गजल
अमृत सुबेदी गुराँस, (अरुणोदय १ तनहुँ)
पाउ भन्दा नि तल शीर वनाइदियो
उसले गजबको तस्बीर बनाइदियो
दुवै एउटै हो भन्यो म तीन छक परें
गधालाई मान्छेको शरिर बनाइदियो
मायाले सवथोक वनाउँछ सत्य रहेछ
उस्लाई अमिर मलाई फकिर बनाइदियो
पुजारीलाई थोरै मदिरो पिलाएको थें
भट्टी पसललाई नै मन्दिर बनाइदियो