हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

राशीले गर्दा

दीपक जडित, (हवाई, अमेरिका)




(लघुकथा)
vcp-510 exam   CompTIA 220-802 
खचाखच भरिएको बसभित्र उनीहरुको आँखा जुध्यो । सुमन साँघुरो कापमा जीउ सानो पारेर बिरालो छिरेजस्तै खाँदाखाँद मान्छेहरुको चेपबाट छिर्दै पछिल्तिर सर्दैथिइन् । राजु दुईवटै घुँडा मान्छे हिंड्ने प्यासेजपट्टी पारेर पछिल्तिरको एउटा सिटमा चाकमात्र टेकाएर बसेको थियो । दुवैजना एकाएक झस्किएझैं भए । अर्को-अर्कोतिर नजर फर्काएर नदेखेझैं गर्न चाहे । यसअघिका एकाध जम्काभेटहरुलाई उनीहरुले यसैगरि नदेखेझैं टारेका थिए तर चट्पटाउँनै मुश्किल हुने भीडमा आज त्यो सम्भव थिएन । जुधेको आँखाले त देख्यो उनीहरु एकअर्कालाई तर मनले सायद देख्न सकेन अत: मुस्कुराउँन सकेनन् । दुवैको मुहार उज्यालो हुनुको सट्टा भर्खरै माछा मारेको पानीको दहलो जस्तै धमिलो भएर आयो ।
Microsoft 70-410 dumps  
'याँ बस्ने?' परिस्थिती सजिलो पार्ने कोशिस गर्‍यो राजुले तर बस्ने भनेर सोध्ने हिसाबको बस्ने ठाउँ भने थिएन । दुईजनाको सिटमा ऊ बाहेक अरु दुईजना मोटाघाटा घाँटी र भुँडीतिर मासुको लुँदा झुण्डिएका अधबैंसे उमेरका आइमाईहरु थिए । तिनीहरू रोकेर राखेको भए बसनै तर्सेर गुड्ला जत्तिकै ठूलो स्वरले हाँस्दै बाक्लै नुन खुर्सानीको धूलो छर्किएको काँक्रा खाइरहेथे ।
CCIE 350-001  
'होइन । मलाई यैं ठीक छ ।' बोली फुटाउँन करै लाग्यो सुमनलाई । केहिबेर फेरि बसभित्रको भीडमा उनीहरूलाई मौनताले ऐंठन पारेजत्तिकै बनायो ।
CompTIA sy0-301 dumps  
'के छ खबर?'  कोलाहलमय भीडमा ठडिएको मौनता राजुले नै चिर्‍यो । सोधिरहँदा राजुलाई आपसी सम्बन्धको रहस्य फुस्किएला भन्ने चिन्ता छँदैथियो ।
Cisco CCNA 200-120 exam   Cisco 642-902 dumps  
'ठीकै छु । तपाईं नि?, अनि कस्ती छन् त राशी मिलेकि दुलही?' केहिपनि सोध्न र सुनाउन मन नभए जस्तै गरेर सोध्दा सुमनको आँखामा त्यसदिनको प्रेमी राजु नाचिरहेको थियो, जो आँखाभरी आँशु लिएर भन्दैथियो, 'राशी नै मिलेन भनेर घरमा कसैले मानेनन् । के गर्ने होला?'
http://www.kingdumps.com  
अक्मकियो राजु । सुमनले यो कुरा सोध्लिन् भनेर नसोचेको हुनसक्छ उसले ।
ISC CISSP exam dumps   Swarovski Pendants   Swarovski Rings  
'ए! बुइनीलाई पनि था'छ राशीको कुरा? त्यो राशी त काँ चिनाको राशी नमिलेको हो त? धनको राशी पो नमिलेको त । यताबाट कुस्त दाइजो आउने भएपछि कस्ले त्यो केई नहुनेकि छोरी बिहे गर्छ?' सँगैबसेकि खाइलाग्दी आइमाईले सुमन र राजुको कुरामा मिसिएर भनिन् र पुन: झ्यालपट्टीकी साथीसँग यतापट्टीको कुरा सुनेकै छैन जस्तै गरेर गफिन थालिन् ।
replica louis vuitton handbags  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |