गजल
निकुञ्ज तिवारी, (सउल, दक्षिण कोरिया)
मेरो देशको हाँसो आज आँसुमा अनुवाद भएको छ
माटोको महिमामा पथ्थर पग्लिदै पग्लिदै रोएको छ ।
भोका नाङगा वस्तीभित्र आतङ्कित भूत नचाउदै
हिंसाको पहाडले आज सगरमाथा छोएको छ ।
शान्त, समृद्ध र सुन्दर स्वाभिमानी मेरो देश
लथालिङग, भताभूङग जताततै खलवलिएको छ ।
विकृति, विसङ्गती र अत्याचारले सिमा नाघ्दा
देश छाडि सिंगो समाज जिउन परदेश गएको छ ।
सभ्यताको विकाससंगै विश्व आज कहाँ पुग्यो
खै, कसलाई के था’ यो राष्ट्र के मा अल्झिएको छ ।
Comments
ashafalgautam
समय सान्दर्भीक गजलको लागि धन्यवाद निकुञ्ज जि राम्रो छ