हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

छेकेर छेकिन्न

रजनी श्रेष्ठ , (भर्जिनीया )

छेकेर छेकिन्न

कालो बादलको घुम्टोले

सुर्यको उज्यालोपन

छरी रहन्छ बादलको ओरिपरि

सेतो किरणका लहरहरु

आभास दिएर सुर्यको |

 

कोल्टा भित्र निराशाको

जन्मिन्छ आसका क्षितिजहरु

मानौ दुखको आंधी भित्र 

लिएर संकेत सुखको

हुन्छ प्रत्यागम

रात पछि दिनको

नियम हो यो प्रकृतिको

केबल खाँचो छ धैर्यताको

समयको गति भित्र 

हट्नै पर्छ त्यो कालो बादल

बेगसंगै हावाको 

निश्चित छ परिवर्तन

 

समयको बहावभित्र

हिजो आज भोलि बनेर

पतझरमा नांगिएका रुखहरु

लिएर नयाँ अभिलाषा पालुवाहरुको

बसिदिन्छ प्रतिक्षामा

सोचेर आगमन बसन्तको

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |