गजल
असफल गौतम , ( )
आमा ! आज मेरो उजाड बस्ती ढल्यो
परिवर्तनको सपना देख्ने गस्ती ढल्यो
तिम्रो स्वाभिमानका खातिर के गरिन
आज जिजिविषाको सम्पूर्ण हस्ती ढल्यो
परिस्थिति बाध्यता र विवषता भन्छन्
क्रान्तिको विगुल बोक्ने हर्के अस्ती ढल्यो
हेर ! अझै पनि समय यस्तै जटिल भयो भने
खबरदार ! अब सामन्तीको मस्ती ढल्यो !