हालसालैका लेखहरु : नानीहरू कता गैरहेछन्?,(दीपक जडित) तिम्रो जन्मदिनमा,(नर बहादुर दाहाल) डायस्पोरा र नेपाली डायस्पोराको परिवेश,(डा. खगेन्द्र लुइंटेल) उमेर,(नीरा शर्मा) गजल,(रमेश खकुरेल) क्रोध,(विनोद खड्का) तिर्खा,(दीपक जडित) सधै बाचोस मेरो जन्मथात,(लक्ष्मीदत्त भट्ट सत्यप्रेमी ) गिनिज बुकमा मेरो माया,(कृष्ण कटेल) पाँच बिउ-कथा,(विजयकुमार के.सी.)

खै म कसको लागी बांचेको छु ?

दिपक पुडासैनी, (डांछी २ काठमाण्डौ, हाल: दोहा,कतार)

स्वास चलिरहेको छ बांचेकै छु जस्तो लाग्छ
आफनो जिबन आफैलाई मुल्य बिहिन सस्तो लाग्छ  ।

सेवा गर्नुपर्ने मैले मातृभुमी जननी को
आफनो रगत बिदेशीलाई सुम्पीसकेँ जस्तो लाग्छ  ।

उमेर छ जवानी छ एक्लो जिबन परदेशमा
जोस जांगर बिदेशीलाई अर्पीसकँे जस्तो लाग्छ  ।

मायां गर्छु तिमीलाई भनी संगीनीलाई छोडी आएं
बिश्वास दिई घात मैले गरिसकेँ जस्तो लाग्छ  ।

सुख तिमीलाई दिन्छु भनि छोरा छोरी छोडी हिँडेँ
टुहुरा झैँ अनाथ बनि हिडिसके जस्तो लाग्छ  ।

युवाजोस जवानीलाई देशको निम्ती पोख्न पाईनँ
माया खोज्ने सन्तानलाइ माया दिई बोक्न पाईनँ

आंशु झार्दै आंगन कुर्ने संगिनी छिन घरमा मेरी
मायां गर्दै काखमा लिई उनको आंशु रोक्न पाईनँ  ।

कमाइ केहि भयो होला दुई, चार पैसा परदेशको
साथीभाई गुमाइ सके मैले आफनो घर देशको  ।

अझै पनि आफुलाई बिदेशमा नै साँचेको छु
थाहा छैन खै म कसकोलागी आफु बांचेको छु  ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |