हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

राजीव रिमाल, ( )

स्वाभिमान बेचेर,विरासत बेचेर ।
बर्तमान बांच्दैछ विगत बेचेर ।

पसिनाको मुल्य नपाएपछि ,
पाल्दैछ पेट उ रगत बेचेर ।

दश नङ्ग्रा खियाउन नसकेर उसले,
हिंड्दैछ शहरमा इज्जत बेचेर ।

राजधानीमा कसैले महल किन्दैछ,
जुम्ला र मुगुको हालत बेचेर ।

रातारात भ्रष्टाचारी जेलमुक्त भयो,
फैसला उल्टाएछ अदालत बेचेर ।

त्यागेछ उसले यो देशको नागरिकता,
करोडमा आफ्नो दस्तखत बेचेर ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |