हालसालैका लेखहरु : सयको तीनजोर,(कृष्ण कटेल) गजल,(राजु मुखिया \'दर्पण\') पर्खाइमा,(नीरा शर्मा) मृत्युछाया,(शिव प्रकाश) आजभोली,(कृष्ण कटेल) प्रेमिल चाह,(नीरा शर्मा) आधा घैँटो पानी ,(हरि पौडेल ) च्यातिदेउ सबै,(बासु श्रेष्ठ) गजल,(दीपक जडित) गज़ल,(कोमल भट्ट)

छेकेर छेकिन्न

रजनी श्रेष्ठ , (भर्जिनीया )

छेकेर छेकिन्न

कालो बादलको घुम्टोले

सुर्यको उज्यालोपन

छरी रहन्छ बादलको ओरिपरि

सेतो किरणका लहरहरु

आभास दिएर सुर्यको |

 

कोल्टा भित्र निराशाको

जन्मिन्छ आसका क्षितिजहरु

मानौ दुखको आंधी भित्र 

लिएर संकेत सुखको

हुन्छ प्रत्यागम

रात पछि दिनको

नियम हो यो प्रकृतिको

केबल खाँचो छ धैर्यताको

समयको गति भित्र 

हट्नै पर्छ त्यो कालो बादल

बेगसंगै हावाको 

निश्चित छ परिवर्तन

 

समयको बहावभित्र

हिजो आज भोलि बनेर

पतझरमा नांगिएका रुखहरु

लिएर नयाँ अभिलाषा पालुवाहरुको

बसिदिन्छ प्रतिक्षामा

सोचेर आगमन बसन्तको

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |