हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल: बोरा पनि छ

दीपक जडित , (हवाई, अमेरिका )

 

धेरै सपनाहरु मसँग कोरा पनि छ ।
केहि सपनाको लिखित ब्यहोरा पनि छ ।

नौनी उसैको सपना मथेर निस्कनेछ,
जसको मधानीमा असल पोरा पनि छ ।

मेरा शेरहरु सजिलै 'वाह' लुट्न थाले,
'क्या बात' भन्न छेउमा मेरै छोरा पनि छ ।

निक्कै भयो सागर छेउ घर बनाएको,
अचेल साथमा एउटा अम्खोरा पनि छ ।

मुखै फोर्यो उसले, 'खै त शेर ए जडित ?'
देखाएँ, रद्दी हाल्ने स-सानो बोरा पनि छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |