हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

नगेन्द्र ईङनाम \"आठराईली”, , ((न्यु योर्क))

जिन्दगीको दोबाटोमा, तिमीलाई हराएर रोएँ
भेटेपछि सपनामा, निद्रैबाट म कराएर रोएँ

बिउँझिएर खोजिहेरें, सुनसान रात साथ थियो
डुब्दैथिएँ तिम्रो यादमा, धोखादेखि डराएर रोएँ

पराईसाथ मिलेपछि, शहरतिर रम्यौ नै होला
म त गाउँकै बनपाखामा, बाख्राबस्तु चराएर रोएँ

एउटै थियो हाम्रो यात्रा, मलाई एक्लै छोडीगयौ
जिन्दगीको एकान्तमा, आँफैभित्र हराएर रोएँ

चोइट्याएर सिङ्गो मुटु, आफ्नो जीवन अर्पण गरें
आफु रहें नदी वारी, तिमीलाई पारी तराएर रोएँ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |