हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

काव्यात्मक विकासको उदाहरणीय शुरुवात कोठ गोष्ठी

गोबिन्दसिंह रावत, पीएच.डी, (क्यानाडा)

(....भर्जिनियाका साहित्यकार मित्रहरुले शुरु गर्नु भएको गोष्ठी माथि उल्लेखित गोष्ठीहरु भन्दा एकदमै पृथक ठोस रहेको यो पात्रोमा अङ्कित कुनै पर्व जस्तै प्रत्येक दुई महिनाको अन्तरालमा मनाउने साहित्यको काव्यात्मक पर्व  बन्दै गएको अझ कोक गोष्ठीले प्रारम्भदेखि आठौं गोष्ठीसम्मका कविताहरुको संकलन वासिङ्टनका काव्य सुसेलीको नामबाट प्रकाशित गराएर कोक गोष्ठी परम्पराको अठोट, निरन्तरता  साहित्यिक प्रतिबद्धता रहेको प्रमाणित गरेको ।.... )

 

विषय प्रवेश:

नेपाली साहित्यको विकासमा नेपालबाहिरका साहित्यकारहरु सदैव अग्रपंक्तीमा रहदै आएको कुरालाई नकार्न सकिदैन प्रवासी नेपाली साहित्यले नेपाली साहित्यको एउटा पक्षको प्रतिनिधित्व प्रारम्भदेखिनै गर्दै आएको गरीनै रहने भन्दा अत्युशक्ती नहोला त्यसको पछिल्लो उदाहरण बनेको   अमेरिकाको भर्जिनियाको कोठे कविता गोष्ठी अर्थात कोक गोष्ठी विगत डिसेम्बर २०१० देखि शुरु गरिएको कोक गोष्ठी  प्रत्येक दुई महिनाको अन्तरालमा भेला हुने गर्दछ दुइ महिनाभित्र सिर्जिएका रचनाहरुले कोक गोष्ठीमा वाचनको वातावरण पाउँछ साहित्यिक सिर्जनाको यो प्रक्रिया प्रेरणादायी यसको सिको गरेर अन्यत्र पनि परम्पराले नियमितता पाउँदै गए नेपालबाहिरको नेपाली साहित्यले बेग्लै पहिचान पाउने विश्वास लिन सकिन्छ

भनिन्छ युवाकवि मोतीराम भट्टले काव्य गोष्ठीको थालनी गराएर मोती मण्डलीको नामबाट संस्था नै बनेको थियो कविता वाचनले निरन्तरता पाउनका लागि शुरु गरिएको कवि गोष्ठी परम्पराको थालनी राजामहाराजाको पालादेखि नै चल्दैआएको कालीदासबाट लिएर सुवानन्द वाणासम्मको इतिहासलाई पल्टाएर हे¥यौं भने यी महाकविहरुका कवितावाणीबाट प्रभावित राजदरवारमा सम्मानित कविका रुपमा परिचित थिए भने लोकमा विशिष्ट स्थान पाएका थिए प्रत्येक साहित्यिक जमघटमा कवि गोष्ठीको अनिवार्यताले पनि कविताको मूल्य सर्वोत्तम रहेको प्रमाणित गर्दछ साहित्यका अन्य विधाहरु कथा, उपन्यास, निबन्ध वा नाटकको दाँजोमा सशक्त विधा मानिएको कविताको प्रत्येक अक्षरले वाक्यले बोकेको अर्थ दिने गरेको हुन्छ अतिखेर मलाई साहित्य लेखनप्रति रुचि जाग्रित पार्न अहम भुमिका खेलेको भारत, शिलाङ्गको मैले पढेको विद्यालयमा तुलसीदास भानुभक्तको जन्म दिवस्मा हुने कवि गोष्ठी, मित्र मण्डलीले आयोजना गर्ने कवि गोष्ठी, माई पुजामा कविता सुन्ने सुनाउने परम्परा, त्रिविवि, कान्तीपुर छात्रावासको साहित्यिक समितिबाट आयोजना गरिने कवि गोष्ठी, साहित्यिक पत्रकार संघ सिसासका गोष्ठीहरुको सम्झना आईरहेको मलाई साहित्यप्रति डो¥याउने लेखनलाई शसक्त बनाउन यी गोष्ठीहरुको महत्वपुर्ण भूमीका रहेको यसरी नै काठमाडौंमा चलेको पलेटी गोष्ठी एकल कविता वाचनले पनि कवि गोष्ठी परम्पराको विस्तार गराउनमा ठोस भूमीका खेलेको यस्तै कोठे कविता गोष्ठीको थालनी क्यानाडा आगमनपछि २००४ को वसन्त पञ्चमीका दिन यहाँ पनि शुरु गरेका थियौं तर यस्ता गोष्ठी विशेष अवसरमा हुने गरेकोले भर्जिनियाका साहित्यकार मित्रहरुले शुरु गर्नु भएको गोष्ठी माथि उल्लेखित गोष्ठीहरु भन्दा एकदमै पृथक ठोस रहेको यो पात्रोमा अङ्कित कुनै पर्व जस्तै प्रत्येक दुई महिनाको अन्तरालमा मनाउने साहित्यको काव्यात्मक पर्व  बन्दै गएको अझ कोक गोष्ठीले प्रारम्भदेखि आठौं गोष्ठीसम्मका कविताहरुको संकलन वासिङ्टनका काव्य सुसेलीको नामबाट प्रकाशित गराएर कोक गोष्ठी परम्पराको अठोट, निरन्तरता  साहित्यिक प्रतिबद्धता रहेको प्रमाणित गरेको

 

सहभागिता:

 

यस्तै कोक गोष्ठीको एघारौं शृंखलामा गत अगस्त २६, २०१२  का दिन सहभागी बन्ने मौकाका साथै कविता वाचन गर्न तथा त्यहाँ वाचित कविताहरुका बारेमा समीक्षात्मक टिप्पणी गर्ने मौका पाएकोले यो लेख जन्मियो   गोष्ठीका सदस्य बसन्त श्रेष्ठको स्प्रीङ्गफिल्ड भर्जिनिया स्थित घरमा आयोजित एघारौं कोक गोष्ठीमा  वसन्त श्रेष्ठ, प्रकाश नेपाल, कपिल सिटौला, गोपाल रेग्मी, हेमन्त श्रेष्ठ, गोविन्द गिरि प्रेरणा, रमा सिंह (भूपु समाचार वाचिका­नेपाल टेलिभिजन­अतिथि), शरद निरोला, मोहन जोशी, होमनाथ सुबेदी, मंजु निरोला (अतिथि), नारायण अधिकारी, सुदिपभद्र खनाल तथा बासु श्रेष्ठ, डा. गोविन्दसिंह रावत (अतिथिक्यानाडाबाट) नेपालबाट आउनु भएका साहित्यकार गोकर्ण खड्काले आआप्mनो कविता वाचन गरेका थिए   दुई चरणमा वाचित कविताहरु अर्थात एकजना कविले दुईवटा कविता वाचन गर्ने मौका पाएका थिए तर मैले यहाँ पहिलो चरणमा वाचित कविताहरुलाई मात्र आप्mनो समीक्षात्मक टिप्पणीमा राखेको छु

 

समीक्षात्मक टिप्पणी:

 

यस पटकको गोष्ठी भर्जिनियामा आयोजना भए तापनि यसलाई नेपालबाहिरको नेपाली काव्य गोष्ठी भन्न रुचाउँछु यसमा नेपालबाट भर्खर बाहिरिएका गोकर्ण खड्का हुनु हुन्थ्यो टोरोन्टोबाट त्यहाँ पुगेको थिए उक्त कोक गोष्ठीमा १६ जना कविहरुबाट जम्माजम्मी १६ वटा कविताहरु वाचन  भएका थिए हुन कविताअघि केही कविहरुले आप्mना मुक्तक सुनाएर समयको सदुपयोग पनि राम्ररी गरेका थिए कविता वाचनको थालनी एघारौं कोक गोष्ठीका आयोजक वसन्च श्रेष्ठको खबरहरुकविताबाट भएको थियो महिलामा समर्पित यस कवितामा कवि वसन्तको खबरको सकारात्मक नकारात्मक पक्षमाथि आप्mना विचारहरु राख्दै आजको विश्वको वास्तविक तस्वीर उतार्ने प्रयास गरेका छन् राम्रो खबरको प्रतीक्षामा हामी सदैव रहने गरेको तर खबरहरुले हामीलाई निराशा दिदै आएको प्रतीकात्मक अनुभूतिहरु वसन्तका कवितामा मुखारित भएको महिलामा समर्पित भनेर शुरु गरिएको कवितामा वसन्तले महिलाप्रति आप्mनो सहानुभूति देखाउँदै खबरका माध्यमबाट महिला अधिकारको प्रतीकात्मक बकालत समेत गरेका छन् मार्मिक संवेद्य अभिव्यक्ती पोखेर महिला अधिकार समानताका लागि वसन्तले कवितात्मक आवाज उठाएका छन् अर्का कवि प्रकाश नेपालले मुक्तकबाट आप्mना अभिव्यक्ती शुरु गर्दै बुद्ध एकहुल मान्छेहरुकविताका माध्यमबाट नेपालको वर्तमान अवस्थाको वास्तविक तस्वीर देखाउने प्रयास गरेका छन् कवि नेपालले आजको अराजकताले भरिएको परिस्थितिको कुराहरु गर्दै बुद्ध अर्थात शान्तीको खाँचो रहेको वास्तविकता पहिल्याउने प्रयास गरेको देखिन्छ उनको कवितामा मान्छेहरुनै बुद्धको प्रतीकका रुपमा आएका छन् भने मानिसहरुले बुद्धको शान्ती विर्सदै गएकोमा गुनासो गरेका छन् देश प्रेमका भावनाहरुलाई शब्दमा समेटेर लेखिएका उनका कवितामा मानव जीवनका सही गलत पाटाहरु प्रतिविम्वित भएको पाइन्छ अर्का कवि कपिल सिटौंलाले आप्mनै जन्म दिनको उपलक्ष्यमाशीर्षकको निजात्मक कविताका माध्यमबाट आप्mनो तीनबिसे हिउँदो विताएका जीवनका महत्वपुर्ण पलहरुको संस्मरण गर्दे आप्mना अतीतमा परिवारजनबाट  पाएका सहयोग आप्mनो निरोगी जीवनप्रति परिवारलाई कवितात्मक अभिवादन गरेका छन् जन्मदिनको उपलक्ष्यमा निजात्मक शैलीमा लेखिएको यस कविताका माध्यमबाट कवि सिटौलाले मानिसको नश्वर जीवनको राम्ररी मूल्याङ्कन गर्दै छोटो जीवनमा मीठो व्यवहार गर्दै बाँच्ने प्रेरणात्मक विचार समेत अभिव्यक्त गरेका छन् हार्दिकतालाई आप्mना कविताको माध्यम बनाउने कवि सिटौलाको कवितामा कोमलता पाइन्छ मुक्तकबाट आप्mना काव्यात्मक प्रस्तुति पस्कने अर्का कवि गोपाल रेग्मीको असार पन्ध्र कवितामा असार १५  श्रमको प्रतीकका रुपमा आएको कविले असार १५ नेपाली श्रमजीविहरुका लागि खुशीको क्षण बनेर आउने गरेकोले यसलाई श्रमको चाडका रुपमा लिएका छन् तर वर्तमान अवस्थामा राष्ट्रमा फैलिएको अराजकताको बाली काट्ने असार १५ को प्रतीक्षारत् कवि रेग्मी असारले ल्याएको खुशियालीको चर्चा गर्दै मुलुकमा फैलिदै गएको जातीवादी राजनीतिका कारण हाम्रो परम्परागत संस्कृतिमाथि नै प्रहार हुँदै गएको प्रतीकात्मक आभास पनि अभिव्यक्त गरेका छन् विचारको अभिव्यक्ति रहेको रेग्मीका कविताले असार १५ मा जस्तै हामी सबै मिलेर उत्सव मनाउने परम्परालाई निरन्तरता दिदै जानु पर्ने मित्रताको सन्देश दिएका छन् रोमानी विचारका प्रवर्तक कवि रेग्मीका कवितामा माया प्रीतिका भावहरुबाट मानव जीवनलाई पहिल्याउने  प्रयास गरेको पाइन्छ अर्का कवि एवम् पत्रकार गोविन्द गिरी प्रेरणाको लज्जित आग्रहकविताले प्रवासिएका नेपालीहरुको भावनालाई समेट्दै विवशताका कारण देशवासी परदेश लाग्ने गरेको वास्तविकता देखाउँदै देशमा चलेको जनयुद्ध  त्यसबाट शुरु भएको अस्थिरतालाई नेपथ्यमा राखेर राष्ट्र राष्ट्रियतामाथि पर्दै गएको प्रभावलाई  काव्यात्मक शैलीमा वर्णन गरेका छन् व्यंग्य कविता सिर्जनामा आप्mनो वेग्लै स्थान बनाउन सफल कवि हेमन्त श्रेष्ठको वीर खुम प्रकाश वाग्ले जिन्दावाद  राजनीतिक व्यंग्य भएको कविता हो   कवि हेमन्तका अनुसार धेरैअघि लेखिएको अर्थात कविताको शीर्षकमा लुकेका तीन राजनैतिक व्यक्तित्वहरुको जगजगी रहेको बेला प्रस्तुत कविताको सिर्जना भएको आभास हुन्छ वर्तमानमा ती नै कवितामा आएका राजनीतिक पात्रहरु भ्रष्टाचारमा परेर छापाहरुमा फैलिएका छन् व्यंग्य विद्रोह समानान्तर रुपबाट छचल्किएको यस कविताका माध्यमबाट कवि श्रेष्ठले प्रजातन्त्रको आगमनपछि नेतृत्व वर्गमा देखापरेको भ्रष्ट प्रवृतिमाथि सटिक व्यंग्य गरेका छन् प्रजातन्त्रपछि उत्पन्न अराजकता, भ्रष्टाचार अनुशासनहीन नीतिले गर्दा नागरिक अधिकार हनन् हुँदै गएको चर्चा उनले आप्mना कवितामा गरेको पाइन्छ साथै यसको विरोधमा विद्रोहात्मक अभिव्यक्तिबाट नागरिक अधिकारप्रति नागरिक आफै नै सचेत हुनु पर्ने विचार पोखेका छन् कविका विचारमा आजको अवस्थाको कारण नागरिकको मौनता रहेकोले त्यसलाई निम्त्याउने दोष पनि नागरिक आफै भएकोमा व्यंग्य गर्दै नागरिकबाटै समाधान हुने आशावादी अभिव्यक्ति दिएका छन्

 

पेशाले समाचार वाचिका भए तापनि शब्द शक्तिमा विश्वास राख्ने आफ्ना भावनाहरुलाई काव्यमा अभिव्यक्त गर्ने कवियत्री रमा सिंहको शीर्षक बिनाको कवितामा विद्रोहात्मक स्वर पाइन्छ राष्ट्रप्रतिको आस्थामा केन्द्रित उनका कविताले देशको वर्तमान स्थितिको चर्चा गर्दै अहिलेका भ्रष्ट नेताहरुलाई त्यसको कारक तत्व बनाएका छन् उनले इतिहासका पुरुषहरुको सम्झना गर्दै नयाँ नेपाल निर्माणका लागि असल नेताको खाँचो पहिल्याएका छन् राष्ट्र, राष्ट्रियता राष्ट्रवासीप्रति आस्था नभएका स्वार्थी नेताहरुप्रति मीठो काव्यात्मक व्यंग्य गरेका छन् त्यस्तै अर्का कवि शरद निरौंलाले केही कलकलाउँदा टुक्राहरुका माध्यमबाट गोष्ठीलाई नै रोमानी बनाईदिनु भएको थियो उनका विभिन्न समसामयिक हाँस्यव्यंग्यात्मक टुक्राहरुमा कुनैमा माया प्रितीका चाहनाहरु मुखरित भएका थिए भने कुनै राष्ट्रिय भावनाले ओतप्रोत भएको थियो, कतै प्रेमका मीठो चुट्काहरु पाइन्थ्यो भने कतै अराजकताप्रतिको व्यंग्य पाइन्थ्यो आप्mना अभिव्यक्तिलाई कलात्मक शैलीमा रङ्ग्याउन सिपालु कवि निरौलाका टुक्राहरुमा सामाजिक एवम् राजनैतिक विकृतिप्रतिको व्यंग्य पाइन्छ अर्का कवि डा. मोहन जोशीको एकदिन पहाड चढ्दै थिएँकवितामा कविको जीवनलाई हेर्ने द्दष्टिकोण प्रष्फुटित भएको प्रस्तुत कवितामा कवि आशावादी भएर मानिसका सकारात्मक नकारात्मक विचारलाई पस्कँदै त्यसको समाधानका उपायहरु पनि पहिल्याउँदै गएका छन् भाव विचारलाई संयमित पार्दै  सरल ह्दयस्पर्शी शैलीका माध्यमबाट कोरिएको उनका कवितामा कविको जीवनप्रतिको गहिरो चिन्तन अभिव्यक्त भएको देखिन्छ

अर्का कवि साहित्यकार होमनाथ सुवेदीको शीर्षक सहीतको गजल गाईमा मानवीय व्यंग्य अभिव्यक्त भएको पाइन्छ परोपकारवादी पशुका रुपमा आएको गाईको उदारताको वयान गर्दै कविले प्रतीकात्मक रुपमा गाईको अलिकति पनि प्रभाव मानिसमा आइदिएको भए सोचाई आचरणमा परिवर्तन आउन सक्ने व्यंग्यात्मक संकेत समेत दिएका छन् गजलको भाव गजलकारको विचारको समन्वयवले गर्दा प्रस्तुत गजल आजको स्वार्थीमय बन्दै गएको समाजप्रतिको तीखो काव्यात्मक प्रहार हो उनले प्राणी वर्गमा पर्ने पशु मानवबीचको विभन्नतालाई परोपकारी कसीबाट नियाल्दै मानवलाई पशुवर्ती गुण पाउन नसकेकोमा पछुतोका व्यंग्यात्मक भाव प्रकट गरेका छन् अर्का कवियत्री मञ्जु निरौंलाको सालिक ढलेपछिकविता देशमा देखापरेको अराजकताको प्रतीकका रुपमा आएको प्रजातन्त्रको आगमनसँगै इतिहासको प्रतीक बनेका सालिकहरुलाई भत्काउने प्रवृतिमाथि सामाजिक व्यंग्य कसिएको प्रस्तुत कवितामा सालिकहरु प्रतीकका रुपमा आएका छन् राष्ट्रको जीर्ण अवस्थाप्रति सचेत कवियत्रीले आप्mना कवितामा जनताको दयनीय अवस्थाको चर्चा गर्दै विद्रोहका भावहरुलाई वाणी दिनु भएको अर्का कवि नारायण अधिकारीको हाईकुले नयाँ शैली अख्तियार गर्न खोजेको देखिन्छ यौनाभिव्यक्ती भएका उनका हाईकुयात्मक कविताले हाईकु परम्परामाथि नै अभिव्यक्तियात्मक विद्रोह गरेर आप्mना सबै हाईकुलाई एउटा कथात्मक सुत्रमा बाँधेका छन् सौन्दर्यका प्रसंशक कवि अधिकारीका हाइकुहरुले प्रणयको लामो राग अल्पेको पाइन्छ

 

कवि सुदिपभद्र खनालले आफ्नो खण्डकाव्यबाट केही अंशहरु सुनाउनु भएको थियो शार्दुलविक्रित छन्दमा प्रस्तुत गरिएका काव्याशंमा कविले सामाजिक असमानतामाथि तिब्र व्यंग्य गर्दै मानिसलाई कर्तब्य बोधको बाटो देखाउने प्रयास गर्नु भएको शास्त्रीय छन्दका सफल प्रयोक्ता कवि खनालले मानवीय चेतना ह्रास हुँदै गएकोमा चिन्ता प्रकट गर्दै सबैलाई कर्तब्य बोध गराउने प्रयास गरेको देखिन्छ अर्का कवि तथा गोष्ठीका संयोजक वासु श्रेष्ठको तृष्णाका मौन छालहरु  प्राकृतिक कविताका रुपमा प्रस्तुत भएको कविले मानवीय ईच्छाका छालहरुलाई प्रकृतिको प्रतीकका रुपमा प्रस्तुत गर्दै मानव प्रकृतिबीच रहेको तादात्मकता देखाउने प्रयास गरेका छन् यस कवितामा विद्रोहका हुँकार संगसंगै समसामयिक राष्ट्रिय समस्यालाई मुखारित गरेको पाइन्छ नेपालबाट भ्रमण आउनु भएका आगन्तुक कवि गोकर्ण खड्काको बादल एउटा यथार्थ विद्रोह होप्रतीकात्मक कविताको रुपमा देखापरेको कविले यस कवितामा वादललाई जनताको प्रतीकका रुपमा उभ्याएर उनीहरुको हुँकारको सटीक वर्णन गर्नु भएको विद्रोहात्मक शैलीमा लेखिएको प्रस्तुत कवितामा राष्ट्रियता छचल्किउको पाइन्छ अन्तमा मेरो आप्mनै कविता पद संस्कारले परापूर्वकालदेखि नै  चल्दै आएको पद संस्कृतिमाथि तीखो व्यंग्य गर्दै पद प्रवृतिमा लागेका हामीहरु विदेशिएर जहाँ पुगे पनि पदका लागी लड्ने पदकै लागि काम गर्ने मानवीय प्रवृतिमाथि व्यंग्य गरिएको कविता हो

 

निष्कर्ष:

 

समष्टिमा भन्नु पर्दा उक्त कोक गोष्ठीमा वाचन गरिएका १६ वटा कविताहरुमा बढी राष्ट्रिय भावनाहरु मुखरित भएका छन् भने त्यसपछि नेपालको राजनैतिक अवस्थाप्रति चिन्तित भएर लेखिएका कविताहरु देखापरेका छन् त्यसैको समकक्षमा नेतृत्व वर्गमा देखापरेको स्वार्थपूर्ण प्रवृति, विकृति, विसङ्गति त्यसबाट उब्जेको पलायन नीतिमाथि कविताहरु केन्द्रित रहेको पाइन्छ शास्त्रीय छन्द, हार्दिकता, कोमलता, सरलता, प्राकृतिक सोच नेपालबाहिर बसेर भोग्नु परेका तीतामीठा क्षणहरु कविताको पृष्ठभूमि बनेको कतै देशभक्ती छचल्किएको भने कतै राष्ट्रप्रतिको चिन्ता पोखिएको देखिन्छ

 

आज नेपाली साहित्य लेखनमा नीत नयाँ प्रयोगहरुलाई समातेर नयाँ सर्जक जन्मिरहेका छन् नेपालबाहिरको नेपाली साहित्यलाई सही मुल्याङ्कन गर्ने कसीको कमीले गर्दा नेपाली पाठ्यक्रमबाट पनि धेरैनै नेपालबाहिरका सच्चा कलमवीरहरु बञ्चित हुनु परेका छन् दुई महिनामा एकपटक गरिने अमेरिकाको एउटा प्रान्तको एउटा शहरमा भएको गोष्ठीको उत्पादनले नै यहाँका स्रष्टाको विशेषताको परिचय दिन सक्छ भने अन्यत्र भएका गोष्ठीको पनि सही मुल्याङ्कन हुन सके नेपालबाहिरको नेपाली साहित्यको सही अर्थमा सम्मान हुने थियो तर आर्थिक लाभका लागि  प्रशंसाका हरफहरु लेखेर साधारण लेखकलाई वरिष्ठ साहित्यकारको पगरी लगाई दिने भाडाका समालोचकहरुको स्वार्थले गर्दा नेपालबाहिरका स्थापित साहित्यकारहरुको सही अर्थमा मूल्याङ्कन हुन सकेको छैन भन्दा अत्युक्ति नहोला  

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |