हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नारी रुप

बासु श्रेष्ठ, (भर्जिनिया)

उ एक हजुर आमा
नारीको एक रुप
दिनभर एकाग्र मनले
नाती स्याहार्दै
नुहाई दिई अनि
तेल लगाई दिई
घण्टा घण्टामा
नवजात शिशु नातीलाई
दुध खुवाई
र सुताई ।

तत्क्षण
सुत्केरी छोरीलाई
तेल लगाउँदै
समय समयको खानपिनमा ध्यान दिँदै
तिनको तालिकामा
सजग हुँदै निरन्तरता
दिई नै रहेकी छ अनवरत ।

कहिले पतिलाई के खाने भनेर सोद्धै
र आफुपनि खाँदै
त्यसैगरि
घरका अन्य सबै सदस्यको
स्याहार सम्भार गर्दै
कसैलाई भोकै नराखी
सबैको माग पुरा गर्दै
आजको दिनपनि पुरा गरेकी छे उसले र
रात बढ्न थालेपछि
भर्खर ओछ्यान पल्टिएकि छे ।

न मुहारमा कुनै थकाई
न गुनासो
अपितु
हाँसोले भरिएको
मुहारले
कहिले नातीलाई
कहिले छोरीलाई
भनौँ परिवारका सबै सदस्यप्रति
गर्नुपर्ने सबै कर्तव्य सम्झँदै
पुरा गर्दै
सबैलाई खुशी राखेकी छे
र अब ओछ्यानमा
श्रीमानको चाहना पुरा गर्न तत्पर छे ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |