हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दिवाकर भट्टराई, (दमौली, तनहुँ)




सरस्वती पुकार सुनिदेउ, अज्ञानता बढ्दो छ
देशका जवान विदेशीए, शून्यता बढ्दो छ

कला संगीत सहित्यको, देवी समान हौ  
जन(जनको उमंगमा, मौनता बढ्दो छ

भौतिक प्रगतिका श्रेय, बुद्धिमताकी धनी छौ  
अनुशरण नगर्नेलाई, कौतुहलता बढ्दो छ

तिम्रै भक्ति गाथाहरु, गुनगुनाइरहन पाउँ
परम्परागत आस्थाले, सचेतता बढ्दो छ

आध्यात्मिक उपचार, बाणीबाट सीमित छ
साधना विधिको बेग्लै, लचकता बढ्दो छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |