हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीती-गजल

रमेश खकुरेल, (काठमाण्डौ )


झ्यालको एक खापा खुला राखुँला जूनको रश्मि जस्तै तिमी च्याउनू
फूलका पत्रले सेज बिच्छ्याउँला सेजकी राजरानी बनी आउनू ।
 
एउटा गीतको थालनी थालुँला कोइली कण्ठ खोली तिमी गाउनू
केमरा फूलको हार ली आउँला केशसज्जा बनाई तिमी लाउनू ।
 
चन्द्रमापट्टि फर्की चखेवा चरी विश्व बिर्सेर हेरीरहेझैं गरी
रूप तिम्रो निहारी म पूजा गरूँ प्रेमदेवी छरी प्रेम मुस्काउनू ।
 
नाम होस् मन्त्र अभ्यर्थना स्तोत्र होस् संझनै ध्यान होस् स्वप्न यो सत्य होस्
भेद सारा तिमीमा ममा मेटियोस् एक भै जिन्दगीमा तिमी छाउनू ।
 
भक्तिको शक्तिले तृप्तिको दीप्ति होस् मुक्ति चाहिन्न आनन्द यस्तै रहोस्
भेटिँदामा तिमी जे कुरा पाइयो अन्त यस्तो कहाँ के गरी पाउनु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |