हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

शान्ति लामा, (काभ्रे)


थिएन र मन कहाँ, हजुरको सानी बन्न
तर आँखा ज्योतिविहीन, हजुरको सानी बन्न

यही एउटा जवानी हो, श्रीसम्पत्ति केही छैन
बेचिदिन्छु यसलाई पनि, हजुर छेऊ दानी बन्न

तिर्खाएको नदीजस्तै, सागर भेट्न कुदिहाल्यौ
छेऊकै रुखो बगर समान, सकिनँ म पानी बन्न

आउनेछु म युगौंयुगसम्म साथ दिने गरी
बोलाउँछौ यदि भने, त्यही दिलकी रानी बन्न

मुटु झिकी माया दिए, तिमी साँच्चै ‘मदन’ मेरो
खान्छु कसम ‘मुना’ जस्तै, समर्पणकी खानी बन्न

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |