हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कविता छैन कविसँग

शिव प्रकाश, (बोस्टन, अमेरिका )


सबैलाई थाह छ

सबै छ,

सबैलाई यो पनि थाह छ

ती सबैभित्र केही छैन,

छदैं छैन !

 

छैन तर छैनमा नै चलेको छ सबै

जस्तैदेश अथार्त छैनको पर्याय

छैन, छैन, छैन !

अधिकता छैनकै छ, व्यापकता छैनकै छ

सघनता छैनकै छ, साम्राज्य छैनकै छ

आहा ! छैन कति धेरै छ हामीसँग ?

मान्छेभित्र मान्छे नभए जस्तै,

देशभित्र देश नभए जस्तै !

 

छैनै छैन हुँदा पनि सबै छ

सबै भित्र कवि पनि छ

तर आज कविभित्र कविता छैन

दौडाइरहेछलम्बेतान शब्दहरुको जुलुस

शब्दहरुको भीडमा शब्द नै हुन्छन्

कविता हुदैन

थाह छैन कविलाई

भीडले कहिल्यै सही बाटो लिएको हुदैन

विम्बहिन छ कवि आज

दिशाहिन देश जस्तै !

 

के त्यो सत्य बोध कविलाई पनि भयो ?

अन्ततः केही छैन, शून्यताभित्र शून्य जस्तै !

 

(अश्रृंगार कविता अभियान)

अक्टुबर १०, २०१२

Comments

navin aryal

awesome...lines sir....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |