको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |