हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बिर्सन्छ कसरी ?

शिव प्रकाश, (बोष्टन)

विर्सेर फेरि सम्झियो आज बिर्सन्छ कसरी ?
लुकाइ काँडा फुल्दछ फूल देखिन्छ कसरी
?

चिनिन्छ जब मान्छेको मन लाग्दैन सम्झन

फुटे झैं फोका फुट्दछ भाग्य लेखिन्छ कसरी ?

उपहार एउटै  दिएर जान्छ अन्ततः मान्छेले

सौगात भनी घात नै आखिर खै दिन्छ कसरी ?

चोरको बैरी चन्द्रमा भयो के दोष जुनको

शत्रु नै मित्रु,  मित्रु नै शत्रु चिनिन्छ कसरी ?

बस्दैन चरी रूखमा रित्तो फलको आसले

डडेलो लाग्या वनमा मृग भेटिन्छ कसरी ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |