हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सिता र फुल

रमेश खकुरेल, (काठमाण्डौं)


म भातका सिता खान्छु सीता पूजन गर्दछु

रङ्गीचङगी फूलहरू जम्मा पारी चढाउँछु ।
 
फुल खान्छु पकाएर स्वादले भातसाथमा
चढाएको फूल झिकी श्रद्धाले लिन्छु माथमा।
 
तिमी फूल चढा भन्छौ रामका मूर्ति सामुमा
यो कुरा कसरी मानूँ परेँ बिलखबन्दमा 
 
बिना णको व्याकरणै तिमीले लङ्गडो गर्यौ
राम्रो दिशा बिर्सिएर के दिसातिर लम्कियौ 
 
पुगेन के शकलले सकलै खान तम्सियौ
अमीलो अमिलोबीच भेद के पनि बिर्सियौ ।
 
ज्ञान छैन तिमीलाई ग्याँनले के बुझिन्छ र ?
लट्ठीले पशु हाँके झैँ भाषा हाँक्न सकिन्छ र ?
 
पहिले धर्म सिध्यायौ जातिको एकता टुट्यो
अब भाषा ध्वस्त पार्छौ तिम्रो नियत देखियो ।
 
सयौँ बर्ष लगाएर बनाएको थियो घर
अहिले ढाल्न खोज्दैछौ लगाई क्रूर डोजर

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |