हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जाउ प्रवासी

हरि पौडेल , (नेदरलैंड )


कसैको
आश्वासन
अब लिनु

कसैले बनाई देला 

भनि पर्खिनु

देर होला अब 

सड्ने घाउ

जाउ प्रवासी फर्की 

आफ्नो देश बनाउ 

 

नेताहरु सबै 

बाङ्गा भएछन 

जडीबुटी जंगल 

नाङ्गा भएछन 

ढुकुटी सबै 

चोरनेको दाउ 

जाउ प्रवासी फर्की 

आफ्नो देश बनाउ 

 

शासक सबै त्यहाँ 

छाडा भएछन 

शिक्षक पत्रकार 

उनलाई काँडा भएछन 

मरीमेटी किन धुनु

बिदेशिको पाउ 

जाउ प्रवासी फर्की 

आफ्नो देश बनाउ 

 

गुन्द्रुक ढिड़ो 

आफै बनाउला 

बाँडीचुडी हामी
सबै मिलि खाउँला 

नेपाल आमालाई 

बढि  रुवाउ 

जाउ प्रवासी फर्की 

आफ्नो देश बनाउ

 

प्रार्थना गरौँ अब 

पशुपतिलाई 

सतीले सरापेको 

भनौ अब भाइ 

आफ्नै देशमा 

रोपी काटी खाउ 

जाउ प्रवासी फर्की 

आफ्नो देश बनाउ 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |