हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

एबिगल

गुणराज लुइटेल, (भर्जिनीया)


एविगल म चकित छु
तिम्रो जीवनको रंग देखेर,
तिम्रो दिन चर्या हेरेर,
तिम्रो सन्तुष्टिको
मरुभूमि संसार देखेर,

जीवनका पचास बसन्त पार गर्दा,
लालाबालाले घेरेर,
दरिलो घर गृहस्थी हुने बेलामा,
बुढेसकालको सहारा,
सन्तानले डांडाकांडा ढाक्ने बेलामा
जीवनको यस मोडमा,
तिमी फगत एक्ली छौ,
देख्दा लाग्छ—
तिमी एक गतिमा बतासिएको झटारो हौ ।

यो विरानो भूमिलाई पहिचान गर्न खोज्दा,
मेरो अध्ययनको प्रतिनिधि बनेकी तिमी,
स्वर्ग ठानिएको संसारको बृत्तमा जन्मिएकी तिमी,
संभ्रान्त राष्ट्रकी नागरिक तिमी,
तैपनि देख्दा लाग्छ,
तिमी एक शून्य हौं, फगत शून्य ।

तिम्रो जीवनमा खहरे झैं बनेर आएका,
दर्जनौ पुरुषहरु छिन्नभिन्न भएर,
अस्ताइ सकेको पनि धेरै भयो,
तिमी त पुरुषको नामसंग पनि घृणा गर्छौ रे ।
उही, सधैं झैं आज पनि,
बेलायती पप्पीलाई डो¥याउंदै,
मेरै घरको अगाडिबाट हिडीं रहेकी छौं।
म फेरि पनि तिम्रो नियतीप्रति
घोत्लिन बाध्य छु,—
कुन विश्वासको हावाले तिमीलाई उडाइरहेछ,
कुन आस्थाले तिमीलाई मुर्ख पारिरहेछ,
कुन परिवेशले तिमीलाई निर्देश गरिरहेछ,
कुन समाजले तिमीलाई समूह छुटाइरहेछ?

हुन सक्छ मेरो हेराइ गलत हो
मेरो देखाइ गलत हो,
मेरो हेराईमा तिमी फगत एक्ली छौ,
हुनसक्छ पप्पीको आवाज नै
तिमीलाई बच्चा कराए झै लाग्दो हो,
पप्पीलाई काखमा राखेरै
बात्सल्यताको न्यास्रो मेटिंदो हो ।
पप्पीलाई हिडाइ डुलाई गरेरै,
लालनपालनको सन्तुष्टि हुँदो हो ।

तिमी शुन्यबादी हौ
तिमी एकात्मबादी हौ
तिमी स्वचिन्तक हौं
तिमी आत्मकेन्द्रित छौ
तिमी असामाजिक हौ,
एक किसिमको विध्वंशकै प्रतिनिधि हौ ।

कस्तो विचार हो त्यो?
एकान्तबादतिर डोर्याउने?
कस्तो संस्कार हो त्यो?
दुईटा मानिस संगै बस्न नसक्ने?
कस्तो मान्यता हो त्यो?
सन्तानले काखमा खेल्नै नपाउने?
कस्तो रिती हो त्यो?
पशुको खातिर,
मानबको बली दिने?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |