हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

धर्काको बृहतताबाट !

दिवाकर स्वप्नील, (चारपाने-4 झापा ।)


जीवनका बृत्त र अर्धबृत्तमा

बाङ्गिदै र काटिदै

देशान्तर खप्टिएर अक्षांशमा -

कोण-कोण बनाउँछ धर्का !

 

रिडियस काटिएर अर्धबृतमा ,

मापन गर्छ जिन्दगीका स्केल से.मी र मि.मि मा !

सरल रेखा हुँदै क्यानभासमा

रेखैरेखा खप्टिएर

कैलै त्रिभुज कैले एकान्त कोण

र कैले दानव कैले मानवका आवरण ?

 

उफ्

ह्याङ ओभर साध्य र विलोममा

रेखाभित्र हराउँछ जीवन !

ओहो ! कति सहजै कोरिदिन्छ विश्व -

मेरो, तिम्रो, उनका

नाम र भिन्न कथाहरू !

 

हिजो खेलेका हौ सँगै -

आसपास, भाँडाकुटी, बेहुलाबेहुली !

त्यो सानो खुट्टो कोर्थ्यो

बालुवाको छातीमा-

किचन रुम ,सिटिङ रुम, बेड रुम र बाथ रुम !

मरुभूमिको छातीमा फुल्थ्यो सुन्दर जीवन ।

एकएक छिनमा बेहुली,

मीस र आमा धर्काभित्र!

बेहुला ड्राइभर अनि डाक्टर अटाउँथ्यो ।

 

भुलुक्क पानीको फोका झै

एक धर्को छालले फुस्स

धूमिल धूमिल धर्का !

एकैछिनमा बिलाउँथ्यो मरुभूमीबाट त्यो रोमान्स ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |