हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गर्न बाँकी अझै छ की ?

शिव प्रकाश, (बोष्टन)


गर्नु गर्यौ इष्ट
मित्र गर्न बाँकी अझै छ की
?
झर्नु झर्यौ मान्छेबाट झर्न बाँकी अझै छ की
?

जता मल्के उतै ढल्के पल्के साथी पीपल पाते

चर्नु चर्यौ जुठोपुरो चर्न बाँकी अझै छ की ?

निष्ठाविष्टा मुछमाछ एकै गाँस एकै सास

भर्नु भर्यौ भकारोले भर्न बाँकी अझै छ की ?

लाजघिन पचे पछि स्वार्थ मात्र बचे पछि

हर्नु हर्यौ आफैंलाई हर्न बाँकी अझै छ की ?

शत्रुसित  बच्न सक्छौ  बच इष्टमित्रसित

छनु छर्यौ विषविज छर्न बाँकी अझै छ की ?

Comments

Chandra

Sir hajurko gajalle mero vitri hridhaya 6oyo

Dr.Surya Parajuli

Dear,
I go through your Gazal. Nice one..
Regards,
www.drsathi.blogspot.com

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |