विस्मत, ठाकुको प्रेममा
मनु लोहोरुङ राई, (सितलपाटी - ६ संखुवासभा, हाल: - न्युयोर्क, अमेरिका)
ठाकु !
म रातो गुलाफको पाहुर बोकेर
तिमीसंग मुटु साट्न आउँदा
पोहोर परारको जस्तो
बैजनी रंगको कागजे फूल नहुनू है !
किनकि
मलाई नक्कली फूल मन पर्दैन,
र कुनैसंग कन्ट्रास नै नमिल्ने
जो कुनै निश्चित चेहराको बनौट
र मिलेमतोमा सुहाउने रङ मात्रै पनि मन पर्दैन |
ठाकु !
तिमीसंग
मेरो गुनासो भनौ कि बिस्मात ?
कि,तिमीले देखेको यो गुलाफ जस्तै
म सदियौं "I LOVE YOU" काँडाहरुसंग हाँसी रहेँ |
त्यसैले
म त यसपाली सबेरै उठेर चराहरुसंगै
बिहानी गीत गाउने विचार गरेको छु |
आकाश र धर्तीको सँघार देखि
उक्लेको सूर्य भन्दा अगाडी
समय बोकेर तिमीलाई डोर्याउदै-डोर्याउदै
म पर-पर पुग्दैछु |
उन्यु फुलेको समय र
गर्भमा हराएको मान्छे (तिम्रो प्रेमिका)
म ऐन्द्रिक चेतनाले
अब 'जैविक जिजिविषा' जस्तो
आज उप्रान्त 'गुलाफ' देखि 'सल्लाको रुख' बाँच्छु |
कि प्रयोगमा सलाईको काँटी' बन्नु छ
अध्याँरो चीर्नु अगावै
एक काँटी आफू पहिले जल्न सकूँ |
हो त्यही उज्यालोमा संसारले तिमीलाई देखून्
र तिमीले संसारलाई देख्नू-
मायाले...प्रेमले...सम्मानले !!!
mrlohorung@gmail.com
Comments
prakash sayami
Ramro cha manu Bahini