गजल
सुमन लम्साल, (स्याङ्जा)
न त आर्कै रोज्न सकेँ न त तिम्रो हुन पाएँ ।
माया गरें बदलामा जिबनभरी रुन पाएँ।
पुतलीझैँ होमिएछु बत्ति सँग नाता गाँसी,
हैर्दा हेर्दै आफै जलेँ न त कहिल्यै छुन पाएँ।
चस्क्यो छाति मध्य राति आए तिम्रा यादहरु,
छचल्कियो आँखाबाट परेलीलाई धुन पाएँ।
तिम्रो जस्तै प्रतिबिम्ब कता कता देखे झैँ भो,
चर्किएछ मनको घाउ छाम्दाखेरी खुन पाएँ।
जुन थियो जुनसँगै आधार दिने आकाश थियो,
न त तिम्ले आकाश पायौ न त मैले जुन पाएँ।
Comments
suman lamsal
dherai dhanyabad amrit subedi guras dai ra khasskhass.com pariwar lai...
Raju sarma
जुन थियो जुनसँगै आधार दिने आकाश थियो, न त तिम्ले आकाश पायौ न त मैले जुन पाएँ।!!!!!!!!!!!! Ramro lago e pankti haru---