भित्ता र म
मोहन कुमार खड्का \"हेड सर \", (काठमाण्डौं, नेपाल)
एक टक भित्तातिर हेर्छु ,
भित्ता म तिर हेर्छ |
म मौन छु |
भित्ता मौन छ |
केवल निशब्दको वादल छ |
म आफ्नो खाली खाली जिन्दगीदेखि निरास छु |
मलाई भित्ता पनि निरास झैं लाग्छ ,
किनकि
भित्तापनि त खाली छ |
भित्ता मलाई हेरी मुस्कुराउछ |
म उसलाई भित्ता हेरी मुस्कुराउछु |
ऊ भित्ता मेरो शृंगारदेखि कटाक्ष गर्दछ |
म पनि उसको शृंगारदेखि कटाक्ष गर्दछु |
ऊ मलाई हेरी मुस्कुराउछ |
म उसलाई हेरी मुस्कुराउछु |
भित्ता मेरो आँशु हाँसोमा मौन रहन्छ बरु
तर मान्छेहरुले जस्तै
कहिल्यै दुःख दिँदैन