हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दुवाली

विजयकुमार के.सी., (चित्लाङ,मकवानपुर)


लघुकथा:
    www.kingdumps.com  

पृथ्वी राजमार्ग बनेको पुगनपुग दुई दशक भएपछि सिम्टार गाउँमा बसीगरी खानेमेलो हराएका मनमाया र बलबिरको जोडी तल राजमार्ग झरे । तिनले जानेको शीप केहि थिएन । न आफन्त न Cisco 642-902 dumps   चिनजान । कुनै उद्योग गरि जोरजाम गरेको सात आठसय रुपैँया र पाँच बर्षकी छोरी ऊषा नै तिनको सबथोक थियो ।

 

मनमाया र बलबिरले फूर्के खोलाको किनारा छेऊमा झुपडिका लाईनमा एऊटा अर्को थपे र जीवनलाई राजमार्गमा चल्ने सयौं गाडीसँगै चलाउने सपना बुने । ऊनको चियानास्ता, खानापिनाको पसल सोचेजस्तो चल्न भने सकेन । मनमाया अब्बल दर्जाको 'कुक' थिईनन् र नमीठै पकाउने पनि होईनन् तर हुटेलको भीडमा आक्कल झुक्कल आऊनेको प्रतिक्रिया पनि राम्रो थिएन ।http://www.kingdumps.com   

 

'चियामा स्वादै छैन ।' रमाकान्त बाजेहरु भन्थे ।

'चाऊचाऊ हो की सिन्का पका'को?' बालुवाका दलाल कुर्लन्थे ।

 

'यस्तो भात खान अब चैं आईन्न ।' मनकामना माताको जय लेखिएका ट्रक चलाऊने ड्राईभर घुर्क्याउंथे ।

 

'कस्तो रक्सी यो; पानी मिसाको छ जस्तो ?' बिजुलीपानी खान आउने ठुस्कन्थे ।

 

आफ्नो हुटेल चल्न नसक्ने देखेपछि  CCIE 350-001 'साईड बिजनेस' थाले तिनले । बलबिर बालुवा धुने, मनमाया गिट्टि कुट्ने । जीवन त्यो समय काठमान्डु भक्तपुर चल्ने ट्रलीबस जस्तै भयो । फूकेखोलाको साक्षी बसेर ती दुईले धेरै दुःख र थौरै सुख काटे । मकालुको बस बनेर समय दौडिरह्यो । ति मर्न सकेनन्, न जीवन बाँचेजस्तो नै थियो ।

 

छोरी ऊषा चौधकी भई । नचले पनि तिनले हुटेल छाडेका थिएनन् । छोरीले पढे जस्तो गर्थी । आठ पास गरेर आमालाई चिया नास्तामा सघाउन थाली । CompTIA sy0-301 dumps  बिस्तारै मनमायाको हुटेल चल्न थाल्यो । जोईपोईले साईड बिजनेस पनि छाडे । ग्राहकहरु थपिए । सबैले सबै मीठा राम्रा देखे ।

रमाकान्त बाजेहरुले चिया मीठो माने ।

चाउचाऊ बेजोडको मानिन थालियो ।

भात खान आऊने गुरुजीका लर्को देखियो ।

अलिकति खाँदैमा रक्सीमा मात भेटियो ।


मनमायालाई यति मीठा खानेकुरा पकाउन सिपालु भन्दै सबैले सह्रनी गरे । उनलाई लाग्यो
'एउटा टीपर छिट्टै किन्नेछु अब ।'


टेष्टमा फेल भएपछि ऊषाले पढ्ने जाँगर देखाईन । माईक्रो चलाऊने एऊटा ठिटोसँग पिरेम थियो क्यार
, एकदिन भगायो उसले । मनमायाले ननिको मानिनन् । 'जाने जात गई' उनले यसै भनिन् । थपमा ऊनको हुटेल पनि दौडिन थालेको थियो ।


छोरी हिडेको पन्ध्रदिन नपुग्दै मनमायाका ग्राहक पातलिन थाले ।


रमाकान्त बाजेहरु फेरी कुर्लिए
, 'यस्तो पनि चिया?' 


मनमायाले बुझिनन्
, उहि चिनी-पत्ति, मर-मसला, चामल,Cisco CCNA 200-120 exam   भान्छे, शीप हुँदापनि ऊनले पकाएको नमीठो, मीठो र फेरि नमीठो किन भयो?

 

 

Comments

Avagi

Nice Sir ...
True story of highway....
mero maan choyo...

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |