खै म कसको लागी बांचेको छु ?
दिपक पुडासैनी, (डांछी २ काठमाण्डौ, हाल: दोहा,कतार)
स्वास चलिरहेको छ बांचेकै छु जस्तो लाग्छ
आफनो जिबन आफैलाई मुल्य बिहिन सस्तो लाग्छ ।
सेवा गर्नुपर्ने मैले मातृभुमी जननी को
आफनो रगत बिदेशीलाई सुम्पीसकेँ जस्तो लाग्छ ।
उमेर छ जवानी छ एक्लो जिबन परदेशमा
जोस जांगर बिदेशीलाई अर्पीसकँे जस्तो लाग्छ ।
मायां गर्छु तिमीलाई भनी संगीनीलाई छोडी आएं
बिश्वास दिई घात मैले गरिसकेँ जस्तो लाग्छ ।
सुख तिमीलाई दिन्छु भनि छोरा छोरी छोडी हिँडेँ
टुहुरा झैँ अनाथ बनि हिडिसके जस्तो लाग्छ ।
युवाजोस जवानीलाई देशको निम्ती पोख्न पाईनँ
माया खोज्ने सन्तानलाइ माया दिई बोक्न पाईनँ
आंशु झार्दै आंगन कुर्ने संगिनी छिन घरमा मेरी
मायां गर्दै काखमा लिई उनको आंशु रोक्न पाईनँ ।
कमाइ केहि भयो होला दुई, चार पैसा परदेशको
साथीभाई गुमाइ सके मैले आफनो घर देशको ।
अझै पनि आफुलाई बिदेशमा नै साँचेको छु
थाहा छैन खै म कसकोलागी आफु बांचेको छु ?