हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घनश्याम ढकाल, अधुरो र अपूरो साहित्यिक क्रान्ति

असफल गौतम , ( )

जसको अभिभावकत्वमा हुर्केका सन्तान हुन् तिनीहरु एकातर्फ टुहुरा भएका छन्। अर्कोतर्फ पोखरेली साहित्यको एउटा पाटो अपाँग बनेको समय अहिले। आखिर समय समय नै हो। हिजो आफ्नो अभिभावक ठानेर बस्नेहरुका धरोहर बनेका व्यक्तित्वको अवसान भएको मात्र हो। आज सिड्डो पोखरा विलखबन्दमा परेको छ। जसको एउटै कारण भनेको प्रगतिशिल विचारधाराका अग्रज साहित्यकार घनश्याम ढकाल गुमाएको समय आजको समय। मैले उहाँको बारेमा धेरै जानेको छैन। मेरो उहाँसँगको त्यति नजिकैको सामित्यता रहने अवसर पनि मिलेन केही पुस्तक अध्ययनको क्रममा परे। जसको माध्यमबाट जति चिनीयो त्यही नै मेरो ढकालसर बीचको चिनारी हो। आखिर उहाँसँग चिनजान देख भेट गराउने माध्यम भनेको साहित्य श्रृङ्खलाले नै हो। साहित्य श्रृङ्खला पोखराका केही कार्यक्रमहरूमा मैले ढकाल सरसँग साक्षात्कार गर्ने मौका पाएँ। त्यसमा आफूलाई भाग्यमानी ठानेको थिएँ। समयले भाग्यमानी ठान्ने अवसर दिदाँदिदै त्यही समयले कोल्टे फेरेको पत्तो लागेन। वि.. २०६८ फागुन गते सहिद सप्ताह मनाउन जाँदा निधन भयो। भोलि पल्टका अखबारले समाचार छापे।सहिद सप्ताह मनाउन जाँदा सहिदका पिताको निधनपोखराको आर्दश समाजले महŒवका साथ समाचार थाप्यो। झलक्क सम्झे उहाँको साहित्यिक क्रान्तिको अधुरो अपूरो सपना। दुर्घटनामा परेर निधन हुनुभन्दा अगाडि नै मलाई साहित्यिक क्रान्तिको मोहले प्रभाव पारेको थियो उहाँको साक्षात्कारबाट। एउटा लेखकको मृत्यु सुनेर दुःख लाग्यो। निधनले प्रगतिवादी साहित्यले एक धरोहर नै गुमायो, साहित्यिक क्रान्तिको क्षण कुरेर बसेका युवा पुस्ताले क्रान्ति नायक अभियन्ता गुमायो। त्यसपछिका सन्दर्भ जोडेर टुड्डो लाग्ने ठेगान छैन। यहाँ उहाँको साहित्य, कला चिन्तनका विषयमा मात्र केही कोर्ने प्रयास गरिएको छ।

घनश्याम सरसँगको मेरो औपचारिक सम्बन्ध पहिलो पटक वि.. २०६५ सालमा भएको थियो। सोही क्रममा मैले सङ्घर्षमा कलम पत्रिकाको पहिलो अड्ढ दिने उहाँको सौन्दर्य शास्त्रको आँखीझ्याल पुस्तक लिने काम भएको थियो। जहाँ सौन्दर्य शास्त्रको आँखीझ्याल पुस्तकले मलाई केही सौन्दर्यका कुरा सिकायो नै। साहित्य श्रृङ्खलाका श्रृङ्खलाहरूमा उहाँसँगको भेट बढ्दै जाँदा माक्र्सवादी साहित्यको सौन्दर्य, चिन्तन त्यसका आधारभूत शब्दावलीबारे थोरबहुत जान्ने बुझ्ने मौका मैले पाएँ। उहाँको गम्भीर अन्तरमुखीपनले उहाँको चिनारी दिएको थियो। जहाँ उहाँका कुराबाट मलाई पनि क्रमश प्रभाव पार्दै गएको थियो।

उहाँले पोखरामा रहेर गण्डकी साहित्य सड्डमको स्थापना विकासमा पु¥याउनु भएको योगदानमा कसैले दुई मत राख्न सक्दैन। त्यसैको सम्मानका खातिर आज स्मृती ग्रन्थ प्रकाशन गर्दै गर्दा मैले उहाँको सम्मानका खातिर यी शब्दहरु पोखेको छु। पोखरामा रहेर गण्डकी साहित्य सड्डमको मातहतमा हरेर सम्पादन गरिएका समीक्षाग्रन्थ जसलाई अध्ययनमा पार्नेहरूले जति ढकाल सरलाई चिनेका छन् त्यती यो थिरथिर गर्दै गरेको कलमले चिन्न सकेको छैन। फेरि अर्को कुरा थोरबहुत चिनेकै आधारमा गरिएको मनगणन्ते कुराले पनि उहाँको कुनैपनि पक्षमा आँच पु¥याउनु भएन। त्यसैले त्यो हिम्मत राख्न सक्दीन। मैले नजिकैबाट देखेको, उहाँले उठान गरेका विषयलाई मात्र समेट्नु पर्ने ठानेको छु।

 निधन हुनुभन्दा दुई महिना अगाडिको साहित्य श्रृङ्खलामा उहाँले उठान गरेको कुराले मनमा राँको बालेको थियो। भन्नु भएको थियोनेपालका हरेक कुना कन्दरामा ठूला ठूला मेला महोत्सवहरू हुने गरेका छन् त्यहाँ साहित्यलाई कुनै स्थान दिइएको छैन। अब साहित्यिक क्रान्ति नै गर्नुपर्ने हो कि जस्तो बेला आएको त्यसलाई कसरी अगाडि बढाउने हो छलफल सरसल्लाह आवश्यक छ।यही शब्द नै मेरा लागि साहित्यिक क्रान्तिको पहिलो अन्तिम शब्द भयो घनश्याम सरसँगको। हुन पनि हो पछिल्लो समय हरेक हप्ताहप्तामा हुने कुनै पनि मेला महोत्सवहरुले साहित्यलाई स्थान दिएनन्। यसमा साहित्य सिर्जनामा जीवन नै समपर्ण गर्न लागेका स्रजकको चिन्तन हुनु समयको माग थियो।

विषय अत्यन्त समयसान्दर्भिक जटिल हो तर पनि यसलाई त्यती महŒवका साथ लिएको देखिएको छैन। किनकि पछिल्लो समय पोखरेली साहित्यमा विविध वादहरु देखापरेका छन्। जसको प्रत्यक्ष प्रभाव आखिर पोखरेली साहित्यको स्तरोन्नतीका लागि नै पार्ने हो। त्यो हुँदा यहाँ चाहे धनश्याम सरले उठान गरेको कुरा होस् चाहे अन्य कुनै स्रष्टाले त्यसैले साहित्यलाई माया गर्नेहरुले अब उहाँले देखाएको बाटोमा हिड्नु नै पर्ने हुन्छ त्यसका लागि प्रयास गर्नुनै पर्ने समय आएको छ। हो, साहित्य साधनाको कुरा गर्दा उहाँले माक्र्सवादको शास्त्रीय धारा समातेर कलम चलाउनुभयो। त्यो भन्दैमा सबै दायित्व भनेको त्यही धारावादीहरुको हो भनेर हात धुनु भनेको रुखको टुप्पोमा बसेर फेद काट्न खोज्नु सरहबाहेक अरु केही पनि होइन। उनका अनुयायी भीम ज्यालादारी भन्छन्ःढकाल सरले कस्तो राम्रो कुरा उठाउनु भएको थियो। अब यसलाई कसरी पूरा गर्ने हो। यो दायित्व हाम्रो काधमा आएको छ।यसबाट प्रष्ट हुन्छ उहाँले आफूले अङ्गालेको धारले Çना अनुयायीहरुमा कस्तो छाप पार्न सक्ने कलापक्ष थियो भन्ने कुरा। जसको इतिहास मैले पोखरामा बेलेको देखेको छु भोलि पनि बलिरहने छ। कोही समालोचकहरुले उहाँले धेरै किताब लेख्नुभयो, छाप्नुभयो तर पाठक भने शास्त्रीय धाराका सीमित पाउनुभयो भनेर समीक्षा गरेको पनि देखियो। आखिर त्यहाँ जीवनवादी, माक्र्सवादी, प्रगतिवादी वा समानान्तर होस् जुन भएपनि नेपाली साहित्यको उत्थानका लागि गरिएको पहल हो। त्यसैले ढकालसरले उठाएको कुरालाई माक्सवादी धाराको विचार भनेर सिड्डो पोखरा पन्छिन मिल्दैन।

पोखरामा साहित्य श्रृङ्खलाले आफ्ना हरेक श्रृङ्खलाहरुलाई विभिन्न साहित्यकारहरुका स्मृति श्रृङ्खलाको रुपमा प्रस्तुत गरेको तर अब त्यसले मात्र उहाँको सम्मानका खातिर स्मृति दिवस मनाएर हुँदैन। किनकि उहाँले पोखरामा चालेको अभियान पोखरेली महाभारत बनेको छ। त्यो महाभारतको जति चर्चा गर्न सकिन्छ त्यती नै जिवन्त बन्छ। हरेक व्यक्तिका आफ्ना सिद्धान्त हुन्छन्। त्यसमा दुई मत रहदैन। उहाँले पोखरामा रहेर आफ्नो सिद्धान्तनुरुपको जमात खडा गरे। त्यो पनि अत्यन्त राम्रो हो। सङ्गठित हुनु कार्य सञ्चालन गर्नु सबैको लागि राम्रो हो। एउटा असल लेखकले जुन सुकै वादको पक्षमा लेखेपनि नेपाली साहित्यको उत्थानका लागि गरिएको प्रयास हो त्यसैले गर्दा ढकाल सरले उठाएको सन्दर्भलाई जोडदारका साथ अगाडि बढाउनु समयको माग हो। पोखरामा साहित्यक वातावरणको माहोल सिर्जना गर्ने हस्तीमध्ये घनश्याम ढकालको पनि नाम केही व्यक्तिहरुले मात्र लिएर हुँदैन। यस्ता मुर्धन्य साहित्य चिन्तकको निधनले सिड्डो नेपाल दुखित भएको त्यो मात्र होइन सबैभन्दा धेरै पोखरा दुःखी भएको छ। उहाँले उठाएको साहित्यिक क्रान्तिको प्रसँग उहाँका शुभचिन्तक सबै समक्ष पुगोस् मेरो सतत् कामना।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |