बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाहुना, पाठक, श्रोता, लेखक तथा शुभचिन्तकहरुमा मङ्गलमय हार्दिक शुभकामना !

हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

ब्लु रोज

सुन्दर जोशी, (वेस्ट पाल्म बीच, फ्लोरिडा)


बर्षौ
पछि हृतिका रक फेलर टावरको अघि उभिन www.kingdumps.com   आइ पुगेकि छिन् | रिपरिको दृश्यहरुमा एकदम छिटो घुमी रहेको उनको सुन्दर अनि चंचल आँखा झन्डाहरुको लस्करमा नेपालको झन्डा हुँदै तल आईस स्केटिंग गरिरहेको हुलमा पुगेको | हातमा गुलाफका फूल लिएर स्केटिंग गरिरहेका थुप्रै यौनाहरुको हुल देखेपछि उनलाई सम्झना हुन्छ आज भ्यालेंटाईन डे हो भनेर | पलपलमा परिवर्तन हुने प्रकाको रंगहरुमा ति नर्तकीहरुसंगै उनीहरुको हातमा भएको गुलाफको रंग परिवर्तन उनलाई मोहक लाग्छ | जब गुलाफको रंगहरु नीलो भए खै कोनी किन उनि अर्थपूर्ण मुस्कुराईन | आफुले लगाई रहेको ज्याकेटको जिपर माथि सम्म तानिन CCIE 350-001   आफुलाई आफ्नै अंगालोमा बाँधिन, बेस्सरी  | मनको उमंग अनि उत्तेजनालाई संयममा राख्ने शैली हो यो हृतिकाको | जब उनले नजर फेरी डुलाईन  उनको आँखा तल रेष्टुरेन्टको सिटिंग एरियामा एक्लै बसी रहेको एक जना अधबैंसे युबकमाथि पर्यो | उनको मस्तिष्क त्यसैपनि बिभिन्न समयका, बिभिन्न ठाउँका भ्यालेंटाईन डेको नोस्टालजियाहरुमा घुमी रहेको बेला त्यो युबकमाथि दृस्टी पर्नासाथ उनका आँखाहरुमा केहि दृश्यहरु, केहि अनुहारहरु बिजुलीको गतिमा आए गए अनि उनको आँखा त्यहि एक्लै बसी रहेको मानिस माथिबाट एक रत्ति पर सरेन, त्यहि अडियो | उनि आफै पनि मूर्ती जस्तै भईन् | वास्तबमा उनि तितमा चुर्लुम्म डुब्न पुगेकी थिईन् |

केहि बर्ष अघि यस्तै एउटा भ्यालेंटाईन डेको साँझ उनि होटेल द्वारिकाजमा पुगेकी थिईनउत्कृष्ट नेपाली कला संस्कृति झल्किने वास्तुकलाहरुको सिंगो नमुना द्वारिका झन्  ISC CISSP exam dumps    भ्यालेंटाईन डेको लागि बिशेष रुपले, बिशे शृंगारमा मा सजिएको थियो   | वास्तबमा उनि अलिकति अबेर गरि पुगेकी थिईन, उनले प्रवेश गर्दा त्यहाँको वातावरण एउटा उत्कर्षमा पुगी सकेको थियो |  मधुर संगीतमा, संगीतका तरंगहरु जस्तै थुप्रै यौवनहरु जतासुकै  सल्बलाई रहेको थियो | उनको आँखाहरु आफ्नो मुटुको ढुकढुकिलाई खोजि रहेको बेला उनि घरिघरि आफ्नो हातमा भएको रातो गुलाफको झुप्पालाई पनि नियाली रहेकी थिईन | अनायास उनको नजर एउटा यस्तो दृश्यमा पर्यो जस्ले गर्दा चक्कर लागे जस्तै भएर उनि नजिकैको एउटा खाली कुर्सिमा बस्न पुगिन | सपनामा पनि नसोचेको दृश्यहरुसंग अनायास जम्काभेट भए पछि उनि त्यस्तो अवस्थामा पुगेकी थिईन |  उनलाई नदेखे जस्तो गरेर तर सुनियोजित ढंगले  उनको प्रेमी  Swarovski Rings अर्कै युवतीको हातबाट गुलाफको फूल लि उनलाई आफ्नो अंगालोमा बाँधी रहेको थियो | जब उनि अलिकति स्वाभाविक अवस्थामा फिरिन आफुलाई एउटा अपरिचित युवकको सामुन्ने बसी रहेकी अवस्थामा भेटिन | सम्बाद थिएनघोर अपमान आक्रोको ज्वालामा उनि येस्तरी सल्की रहेकी थिईन कि परिणाम के हुने हो उनि आफैलाई थाहा थिएन |

एक पल आफ्नो हातमा भएको फूलको गुच्छालाइ नियालिन फ्याँकि दिईन स्विमिंग पुलमा जुनबेला त्यहाँ पानीको रंग नीलो भएको थियो | रातो गुलाफको रंग परिवर्तन भएर नीलो भै तैरी रहेको नियाली  रहेको बेला अनायास टेबलमा भएको चुरोटको बट्टाबाट चुरोट निकालेर ओठसम्म पुर्याईन | अपरिचित मानिसले लाईटर बाली दियो सल्कियो चुरोट | त्यतिनै बेला वेट्रेस त्यो मानिसको माग Swarovski Pendants  अनुसारको ड्रिंक्स लिएर त्यहाँ आइ  पुग्यो एक पलमा अपरिचित मानिसले अघि बढाएको स्कचको पेग समाएर उनि मनको आगो निभाउने प्रयासमा लागि रहेकी थिइन् | तर उल्टो CompTIA 220-802    आगो दन्किएको थियो आफ्ना क्रुद्ध आँखाहरुले एउटी अपरिचित स्वास्नी मानिससंग लठारी रहेको आफ्नो प्रेमीलाई घुरी रहेकी थिइन् |

" मैले कसैको ठाउ लिईन ?" उनले अनायास आफ्नो सामुन्ने बसी रहेको युबकलाई सोधेकी थिइन्  | उसले त्यस्तो होइन भन्ने जनाउन अस्वीकृतिमा टाउको मात्र हल्लाएको थियो |    

आँखाहरु घरि घरि उनको प्रेमी बसेको टेबलतिर पुग्ने फर्किने गरि हेकै बेला उसको एक्लोपन पनि अर्थपूर्ण लागि सकेको थियो हृतिकालाई,  उनले अचानक अपरिचित मानिसलाई सोधिन

" तपाई किन एक्लै ?"

" तपा हुनुहुन्छ, एक्लो कहाँ छु   ?"

दुबैका आँखा जुधेका थिए  | खै कोनी किन आकर्षक  लागेको थियो त्यो मानिसको रुप उनलाई | एउटा असहज परिस्थितिमा, मन आक्रोको आगोले दन्कि रहेको बेला एउटा अपरिचित मानिससंग बसेर उनि निरन्तर पिई रहेकि थिइन्  | दुबैको नजर स्वीमिंग पुलमा तैरी रहेको गुलाफको vcp-510 exam फूलहरु माथि थियो | उनले अचानक सोधेकि थिईन

"तपालाई कुन रंगमा त्यो गुलाफ राम्रो लागि रहेको ?"

" ब्लु, आइ मिन नीलो  !"   अलिक फरक खालको नेपाली बोलि रहेको  थियो |

उनको मनमा गुज्री रहेको अवस्थाहरुको मुल्यांकन उसले त्यति बेला नै गरिसकेको हुनुपर्छ जति बेला उनले गुलाफ़को फू पुलमा फालेकि थिईन | उनि घरिघरि आफ्नो धोकेबाज प्रेमीसंग छिल्लिएर गफिई रहेकि केटिलाई घुरी रहेकी थिईन |

"थ्री इयर्स रिलेसनशिप यट डाउन हिल" उनि अनायास बर्बराएकि थिइन् त्यो असहज समयलाई सजिलो बनाउन आफ्नो ट्रेडमार्क मुस्कान मुहारमा ल्याउने प्रयत्न गर्दै  अचानक सोधेकि थिईन्

"तपाई आफ्नो घर फिर्दा मलाई मेरो घरसम्म छोडिदिनु हुन्छ ?"'

टेबलमाथि भएको रूम नम्बर ११२० को चाबी देखाउदै उसले भनेको थियो " परदेशी, हि होटेलमा बसेको छु |" अनि उनको नजर त्यो चाबीमा गएर अडिएको थियो | निक्कै बेर अडिएको थियो | परिचय संगै कुराको सिलसिला केहि लम्बिएको थियो उसले वेट्रेसले ल्याएको बिल भुक्तानी गरेर जानलाग्दा आफ्नो रूमको चाबी उनि तिर बढाएको थियो |

" यो किन नि ?" उनले फेरी नीलो भएको गुलाफ नियाल्दै सोधेकि थिईन् |

" जस्ट इनकेस, राईड पाउनु भएन भने "  उसले स्विमिंग पुलको किनारमा आइपुगेको गुलाफ़को फूल निहुरेर हातमा लिदै उनको आँखामा अर्थपुर्ण नियालेर त्यहाँबाट हिँडेको थियो | उनले पनि अर्थपूर्ण नियालेकि थिइन् त्यो चाबीलाई त्यहाँबाट जानलाग्दा एउटा बिचित्र मुस्कानकासाथ Microsoft 70-410 dumps   त्यसलाई टिप्न भुलेकि थिइनन् |

एकछिन पछि उनी आफ्नो धोखेबाज, नकच्चरो प्रेमी बसेको टेबलमा पुगेकी थिईन त्यहाँ  १० रेक्टरको भूकम्प गए जस्तै भएको थियो | आफ्नो प्रेमीको अंगालोमा टाँसिएकि केटीको एक मुठी जगल्टा बोकेर उनी रूम नम्बर ११२० मा छिरेकी थिइन्  |

अनि उनी होसमा आउँदा आफुलाई  त्यो अपरिचित युबकसंगै अस्त ब्यस्त लडि रहेको पाउँदा जसरि झस्केकी थिईन त्यसरी नै झस्किईन् उनी अतीतबाट बर्तमानमा फिरिन |

स्केटिंग गर्ने क्षेत्रमा यति बेला मात्रै एक युगल जोडी रिहानाको "वि फाउन्ड लव" भन्ने गीतमा मस्त नाची रहेका थिए | तर अर्थात् आनन्द, त्यहाँ थिएन | एउटा बिचित्रको छटपटी, अनौठो रिस आफैसंग,  उनको मन साँच्चैनै भयभित भएर मानिसहरुको हुलमा उसलाई खोज्न जतासुकै दौडिन थाल्यो | यस्तो कहिले पनि भएको थिएन उनलाई | झन्डै उनि उस्तै उस्तै लाग्ने एउटा मानिसलाई भेट्टाउन दौडिएकि तर त्यतिनै बेला फेरी उनको नजर तल बसी रहेको ठाउँमा पुग्यो उनले राहतको लामो स्वास फेरिन | बारमा आफ्नो पेय पदार्थ लिन पो गएको रहेछ | फर्किदा उसको हातमा एउटा गिलास थियो आफ्नो स्थान लिदै  सिगरेट झिकेर सल्कायो  | उसको अघिल्तिरको चेयर अझै खाली थियो | मन,  दोमन हुनु अघि नै  उनि आनन्द भए तिर लम्किईन् धुवा उडाउँदै " वि फाउण्ड लब" को संगीतमा मग्न नाचिरहेका जोडीलाई नियाली रहेको आनन्दको छेउमा पुगिन् | बिना स्वीकृति बिल्कुल द्वारिकाजमा जस्तै उसको अघिलतिरको चेयरमा बस्न पुगिन | आनन्द आश्चर्य चकित भएर " माई गड, माई गड" मात्रै  बड बडाई रहेको थियो |

" मैले कसैको ठाउँ लिईन ?" उनले  आफ्नो ट्रेडमार्क मुस्कान सहित सोधिन | प्रतिउत्तरमा अर्थपूर्ण मुस्कुरायो | सारै मलिन थियो त्यो मुस्कान अनि गरुङ्गो पनि | तर मौनता धेरै बेर टिकेन |

" विश्वास गर या नगर तर आजको रात यहाँ एक्लै बसेर तिमीलाई नै सम्झी रहेको थिएँ | " आनन्दले देब्रे हातका औलाहरुले आफ्नो बाक्लो कालो केश कन्याउँदै भन्यो " ड्रिंक्ससंगै त्यो नोस्टालजियामा ..........?"

" बिल्कुल त्यहि  नोस्टालजियामा, कति ओटा बर्षहरु चिप्ली सके तर मलाई हिजै जस्तो लाग्छ " उसले  हृतिकालाई बिचैमा उछिनेर भन्यो सिगरेट बढायो |

" आइ क्विट स्मोकिंग !"

" गुड, अनि ड्रिंक्स ? कि त्यो पनि क्विट ?"

जवाफमा फेरी त्यहि ट्रेडमार्क मुस्कान मात्र

"के पिउँछौ ? "

" तिमी जे पिई रहेका छौ !" अनि एकदम फुर्ति साथ बारको काउन्टर तिर लम्कियो |

एउटा कथाका दुइ पात्रहरुको पुनर्मिलन, स्थान परिस्थिति मात्र अलिकति फरक | आज उनको हातमा कुनै गुलाफ छैन नत उ कुनै गुलाफको प्रतिक्षामा बसिरहे जस्तो प्रतित हुन्छ उनलाई | एकै पल्ट थुप्रै प्रश्नहरु न्यु योर्कका सुरुंगहरुमा दौडिने ट्रेन जस्तै दौडिन थालेका छन् उनको मस्तिष्कका नसाहरुमा | सपना जस्तै लाग्छ उनलाई आफ्नो जिन्दगी| त्यो रात वास्तबमा उनि एउटा आँधी भएर पसेकी थिइन् आनन्दको कोठामा मनलागी विध्वंश मच्चाएकी थिईन | विउँझिदा आफ्नो नाम निशा नभेट्टाउँदा के सम्झियो होला उसले ? आफुप्रति कस्तो धारणा बनायो होला ? फेरी अहिले यी सबै प्रश्नहरुले उनलाई घेरी रहेको बेला उसले गिलास उनको अघि बढाउँदै भन्यो

" यस्तो संयोगको मैले सपनामा पनि कल्पना गरेको थिइन"

" मैले पनि, मैले त्यहाँ, त्यति टाढाबाट तिमीलाई चिनें, तिमीलाई  ..."

"एक्लै, बिल्कुल द्वारिकाजमा जस्तै एक्लै बसी रहेको देखेर अचम्म लाग्यो, शायद तिमी यहि भन्ने वाला थियौ ?"  उसले उस्तै मलिन मुस्कानसंग भन्यो | वास्तबमा उसले उनको बाकी कुरा दुरुस्त बोलि दिएपछि हृतिका पनि मलिन भईन् | दुवैले गिलास ओठमा पुर्याएको बेला  अचानक उनले सोधिन् "तिमि सियाटलमा बस्छु भन्थ्यौ, होइन ?"

" हो, तर केहि समयदेखि यहिं छु |  सियाटल देखि न्यू योर्क बसाई सराईको पछि धेरै लामो कथा | तिमि भन, तिमिपनि यहि कंक्रिटको जंगल भित्र बस्छेउ ?" उसले चलाखीसंग कुराको प्रसंग मोड्ने प्रयत्न गर्यो |

"केहि दिनकोलागिनेपालमा यु. एन. को एउटा प्रोजेक्टमा काम गरिरहेकी छु अहिले एउटा सेमिनारको सिलसिलामा आएकी " गिलासलाई ओठ्कै आसपास डुलाउदै भनिन उनले  |

मौन थियो, डुबेको थियो कता कता ? अनि हृतिका आफैपनि अन्यौलमा परेकी

बेला अचानक आनन्दले भन्यो

" मैले तिमीलाई धेरै खोजे संजालहरुमा,  इभन  गूगलमा !" जवाफमा हृतिकाले उही आफ्नो ज्यानमारा मुस्कान छोडिन | उनीहरुको नजिकै एकजना बुढो चाइनीज, हातको लौरोमा चिउँड़ो अड्याएर उनीहरुलाई नै नियाली रहेको थियो | आनन्दको नजर उमाथि परी सकेको थियो भन्यो

" सायद तिम्रो चाइनीज लुकले आकर्षित गर्यो, परको त्यो चाइनिज ग्रान्ड पा तिमिलाई नै नियाली रहेको | "

हृतिकाले पहिलो पल्ट त्यता ध्यान दिईन्| अचम्म, ति ग्रयाण्ड पा ले उनलाई औलाको इसाराले आफ्नो छेउ आउ भनि  इसारा पो गर्यो | उनले आनन्द तिर नियालिन्| उसले पनि आँखाको शाराले नै जान संकेत दियोहृतिका उठेर ग्रयाण्ड पा को नजिकै पुगिन् |

" त्यो मानिस तिमीलाई धेरै माया गर्छ तर तिमिहरुको मिलन यो जुनीमा खाली यस्तै आक्कल झुक्कल मात्रै हो |" चाइनीज ग्रयाण्ड पाले राम्रै इंग्लिसमा साउतीको भाषामा हृतिकाको कानैमा भन्यो |

हृतिका जिल्ल परिन उही उन्मुक्त हाँसो हाँसेर भनिन " यु किडिंग ?"

" मलाई सबै थाहा , , तिमि   मेरो भेट हाम्रो हरेक जन्ममा कतै कतै भै नै रहेको हुन्छ | अघिल्लो जुनीमा हामी ब्राजिलमा थियौं |"  ग्रयाण्ड पा हृतिकाको आँखामा तीखो नियाल्दै उनलाई निर्धक्क भनि रहेको थियो |

" नपत्याएको ? " हृतिकाले अझै आफ्नो कुरामा विश्वास नगरेको सुइँको पाएर उसले भन्यो

" तिम्रो जन्म मिति उसको जन्म मिति एकै दिन हो, नपत्याए जाऊ उसको आइ डी मागेर हेर !"  हृतिका हिप्नोटाइज्ड भए जस्तै फरक्कै फर्केर आनन्दको छेउमा पुगिन् भनिन्

"तिम्रो आइ डी हेर्न सक्छु?"

आनन्दले कुराको केहि मेसो नै नपा पनि चुपचाप आफ्नो आइ डी निकालेर उनलाई दियो | आश्चर्यको कुनै सिमाना थिएन, बिल्कुल समान मिति | आइ. डी. आनन्दलाई फर्काएर उनि फेरी ग्रयाण्ड पाको छेउमा पुगिन् |

"तिमि सुपर मोडेल थियौ अघिल्लो जुनीमा, कवि थियो | उसले तिमीलाई भेट्टायो तिमीहरु पहिलो भेटमै घन्टौ गफियौ | तिमि त्यतिबेला पनि प्रेममा घायल थियौ उसैसंग ह्रितुदान लिएर एउटा छोरी जन्मायौ | कुमारी आमा भएर बस्यौ उसले तिमीलाई प्रोपोज गर्दा पनि तिमीले पत्याईनौ | तिम्रो मायामा फेरी पागल भयो ...... भै हाल्यो भन्दिन | "  ग्रयाण्डपाले बसी रहेको ठाउँबाट उठ्ने कोसिस गर्यो | हृतिकाले उसलाई उठ्न सघाउँदै भनिन " अचम्म, तर रोचक पनि, तपाइको कुरा सकिएकै थिएन ? "

कम्मर सिधा पार्ने कोशिसपनि नगरी ग्रान्ड पाले ज्याकेटको खल्तीबाट आफ्नो भिजिटिंग कार्ड निकालेर हृतिकाको हातमा थमाई दियो भन्यो "फुर्सद पायौ भने कल गर भेट्न आउ, तर मलाई थाहा तिमि निक्कै व्यस्त मानिस हौ " अनि उसले हृतिकाको हात समातेर उनको आँखामा तीखो नियालेर मायालाग्दो पाराले भन्यो " यो जुनीमापनि तिमीहरुको त्यस्तै भयो | तिम्रो छोरीको बारेमा उसलाई केहि नभन | मर्छ फेरी | अहिले त्यसै पनि धेरै समस्यामा |"

" कस्तो समस्यामा ?" सोधी हालिन् |

"उसकै मुखबाट सुन , पुनर्मिलन भएको ,  कमसे कम दुइ चार दिन तिमीहरु यो सपनाको हरमा एक साथ घुम्नेछौ, उसलाई  दुखी नबनाऊ है !" ग्रयाण्डपाले आफ्नो नातिनीलाई अर्ति दिए झैँ भन्यो  |

" त्यहि पनि अलिकति हिन्ट्स दिनुस् ताकी मबाट उसको मन दुखाउने काम नहोस्, पहिले नै सतर्क हुन सकुं"  हृतिकाले पनि हजुरबालाई जस्तै फास्लांग फुस्लुंग पारी |

"अमेरिकामा डिभोर्स, तिमि अनुमान गर्न सक्छौ होला | हिज एक्स टुक एभरीथिंग,  उसको  घर, उसको सेभिङ्गस्,  अन टप अफ द्याट, उ लेअफमा परेको पनि झन्डै बर्ष दिन भयो | अमेरिकामा बिना काम बर्ष दिन ? तिमि अनुमान गर्न सक्छौ होलि ? तर उसले अब छिट्टै जागिर पाउने छ र उत्तर पश्चिम तिर जाने | आफ्नो छोरीको मायाले गर्दा मात्रै यक्स वाईफसंग बसी रहेको कुनै पनि बेला उसको एक्सले उसलाई निस्केर जाऊ भन्न सक्छे |" तीखो संग नियालेर हेर्यो ग्रान्ड पाले उनको आँखामा |

हृतिका हेरेको हेरेकै भईन एकनास आनन्दलाई नियाली रहिन्| आनन्दले केहि पनि सुइँको पाएन | ग्रयाण्ड पा यति छिटो बेपत्ता भयो कि हृतिका साच्चै छक्क परिन्| त्यतिनै बेला आइस स्केटिंग गरि रहेकी एउटी सानी केटि बिजुलीको गतिमा उनीहरु बसेको नजिकै आईन् | आनन्द उठेर उनको नजिकै गयो | उनीहरु केहीबेर गफिए ति नानीले फेरी फर्किनु अघि हृतिकातिर आकर्षक ढंगले नियाल्दै आनन्दलाई सोधिन्

" इज सी योर न्यु गर्ल फ्रेन्ड ?"

" वि आर जस्ट गुड फ्रेन्ड सिंस मेनी  येअर्स !' आनन्द एक पल लाई रोकियो भन्यो

" द्याट्स भेरी ट्र्यु " हृतिका मन मनै बोलिन | ति नानी भने बिजुलीको गतिमा   अलिपर आफ्नो साथी भएतिर गईन  फर्किदा हातमा एउटा रातो गुलाफको फूलको गुच्छा लिएर आईन | उनले त्यो फूल आनन्द लाई दिँदै भनिन्

" प्रोपोज हर, इट्स भ्यालेनटाईन  डे "

अनि उनि फेरी साथीहरु भए तिर लागिन् | शायद उनीहरुले कुरा गर्ने अवसर पाउन भनेर होला | आनन्दले घडी हेर्दै सोध्यो  " तिमि कति बस्छौ ?"

" दुइ हप्ता जति " अनि उनले आफ्नो होटेलको कार्ड  आनन्द तिर बढाईन् |

" यो किन नि ? "

" जस्ट इन केस !"

आनन्द कार्ड हातमा लिएर एकोहोरियो शायद कल्पनामा द्वारिकाज पुग्यो | निक्कै बेर टोलायो |

" रोज !" हृतिकालेनै उसलाई झस्काई दिईन् |

अनि उसले गुलाफको फूल उनको हातमा दिएर भन्यो " ह्याप्पी भ्यालेंटाईन डे "

" ह्याप्पी भ्यालेंटाईन डेउनले पनि दोहोर्याईन टिठ लाग्दो नियालिन् आनन्दको आँखामा | उसले सकेन सामना गर्न अनि आँखा अन्तै मोड्यो |

"कति बर्षकी भई छोरी ? निक्कै चलाख होली जस्तो !" अन्जानमै फुस्कियो उनको ओठबाट | उसले केहि प्रतिक्रिया देखाएन उसको आँखाहरु अझै भागी रहे |

" ठिक , केहि बोल्दिन, तिम्रो मौनताले नै धेरै कुरा बोलिसक्यो |" यति के भनेकी थिईन् अनायास आनन्दको शिर मोडियो अडियो उसको आँखा हृतिकाको सुन्दर आँखाहरुमा नम्र बोल्यो " कृपया मलाई गलत नसम्झ | मैले जीवनमा धेरै भूलहरू गरेको छु, तिम्रो आँखामा सिधा हेर्ने साहस जुटाउदै थिएँ|"

"त्यो तिम्रो भुल थिएन, त्यो मेरो क्रोधको आगो थियो मैले कहिले पनि तिमीलाई दोषी ठानीनं |" निक्कै बलियो भएर भनिन् हृतिकाले |

आनन्द उनको आँखामा नियालेर टोलाई रह्यो | त्यतिनै बेला उसको छोरी त्यहाँ आइ पुगिन् स्केटिंगको जुत्ता मुनिको ब्लेडमा एउटा खोल राख्दै भनिन्

"इट्स टाईम टु गो होम ड्याडी  !"

" बेबी !" भन्दै आनन्द बसेको ठाउँ बाट जुरुक्कै उठ्यो |

"इज सी गोईँग विद अस ?" ति चन्चले नानीले फेरी प्रश्न गरिन |

" नो बेबी, बट आई विल सी यु सम अदर टाईम" एस पल्ट हृतिकाले भनिन |

" नो, यु विल नेभर सी हर अगेन " अचानक एउटा अर्कै आइमाइको कर्कस स्वर पो गुन्जियो | उनीहरु कोहि पनि यो स्थितिको लागि तैयार थिएनन् | ति गोरी महिलाले ति नानीको हात समातिन् आनन्दतिर हेरेर भनिन " यु क्यान कम सम अदर टाईम टु पिक अप योर स्टफ, ज्याक इज मुभिंग इन माई अपार्टमेन्ट !"

आनन्दले कुनै प्रतिक्रिया जनाउने अवसर नै पाएन | छोरी लिएर बाटो लागि | एउटा गजबको शुन्यता छायो वातारणमा |

" त्यसको नयाँ बोइफ्रेन्ड होला हैन ज्याक भनेको ?" सहज सोधिन् हृतिकाले आनन्दको आँखामा हेरेर | उसले स्वीकृतिमा टाउकोमात्र हल्लायो | अचानक ग्रान्ड पाले भनेका कुराहरु उनको मष्तिस्कमा झनन भयो | अन्जानमै गोजीभित्र भएको उसको कार्डलाई छाम्न पुगिन र भनिन् " के टाउको हल्लाएर बसी रहन्छौ, हिड मसंग | भोलीको बारेमा भोली नै सोचौला |" हृतिका जुरुक्कै उठिन, संगसंगै आनन्द पनि | उसको शिर रक फेलर टा झैँ सिधा आकातिर सोझिएको थियो | ति दुइ जोडी हात समातेर नेपालको झन्डा भएको ठाउँ पुगे | नजिकै हिडी रहेको एउटा आगन्तुकलाई आफ्नो डिजिटल क्यामेरा दिदै हृतिकाले भनि " वुड यु माइन्ड टु टेक पिक्चर अफ अस ?"

मजाको मान्छे रहेछ त्यो आगन्तुक, भ्यालेनटाईन डे को दिनमा पनि किन औँसी जस्तो अनुहार भनेर आनन्दलाई बेस्मारी झपार्यो स्माइल स्माइल भन्दै तस्बिरहरु लियो |

"नजिकै कतै नेपाली रेस्टुरेन्ट छैन ?"  हृतिकाले आनन्दको आँखामा मायालु नियालेर सोधिन्

" ज्याक्सन हाईट पुग्नु पर्छ, थकाली किचन जाने हो ?" आनन्दले पनि मन भित्रको आंधी हुरीको ट्राक चेन्ज गरेर प्रसन्न हुदै भन्यो | "फापरको ढेडो पाईन्छ ! "

दुवै गलल्ल यस्तरी हाँसेकि रिपरिका गगनचुम्बी महलहरु सबै डाहाले भुतुक्क भएर थुक निली रहेझै देखिए |

 

 

Comments

Sundar Joshi

धन्यवाद भैरब के सि ज्यु /  निक्कै अबेर गरे मैले धन्यवाद एउटा शब्द लेख्नलाइ पनि / तपाइको छोटो प्रतिक्रियाले मेरो हृदयमा निक्कै ठुलो ठाउँ ओगटेको छ / तपाई मात्र एकजना त्यस्तो पाठक हुनु भयो जसले यो कथाको प्रसंसा गरि लेखि दिनु भयो / भाबुक भय म, अनि उत्साहित पनि /

Bhairab KC

साह्रै मन पर्यो । फरक सैलीमा लेखिएको रहेछ मनै छुने खालको लेखकीय अनुभव रहेछ सरसंग।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |