हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

हरिको नाम लिनु

हरि पौडेल , (नेदरलैंड )


कर्म
गरि गरि थकित भएमा 

आडम्बर देखि व्यथित भएमा 

संसारैबाट दु:खित भएमा 

हरिको नाम लिनु 

 

लोभ लालचले आकर्षित गर्ला 

माया मोहको जालमा पर्ला 

जति गरे पनि दु:ख टर्ला 

हरिको नाम लिनु 

 

जताततैबाट आपत आउला 

रोग ब्याधको बादल छाउला 

उम्किने कतै बाटो पाउला 

हरिको नाम लिनु 

 

मरुभूमिमा पानी पाए 

दुष्टहरुले अथाह सताए 

भवँरमा फसी उम्किन पाए 

हरिको नाम लिनु 

 

सुखशान्ती सबै उडेर जाला 

शरीर मती सबै धमिराले खाला 

बुद्धि विवेकको बन्द होला ताला 

हरिको नाम लिनु 

 

Comments

Bishwa R. Adhikari

I liked it. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |