बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाहुना, पाठक, श्रोता, लेखक तथा शुभचिन्तकहरुमा मङ्गलमय हार्दिक शुभकामना !

हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कोसेली

ऋचा, (काठमाण्डौ)

अस्ति आमालाई फोन गरेकी थिएँ । वहाँले खुशी हुँदै सोध्नुभएको थियो, “यसपाली दशैंमा त तिमीहरू आउँछौ नि, हैन? कहिलेको टिकट काट्यौ?” तर मैले कामको व्यस्तता अनि बाहिरबाट पनि केही विदेशी पाहुना आउने भएकोले आउन नसक्ने कुरा भनेपछि आमा खिस्रिक्क हुनुभएको वहाँको मलिन स्वरमा प्रष्ट झल्किन्थ्यो । निकै बेरसम्म पनि वहाँ नबोल्नु भएपछि मैले नै सोधेँ, “आमा, माइला काकाकी छोरी विद्या आउँछे । के के पठाऊँ, आमालाई?”

 

तर वहाँले भन्नुभयो, “अहिले केही चाहिएको छैन । सबथोक छ । पछि चाहिएमा भनुँला ।

 buy louis vuitton replica bags   replica louis vuitton handbags   

वहाँको भनाईको सबथोक र चाहिएको थोक मैलेभन्दा राम्ररी कसले बुझ्थ्यो र ?  वहाँले केही पनि चाहिएको छैन भन्नुभए पनि छोरीको मन, कहाँ मान्थ्यो र - त्यसैले आज बिदाको दिन पारेर आमालाई कोसेली पठाउन, किनमेल गर्न भनी म रत्नपार्कको माइक्रो चढेँ । रत्नर्पाकमा माइक्रोबाट ओर्लिएर, आमालाई के के किनेर पठाउनु होला भन्ने सोच्दै आकाशे पुलको सिँढी चढ्न लागेँ । मेरा अघि अघि ५-६ वर्षका दुई साना केटाकेटी पनि गफ गर्दै सिँढी चढ्दै थिए । ती दुई मध्येका एक जनाले भन्यो, “हिजो तँ स्कुल किन न आएको ? था, हिजो सोनुको बर्थ डे थियो । चकलेट बाँडेकी थिई, चार चार वटा ।

 IT exam Material Provider   CCNA 200-120 dumps latest   

दोस्रोले भन्यो, “हो र ? म त हिजो स्कुल आउनै पाइन, हेर न ।

 

पहिलोले भन्यो, “हो त । अनि थाछ तँलाई, दुइटा चकलेट मैले खाएँ अनि दुइटा चकलेट घरमा पुगेर मम्मीलाई दिएँ नि । मम्मी कत्ति खुशी हुनु भो । तर मम्मीले फेरि त्यो चकलेट मलाई नै खाउ भनेर दिनु भो ।

 

दोस्रोले पनि भन्यो, “ए हो । मैले पनि अस्ति मेरो मम्मीलाई चकलेट दिएको । मेरो मम्मी पनि खुशी हुनुभएको थियो ।

 642-902 certification   SY0-301 certification   Microsoft 70-410 exam   vmware vcp-510 dumps   220-802   220-801 dumps   Swarovski Bracelets   Swarovski Brooches 

कुरो सुन्दै म उनीहरू सँगसँगै सिँढी चढ्न थालेँ र हाँस्दै उनीहरूलाई भनेँ, “बाबुहरू त कत्ति ज्ञानी । पछिसम्म यस्तै माया गर्नू है, आफ्नो मम्मीलाई ।

 

उनीहरू पनि लजाउँदै हाँसे । उनीहरूको त्यो हँसाइमा आमाप्रतिको माया थियो । त्यो निर्दोषिपनाको हँसाइमा म मन्त्रमुग्ध हुँदै सिँढी ओर्लिएर भोटाहिटीतर्फ अघि हिँड्न थालेँ ।

 

केही पर पुगेपछि पछाडिबाट आएको अर्को आवाज पर्‍यो, मेरो कानमा, “श्याम्पु र कण्डिशनर किनेर पठाइदिन्छु, मम्मीलाई ।

 

पछाडि फर्किएर हेरेँ । २५-२६ वर्ष दुई युवक मध्येका एक जनाले गाउँमा बसेकी आफ्नी आमालाई पठाउने कोसेलीको बारेमा कुरा गर्दै थियो । शायद त्यो युवक पनि म जस्तै दशैंमा घर जान असमर्थ थियो तर आफ्नी आमालाई कोसेली पठाउन भने बिर्सिएका रहेनछन् । ती युवकहरूलाई त केही भनिन तर उनीहरूको कुरा सुनेर अघिको मुस्कान झन् गहिरियो, मेरा ओठमा । त्यही गहिरिएको मुस्कान मिश्रति खुशीको भावले ती युवकहरूलाई हेरेर म मुसुक्क मुस्काएँ । उनीहररूले पनि मेरो मुस्कानको जवाब मुस्कानले नै फर्काए तर त्यो मुस्कानमा अघिका ती साना नानीहरुको झैं लजालुपन थिएन तर आमाप्रतिको माया अनि कर्तव्य झल्किन्थ्यो । खुशीले गदगद हुँदै, म अघि हिँड्न थालेँ ।

म जति अघि बढ्दै गएँ, पाइला पिच्छे भीड बाक्लिँदै गयो । असन पुग्दा नपुग्दै भीड छिचोल्नै गाह्रो भो । म पनि भीडकै एक अंश भै बिस्तारै हिँड्न थालेँ । मेरा अगाडि एक अधबैंशे जोडी हिँड्दै थिए । ती दुबै लोग्ने स्वास्नी थिए । त्यति नै बेला मोबाइल बजेको सुनेँ । लोग्ने चाहिँले हेलोभनेर जवाब फर्कायो र हजूर, अँ । अँ । हो । हो ।भन्ने एक तर्फी आवाज पर्न थाले मेरो कानमा । अर्काको कुरो नसुनु भन्दा पनि कानमा पर्छ । अनि फेरि उसले भनेको सुने काँ यहाँबाट तेल सेल पठाइरहनु नि । त्यहीँ घरकै तोरीको लगाए भै'हाल्छ नि ।अनि र्झर्को मानेको स्वरमा फेरि भन्यो, “, , म अहिले राख्छु । म बाहिर छु, पछि कुरा गरुँला ।

 

स्वास्नी चाहिँले सोधी, “कस्को फोन, आमाको ?”

 

अँ । आमाको फोन ।

 

के भनिस्या ?”

 

खै केको तेल हो रे, टाउकोमा लाउने । खै कसले भनेको, टाउको शीतल गर्छ रे । तिमीहरु त आउनौ भन्यौ । तल्ले घरको कान्छोको हातमा भए नि पठाइ दिनु रे भन्नु भाको । आमालाई पनि के के सुर चल्छ के के अनि केही न केही पठाओ भनिरहनु हुन्छ । त्यै घरको तोरीको तेल लगाए भै हाल्छ नि, भनी दिएको ।

 

स्वास्नीले भनी, “ए तेल पो मगाउनु भएछ, आमाले ।

त्यही त भन्या । हेर न! अब कहाँको तेल सेल पठाउनु यहाँबाट ।

 
हुनदिनोस् न त । आमाले भन्नुभो हजुरले सुनिस्यो । सिद्धी हाल्यो नि । 

 

उनीहरु दुबै चुप भए । तर उनीहरूको कुरा सुनेर मेरो मन अमिलो मात्रै भएन, नराम्रोसँग दुख्यो । अघिको त्यो गहिरो मुस्कान गहिरो वेदनामा परिवर्तन भै मेरा आँखामा झल्कियो । हिँड्दै अघि बढ्दा अनायसै कटाक्षर्पूण दृष्टीपात गरेँ ती छोराबुहारी भनाउँदाहरू उपर । उनीहरूले मेरा भाव पढे पढेनन् त्यो त थाहा भएन किनकी ती दुबैका अनुहार भावहीन थिए । तर तिनीहरूका कुराले भने मेरो मन दुखेको मेरो अनुहारमा प्रष्टै देखिन्थ्यो होला शायद ।

 

मनमा कुरो खेलाउँदा खेलाउँदै म इन्द्रचोक पुगेँ । त्यहाँ आमाको लागि सारी, ब्लाउज, पेटीकोट, पश्मिनाको सल अनि जुत्ता किनेँ । घुम्दै गर्दा कस्मेटिकको पसलमा श्याम्पूहरू देखेर अघिको त्यो युवकले भनेको सम्झेर मुस्कान छायो मेरो अनुहारमा । श्याम्पू र कण्डिशनर पनि छानेँ आमाको लागि भनेर । अलिक पर विभिन्न तेलहरू लहरमा सजिएको देखेपछि अघिका ती लोग्नेस्वास्नी सम्झेँ र मन खिन्नभयो । तर मनबाट एक चित्कार उठ्यो र आमा । आमा । आमा ।   पुकार्‍यो । मेरो मनले त्यस मध्येको एक तेल पनि छान्यो । हेर्दै जाँदा अन्य जे जे चीज देखेर मेरो मनले आमा भन्यो ती सब किनेँ ।

 

अनि फर्कने बेलामा, एउटा पसलमा चकलेट देखेर त्यो पनि किनेँ । चकलेट किनिरहँदा अघिका ती साना दुई नानीहरू अनि उनीहरूको त्यो लजालु मुस्कान सम्झेँ । मेरो मुहार पनि उज्यालियो ।

 

दुबै हातमा शपिङ्ग ब्यागहरू बोकेर म माइक्रोबाट फर्कँदै छु । थाहा छैन मैले के के किनेँ के के । आमाले भन्नुभएको थियो सब थोक छ ।  यो सब थोकले के के समेट्यो र के समेटेन सोच्दै नसोची - मैले आँखाले देखे जति, आमालाई चाहिन्छ भन्ने लागे जति मेरो बुताले भ्याएसम्म धेरै थोक किनेँ ।

************** 

आमाको माया के हो भन्ने राम्ररी हेक्का पनि राख्न नपाउँदै सानैमा मेरी आमा बित्नु भो । आमाको मायाको भोकी म मैले सोचेकीँ थिएँ, विहे पश्चात् म मेरी सासुलाई आमाको रुपमा मान्नेछु । त्यही गरेँ मैले अनि वहाँले पनि मलाई छोरीलाई जस्तै माया गर्नुहुन्छ । छोरीलाई झैं घुर्क्याउनु पनि हुन्छ । अहिले केही चाहिएको छैन । सब थोक छ । पछि चाहिएमा भनुँला ।यो पनि वहाँको घुर्क्याइलो जवाब थियो, मलाई ।

 

म अहिले हवाई जहाजमा सिटबेल्ट बाँध्दैछु । धेरै थोकको झोलाहरू ब्यागमा बोकी अहिले म आफै आमाले चाहनुभएको त्यो एक थोक बनी वहाँको पृय कोसेली बन्न गईरहेकी छु ।

 

Comments

Bishwa R. Adhikari

कथा राम्रो लाग्यो। यथार्थवादी भन्दा पनि बढी आदर्शवादी छ।
आधुनिक युगमा मानिसहरु व्यक्तिवादको सीमा नाघ्दै छन। तर पनि केही असल पात्रहरु पनि छन। यस्तै सन्देश दिन्छ यो कथाले। 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |