हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बोर्डिङ स्कूल

राजु शर्मा, (काठमाडौं )

देख्नु भयो छोरा पहिलो भए छनि ? मिठाई खुवाउनोस भनेर मिसहरुले कच कच गर्दै छन् , यसो केहि किनेर लगि दिने हो की ? ”

कार्यालयबाट घर पुग्ना साथ भर्याङमै श्रीमती खुशीको बृत्तान्त सुनाउन आई पुगी । ठूला ठूला आखाका भाकामा हर्षको सम्पूर्ण समूद्र उर्लिएको आभास देखिन्थ्यो । सांचै विछिट्टैराम्री छे मेरी श्रीमती , आज त झन अचाक्ली राम्री देखिएकी थिई । मन हर्षले विभोर भयो । उस्को हसमुख स्वभाबले म बिछट्टै लोभिन पुग्छु । सदाझै मायां पोख्छु गालामा प्याट्ट हिर्काएर मायाँको झिनो आभास दिने जमर्को गर्छु । यदा कदा कालो बादल मडारीएर आउँदा मात्र मेरो मायाको पोखाईमा अबरोध आउने गर्छ नत्र उनलाई दिने मायाँमा म कन्जुस्याँई गर्दिन् । एक्कासी छोराको बिषयमा सुनिएको खुसिको खबरले को बाबु होला खुसि नहुने ? मलाई पनि निकै खुसि लागेको थियो । त्यसैलेत प्रतिकृया जनाई हालें श्रीमतीको गालामा प्याट्ट हानेर , त्यो पनि मायालु पाराले ।

छि लाज नभाको..... ! कस्तो जिस्किन सक्या होला ? ” उनको नियमिततानै हो प्रतिकृया जनाउनु । मेरो मायाँको प्रतिकृया उनि यसै गरी जनाउछिन् । यसमा पनि गहिरो मायाँको आभास लुकेको महसुस गर्छु ।

उनको मुहारमा लालिमा पोतिन्छ । गोंधुलि भित्रिन्छ । उषाको आभाषमा झन राम्रि अझै राम्री विछिट्टै राम्री देखिन्छे ।

ए बावा कोठामा त छिर्न देउ ? यो बाटोमै केको जात्रा ।उल्टै आफैंलाई सांचिलो पार्ने जमर्को गर्छु ।

के को जात्रा सात्रा नि ? खुसिको कुरा गर्न पनि जात्रा चाहिन्छ र ? ” उ त झन किन रीत्तिन्थी र ?

के खोज्छस कानो आँखोमलाई अब झन बातावरण सहज लाग्छ । अंगालोमा कस्न उद्त हुन्छु ।

पेरुङगाबाट माछा फुत्कीएझै फुत्कीएर उनि कोठा भित्र छिर्छिन् ।

ल हेर्नुहोस यो फाईलमेरो हातमा नेपाली कागजको बाक्लो फाईल थमाई दिन्छिन् । बर्ष दिनको लगानिको सांबा र ब्याज मेरो हातमा पर्छ । पुरै फईल निरीक्षण गर्छु । निरीक्षण पश्चात बत्तिस दन्त उघारी दिन्छु । प्रति उत्तरमा उनि पनि खिस्स मुस्कुराउछिन् ।

छोरा खोई त ?” चारै तिर आँखा फाल्छु ।

बाबु .....बाबु .... उ कण्ठ फुलाउछे ।

पल्लो कोठाबाट हजुर भन्दै छोरो टुप्लुक्क देखा पर्छ । समाएर पुरै मायां रीत्याई दिन्छु ।

भोलि पर्सीलाई पनि राख्नुस है उ सतर्क पार्छे ।

मायां पनि रीत्तिन्छ र ..?”म जीज्ञाँसा पस्कन्छु ।

अचाक्ली भए पछि जे पनि रित्तीन्छ...। उ ओठ लेप्राउछे , र मलाई मायाँको काउकुति उपहार दिएर पल्लो कोठा भित्र पलाएन हुन्छे ।

मलाई भने पुरानो अठोटले घच घचाउन थाल्छ । गाउंको पाठशालामा पढेर यो अबस्था सम्म आई पुगेको मान्छे म । शहरीया पढाईको स्तर राम्रो भए पनि अनुशासनमा कन्जुस्यांई मलाई पटक्कै मन परेको छैन् । त्यस माथि झन वोर्डिङै पिच्छे माथि उक्लिने श्रेणि आ आफनै प्रकारले निर्धारण गरीएको हुनाले एक क्लास सम्म पुग्न तिन तह पार गर्नु पर्ने म जस्तो एकै पल्ट एकमा भर्ना भएको व्यक्तिको लागी अनौठो लाग्नु स्वाभाबिकै हो । नर्सरी , एल के जी , र यू के जी का तहहरु सबै स्कूलमा समान थिएनन् र छैनन् पनि । त्यसैले म एल के जी र यू के जी मध्ये एउटा श्रेणी मात्र राख्नु पर्छ भनेर बिद्रोही भाबना प्रकट गर्ने गर्छु । शीक्षामा पनि एक रुपता नहुनु विडम्वनानै मान्नु पर्छ । बर्षाको च्याउ उम्रे झै उम्रेका बोर्डिङहरुले आम्दानीको ढोका धेरै क्षेत्रबाट खुल्ला गराएका त छदैछन् । त्यसै मध्यको आम्दानीको एउटा श्रोत श्रेणी बिभाजन  पनि हो । छोरालाई नर्सरीमा भर्ना गर्नु भन्दा पहिलेनै एउटा अठोट गरेको थिएँ । म यो श्रेणी बिभाजनमा सम्झौता गर्दिन भनेर ।

जुन दिन हाम्रो कोठा नजीकै एउटा बोर्डिङ स्कूल खुल्यो । छोरा पनि बोर्डिङ जाने उमेरको भयो । घर सल्लाह अनुशार घर नजीकै भर्ना गर्दा........?

 सुरक्षित पनि हुने ,

 टिफिनको झनझटबाट पनि मुक्त भईने ,

 बस भाडा पनि ब्यहोर्नु नपर्ने ,

 आफनै आखाँ सामुन्ने पढिरहने ,

हाम्रो छनौटमा छिमेकी बोर्डिङ छानियो ।

एक दिन हामि दुई जोई पोई छोरालाई बोर्डिङमा भर्ना गर्न गयौं । स्कूल भित्र के छिरेका थियौं । मूल द्धवारमै आएर एक जना भद्र भलादमीले दुईहात जोडेर नमस्कारटक्राए , प्रति उत्तरमा हामिले पनि नमस्कारफर्कायौं ।

कस्लाई खोज्नु भएको होला ....?”

प्रिन्सीपल सरलाई खोजेको

के काम थियो होला...?”

छोरालाई भर्ना गरुं कि भनेर

भलादमीको मुहारमा खुसी पोतियो । हिडनुस अफिसमै गएर कुरा गरौंला....? उस्को पछि पछि हामि लाग्यौ ।

आफनो कुर्सि्रमा गएर उनि थ्याच्च बसे ।

हामी किंकर्तव्यबिमूड भएर उभिरह्यौं ।

बस्नोसन ...सामुन्नेको दुई खाली कुर्सि तर्फ इशारा गरे ।

उनको आदेशलाई मान्नै पर्यो । कुर्सिमा हामी थ्याच्च थचारीयौं ।

अब उनले आफनो भाषण सुरु गरी हाले । उनको ब्यापारीक भाषण सुन्न हामी बाध्य भयौं । हामीले पनि आफनो बिचार खुलस्त राख्यौं । उनि नौनि पग्लिएझै पग्लिन थाले । उनि त झन लत्र्याक्क लुत्रुक्क परे । हामि एक पछि अर्को सर्तहरु राख्दै गयौं । उनि सहमति दिदैं गए । अन्त्यमा उनि हाम्रा सम्पूर्ण सर्तहरु मान्न राजी भए । त्यसैले छोरालाई भर्ना गरेरै फर्कियौं ।

                       

यि यो लिनोसरातो एक पन्ने कागज लेराएर श्रीमतीले हातैमा थमाई दिई ।

यो के हो...?”

बिल हों....?”

कस्को बिल...? के को बिल....?”

छोराको स्कूलबाट दिएको......

हिजो मात्र त फिस तिरेको हैन् तिमिले....?”

त्यो त फिस तिरेको .....यो त अरुनै के के को हो ...?

मेरो कन्सुरीको रौं तातीएर आयो ।  जब जब थोपरीएको बिलहरु आउथ्यो हामी दुई जाई पोई बिच बाद बिबाद चल्थ्यो । श्रीमती सगं यसै बिषयलाई लिएर कत्ती पल्ट असन्तुष्टी पनि जाहेर गरी सकेको थिएँ । हामि दुई जोई पोईको बिचमा स्कूले शिक्षाले गर्दा कत्ती दिन त बोलचाल पनी बन्द हुन थाल्यो ।

नाक काटेर चाक टाल्नेप्रबृद्धिको तिर्ब बिकाश भएको आजको समाजमा म पनि टुप्लुक्क पहाडबाट शहरां चियाउन आईपुगेको एउटा बोक्रे भलादमी सीबाय अरुके नै थिएं र.....? शहरां छयाप्छयाप्ती पलाएका बोर्डिङ प्रति मेरो पनि नजानिदो गरी लगाब बडेको त छदै थियो । बोर्डिङ प्रतिको लगाब मेरो मात्र नभएर शहरका अन्य भलादमी भनाउदाहरुका पनि बडेको पाएको थियँ ।

एक दिन कार्यालयमा यसै बिषयमा छल फल सुरु भयो । मेरो एक जना मित्र पनि बोर्डिङे शिक्षाबाट पिडित रहेछन् । उनको धारा प्रबाह छुटन थालिहाल्यो । राम्रो नाफा हुने बोर्डिङ ब्यापार हुंदा हुंदै को मूर्ख होला ? अन्यत्र पैसा लगाउने । त्यसैले पोखरीमा हुप्लुक्क परेको ढुङ्गाको छाल फैलिए झै फैलिदै गएको छ बोर्डिङे ब्यपार । कलिला बाल बालिकालाई पश्चिमेली सोकेशमा सजाएर मोल तोल गर्न हतारीएका हुट्टीटयांउहरु आफुलेनै देशको सभ्यता , संस्कृति , धर्मलाई धानेर बसेका छौं भनि कुर्लीन पनि कैले पछि पर्छन् र.....?”

उस्को वोलिमा लोलि मिलाउंदै अर्काे मित्र कडकिए हुन त यस उद्योगलाई फलाउन फुलाउन मद्धत गर्ने पनि हामि जस्तै परीवार नियोजनका बिरोधिनै त हौं नि.....

सबैको हासो घनकियो । नजिकै बसेर हाम्रो वाद विवादको मज्जा लिईरहेका कार्यालय सहायकलाई पच्न अलि गार्हे परेछ क्यर ? उसले पनि थप्यो शहरका गगन चुम्बी महलमा बस्ने सम्पन्न परिवारका पठित र सभ्य कहलाईएकाहरुको संतान मात्र नभै कांठ , गाउँ , पहाडका झुप्रा र छाप्रा कटेरामा बस्ने ढींडो र गुन्द्रुकले छाक टार्न नपाउने कपुरी क पनि नचिनेकाहरुको संन्तान पनि बोर्डिङ स्कूल प्रति आकर्षित देखिन्छन् सर...। त्यति मत्रै कहां हो र सर.... आफना सन्तानले डयाडी ममी भनेको सुन्दा गर्भले नाक फुलाउछन् यि भलादमीहरु.....

                    

एक दिन म कार्यालय जांदै थिएं । बाटोमा एक जना उपबुर्जुक छोरालाई हप्काउंदै थिय । गर्दनमा दाम्लो झुन्डयाएको पनि एक वर्ष भै सक्यो अझै अंग्रेजी बोल्न जान्दैन्........

मेरो कानमा एक्कास्सी ठोकिन आई पुगेको यथार्थताले मलाई सभ्यता प्रति जीज्ञाँसा उब्जाएर ल्यायो ।

उनी अझै कडकदै थिय अंग्रेजी पनि नजान्ने छुसीले के बोर्डिङमा पढनु...?” त्यो दुदे बालक डयाडिको रिसको आबेगमा पर्दै थियो ।

सडकको पेटिमा मधिसे भैया स्याउ बेचिरहेको थियो । बालक चिच्यायो एप्पल...एप्पल....डयाडिको नाक घिरौंला जत्रो बन्यो ।

स्याबासबालकले स्याबासी पायो । त्यो दृष्यले मेरो दिमागमा धेरै प्रश्नहरु मढारीन थाले के अग्रेंजी जान्नु मात्रै आधुनिकता हो ?” तर के गर्नु महिनाभरको तलबबाट आधाजती स्वत्तै बोर्डिङमा बुझाएर छाक टार्न धौ धौ हुंदा पनि आधुनिक सभ्यता घर भित्र हुल्न हतारीएका भलादमीहरुको लाइनमा म पनि लाम लागि सकेकै थियँ । त्यसैले अब आफुलाइ आधुनिक समाजको हिमायती भएकोमा सगरमाथाको टुप्पो सम्मै पगिसकेको महसुस गर्थें । बाताबरणनै मन परी तन्त्रले ढाकेको परीबेशमा म जाबो छुसि प्राणिले के नै गर्न सक्छु र ? समाजको बिकृति प्रति असन्तोष जाहेर गर्ने ब्यक्तिलाई आफनो अठोट कार्यान्वन गर्न निकै बाधा पर्दो रहेछ । तर पनि मैले हरेश खाएको भने थिईन् ।

मैले आफनै आखाँले देखेको छु । बोर्डिङ ब्यापारीहरुको भाग्य चम्कीएको , आकाशिदो प्रगति भएको । एक जना मेरा पुराना मित्र थिए । बि ए मा सात पल्ट गुल्टीएका । उनले पनि काठमाण्डौंको एक छेउमा पांच बर्ष अगाडि एउटा बोर्डिंङ स्कूल खोलेका थिए । बिद्ययार्थिका झोलामा टन्न संग किताब कापी भरी दिएका थिए । अग्रेंजी किताबको खातै खातले झोला टन्न भरीएको त छदै थियो । त्यसको भिराईले बाल बालिकाको ढाड स्वात्तै लच्की सक्दा पनि ति मित्रलाई आफनो ब्यापार प्रति झन आत्मा संन्तुष्टी बडेको बक्दै हिडन पछि पर्दैन थिए । उनी आफनो ब्यापारको विषयमा अनेक तर्क वितर्कको खेती गर्न खप्पीस थिए । त्यसैले त उनको बिचारमा ब्यापारमा एक अर्का प्रति सहयोग र बिनिमय हुनु पर्छ भन्ने थियो । त्यसैले त उनले किताब ब्यापार । हाड जोर्नि डाक्टरको ब्याबशाय । आदि ईत्यादि हरेक क्षेत्रलाई सहयोग गरेको कुरो खुलस्त संग छाति फुलाएर कुर्लन्थे । फेरी बिद्ययार्थिको गलामा दाम्लो झुन्डयाउन त उनि झन किन पछि पर्दथ्ये र ?उनको बुझाईमा गालामा बांदेको दाम्लोले बिदयार्थिलाई अनुशासीत बनाउन मद्दत गर्छ भन्ने लाग्थ्यो ।  उनको वोर्डिङमा अन्य वोर्डिङको दांजोमा मासिक शुल्क पनि कम भएको कुरा उनी जुन सुकै जमघटमा पनि दोहर्याउन पछि पर्दैन् थिए । यकातिर मासिक शुल्क कम लिएको वकालत गर्थे भने अर्को तिर वार्षिक भर्ना शुल्क एक मुष्ट असुल्न भने किन छोडथे र..? । त्यसैले त उनको बैकंको खातामा रकम गुणत्मक रुपमा बडदै गएको थियो ।

उनको बोर्डिङमा पढ्ने बिद्ययार्थिहरु बोर्डिङ भित्र छिर्यो कि , अग्रेजी पप गितमा टाउको हल्लाउन थाल्थे । यस्तो दृष्यले उनि झन छाति फुलाएर तालमा ताल मिलाउन थाल्थे । यसरी छोरा छोरीलाई बोर्डिङमा पढाएर , उनिहरुको कृया कलापमा भएको परीवर्तन देखेर , आधा पेट काटेर बोर्डिङ हुलेका डयाडि मम्मीहरु आफु नाङगीदै जांदा पनि बोर्डिङ प्रतिको लगाबलाई त्याग्न सकेका थिएनन् ।

समाजका बोक्रे भलादमीहरुको बौलठ्ठिपनको फाईदा उठाएर मेरा मित्रले कुम्लयाउन सम्म पैसा कुम्लाए । आठ कक्षामा चार पल्ट गुल्टीएर काठमाण्डौं छिरेकी दार्जिलिङगी श्रीमती काखि च्यापी मारुती कारमा सलल बग्छन् । उनको यो प्रगतिलाई देख्दा दुनियांका मूर्खताबाटनै केही बुद्धिमानहरुले आफनो जीर्ण रोग निर्मूल पार्न सक्दा रहेछन् भन्ने यथार्थता सत्य साबित भएको छ ।

त्यसो त मेरा एक छिमेकी थिए । पहाडका पाढशालामा पढिरहेका आफना चार संतान पहाडबाट स्वात्तै सोरेर खर्लाप्प लेराएर शहरको एउटा बोर्डिङमा दाखिला गराएका थिए । उनि पनि नेताको पछि पछि लागेर यता भित्रिएका थिए । बल्ल बल्ल नेताको चाकडी बजाएर एउटा जागिर फेला पारे । चाकडी बजाएर पाएको जागिर त न हो....?  जुन दिन नेता पदबाट खुस्कीए , त्यसै दिन देखि उनले पनि जागिरबाट हात धोए । चार छोरा छोरीको बोर्डिङ पढाई र महिनै पिच्छे आउने बिलहरुको बोझले मेरो छिमेकिको अनुहार माघ महिनाको जाडोले चाउरीएको पशुपतिको बांदरको जस्तै भयो । पढाई रहेका संन्तानको भबिष्य पनि बिगार्नु भएन ? फेरी श्रीमतीजीको शहरां लाग्या बानि छुटाई दिन पनि त भएन नि ? जसो तसो धान्दै थिए , ऋण माथि ऋण थपीदै जांन थाल्यो । विचरा एक दिन त घरै बेचेर कुलेलम ठोके ।

                   

सधैं झै कार्यालयबाट सांझ घर फर्केको मात्र के थियं । श्रीमती कोठामा हुप्प फुलेर , ठुस्स परेर बसीरहेकी थिई ।

आज के रोगले छोयो ? कतै शरीरमा बिसन्चो भयो कि ? ” मेरो मनले शंकाको जालो बुन्यो ।

आज किन दिन धुम्मीएको छ । , पानि पर्ला जस्तो छनि ? कतै आकाशलाई कालो बादललेत ढाकेन् ? के भयो आज तिमीलाई ?” म जीस्कने मुडमा ओर्लियँ । गाला निमोठन हात पसारेँ । उ मेरो हातलाई झटकार्दै अर्को कुनामा गएर ठुस्की ।

त्यस्तो हसमुख श्रीमतीलाई आज के भयो.....? म असमज्यस्तताामा परें । नसोचेको यो के आई लाग्यो । सानो तिनो कारणले असर नदेखिने मेरी हसमूख श्रीमतीलाई आज के भयो ठूलै समस्या आईलाग्यो कि कसो...? बाताबरणलाई सहज बनाउनै पर्यो । छेउमा गएर फकाउने प्रयास दोर्याएं । यो प्रयास पनि खेर गयो । अब भने म पनि उनको नक्कल गर्न थालें । म त झन समाजको लोग्ने मान्छे न ठहरीएं । किन झुक्ने...? त्यसैले मौन ब्रत लिने अठोटले झयालमा आधा शरीर वाहिर फुत्त निकालेर घोप्टीएं ।

परेन के फसाद ? उल्टै समस्या थपियो एकातिर म , अर्को तिर उनि ।

चद्रमालाई वादलले कैद मुक्त गरी हाल्यो । बाताबरण छर्लङ भयो ।

आज छोरा लाई पुन भर्ना गर्न बोर्डिङ गएको थियं । यल के जीमा भर्ना नगर्ने हो भने पांच शय रुपैयां जरीबाना बापत बुजाउनु पर्छ रे ” ?

के को जरीबाना...?” मेरो कन्सीरिको रौं तात्यो ।

कक्षा पदोन्ती गरे बापतको रे....श्रीमतीको अध्यारो मुखमा बेदना र आक्रोश दखिन्थ्यो ।

धैर्यको बांद फुटन लागी हाल्यो । रगतका धमनिहरुमा रिस तंछाड मछाड गर्दै दौडन थालिहाल्यो । दांत चपाएर रिसलाई थाम थुम पार्ने कोशिस दोर्याएं , तैपनि अलि कति त छता छुल्ल भएर पोखि हाल्यो । तिमीले नै भनेर त्यो बोर्डिङमा भर्ना गरीयो । आज यो समस्या ल्याउने पनि तिमीनै हौ ? अब समस्याको समाधान पनि तिमीनै गर

त्यो बिचरी के गर्न सक्थि र ...? युद्धमा हारेको शिपाई झै लत्रक लत्री । काम बिगारेर हाकिमको हप्काई खादां मौन धारण गर्न बाध्य कारीन्दा जस्तै उ पनि मुन्टो निहुर्याएर समर्पण भै रही ।

झन प्रथम भए पछि छात्र बृद्धि दिनु पर्ने । माथिल्लो श्रेणिमा पदोन्ती गर्नु पर्ने । उल्टै प्रोत्साहन दिनु पर्नेमा उल्टै मोटो रकम असुल्न अनेक बहाना बनाउछन् सा.........हरु । नियम कानून नभएको राज्य जस्तो ? यो त अत्याचार भएन त...? यो त शिक्षाको नाममा खुल्लम खुल्ला ब्यापार हो । छोड देउ त्यो बोर्डिङमा पडाउंदै नपडाउने । म समस्याको समाधानमा भित्रै देखि आएको बिद्रोहको बाडि ओकल्छु । समाधान स्वरुप अन्यत्रै भर्ना गर्ने सुझाब अगी सार्छु ।

त्यसो भनेर कहां हुन्छ र ? बोर्डिङ मात्र सारी रहदां बच्चाको बानि बिग्रन्छ । बरु जरीबाना तिरेरै भए पनि त्यहिं राख्नु पर्छ । श्रीमती त झन जरीबाना तिर्ने कुरा पो गर्छे ।

यो कस्तो नियम प्रथम भएर एक क्लास माथि चडाउदा पनि जरिबाना तिर्नु पर्ने यो त अत्याचार निति भएन र...?” अझै अलि कति आक्रोश थेग्रीएकै थियो ।

समस्यालाई झन झन उकास्न पनि बिबेकले चाहेन् । बरु संन्तानको मायां र श्रीमतीको सल्लाहलाई अनुशरण गर्ने अठोट लिएं । आफनो अडानलाई तिलान्जली दिएरै भए पनि पांच शय जरीबाना तिर्न राजी भएँ । ठिकै छ ....भोलि गएर पांच शय जरीबानै तिरेरै भए पनि भर्ना गर ।अब भने सांच्चिकै चन्द्रमा खुल्यो । मुहारमा खुसि छता छुल्ल भएर पोखियो । वाताबरण सहज बन्यो ।

                  

बैशाख महिनाको सुरु देखि छोरा बोर्डिङ जान थाल्यो । सुरुमा त सबै कुरा ठिक ठाक नै भयो । बोर्डिङ जान पाएकोमा उ पनि दगं । हामि बुढा बुढी पनि दगं । उस्को हिडाईमा अंग्रेजी लचकता लचकिएको देखिन्थ्यो भने बोलाईमा अग्रेंजी लबज मिसिएको पाइन्थ्यो ।

गएको केहि दीन पछिनै उ बोर्डिङ जान ईन्कार गर्न थाल्यो डयाडी म अब बोर्डिङ जान्न

किनअप्रत्यासित प्रश्नले म झस्कीएं । उस्को बाल सुलभ अनुहारमा उग्र असन्तोष र बिद्रोहहरु सलबलाएको स्पस्ट देखिन्थ्यो ।

उ रुन थाल्यो । आंखाबाट खहरेको बेग उर्लीएर आयोे त्यो क्रम झन बढन थाल्यो । उ त घुप्लुक्क घोप्टिएर रुन पो थाल्यो ।

किन रोयको बावु...?”

मेरो श्पर्शले रोकीएको भेल झन सुसाउदै कुर्लन थाल्यो । उ चिच्याएर भक्कानियो ।

नरोउ किन रोयको.....?”घुप्लुक्क छातीमा टांसेर राखें । अलि अलि घुक्क घुक्क बांकी छदै थियो ।

मसिनो स्वर उघारीयो ,“बोर्डिङका सबै साथिहरु टयूसन पढछन् , त्यो पनि सरिता मिसकोमा । सरीता मिसले तिनिहरुलाई धेरै माया गर्नु हुन्छ । मलाई भने जैले पनि गालि मात्र गर्नु हुन्छ ।

बाक्य पुरा नहुदै पहाड भित्रका ज्वला मूखि बाट लाभाहरु बाहिर निस्कीए जस्तो कैयौं दिन देखि दबेका उस्का ब्यथाहरु आंसुका रुपमा प्रकट हुन थाले । एउटा निरपराध सात बर्से बालकलाई के भनेर संझाउने म दुबिदामा परें ।

पल्लो कोठाबाट श्रीमती च्याट्ठिदै निस्की के भन्छ यो । टयूसन स्यूसनको कुरो..... , किन चाहियो टयूसन ? मैले बि ए पास गरेको । तपाईले एम ए पास गरेको , के को लागि हो जाबो यू के जि को बच्चालाई त हामिले नै पढाउन सकिहाल्छौ नि.....। उ त झन के टस मस हुन्थी र ।

एउटा बाल सुलभ मनोभाबनामा ठेस पुर्याई रहन पनि मेरो मनले रुचाएन् । फेरी भाषा , धर्म , संस्कृति , वारे जति बुझाए पनि मर्म बोध गर्न सक्ने परिपक्ताको बिकाश पनि मेरो सात बर्षे छोरामा भएको थिएन् । उस्ले के बुझोस डयाडिको भाबना , ममीको चाहना । उस्लाई बोर्डिङको बाताबरण र टयूसनको भूतले छोयको थियो । मेरो स्वाभिमानले आफनो अस्मितालाई कचक्क कुल्चीएर बोर्डिङको हरेक नकारात्मक पक्षलाई सहमति प्रदान गर्न चाहेन । मलाई नदिको बिचभागमा उभिरहेको जस्तो लाग्यो । एकातिर आफनो अठोट र स्वाभिमान थियो भने अर्को तिर कलिलो बालकको बाल सुलभ बुझाइकोफाईदा उठाई रहेका बोर्डिङे ब्यापारी । फेरी बालकको कलिलो मस्तिष्कमा आघात पुर्याउन पनि भएन् । बिहानको कांचो घाम छिप्पिदै जांदै थियो । बल्ल उ रुन छोडेर ठुस्स ठुस्कीएर एउटा कुनामा गएर आशाको अबोध आंखा म तर्फ फाल्दै गरेको देखियो मेरो अभिभाबकत्व मुर्छा पर्यो । झन मायां टुसायो ।

आउ.....,पढ ....?” मैले के कोटयाएको मात्र थिएं । पुन घन घोर बर्षा हुन थालिहाल्योे । त्यो बालकलाई कसाईको अगाडी भैंसि बनाइ रहन उचित लागेन् । च्याप्प समाएर खोकिलामा लुकाएं । अझै उस्को बेदना र मर्म निर्खी सकेको थियन् । उ सुक्क सुक्क गरीनै रहेको थियो ।

अब म बोर्डिङ जांदै जान्नउस्ले डृडता प्रकट गर्यो ।

किन र बाबु मिसले कुटनु भयो...?” मेरो जीज्ञासामा उ खुल्यो ।

अब उ खुलेर बोल्न थाल्यो । हिजो मिसले सिस्नो लगाउनु भयो उस्ले पिंडुलाको मासु सुम सुमाएर बेदना पोख्यो ।

अब ममा सन्तान पिडाको वोझलाई थाम्न सकने शक्ति रहेन् किन तैंले के बिगारीस र... ? ”

म मिसको घरमा टयूसन पढन गईन रे ? ” उस्ले  डडाएर भन्यो । उस्को बाल मनोभाबनामा चोट पर्ने भएले म झन डराएं ।

टयूसन पढन नजानु पनि गल्ती हन थालेछ मेरो असहमति उस्ले बुझयो या बुझेन् ।

टयूसनमा पढाएको सोध्नु भाथ्यो मिसले...., मैले भन्न सकिन् त्यसैले कुटनु भयो । सीस्नु लगाउनु भयो ।उस्ले सहज रुपमा आफनो पिडा पोख्यो ।

मलाई झन बोर्डिङ प्रति घृण लाग्न थाल्यो । अहिले गएर रीस पोखी हालुं जस्तो लाग्यो । तै पनि छोराको मनोभावनामा ठेस लाग्ने डरले रीसलाई चपाएरै निलीदीएं । पच्न भने गाहे हुने पक्का थियो । र्बोिर्डङ र घरको च्यापुमा परेर छोराको मथिङगल खलबलिने भएले म ग्रसित हुन पुगें । समयले जन्माएको यो समस्यालाई दुखेको मनको एउटा कुनामा थांती राखि एक पछि अर्को गर्दै प्रत्येक समस्या संग सम्झौता गर्न मलाई करै लाग्यो ।भोलि देखि तिमि पनि मिसको घरमा टयूसन पढन जाउ ल ? ” अब भने उस्को अनुहारमा कान्ति छायो । उ खुसिले बुद्रुक्क उफ्रिएर पल्लो कोठामा छिर्यो ।

                       

आज त मलाई देखि छोरो चिच्यायो डयाडि आउनु भयो ढोकैमा हात समाउन आई पुग्यो । पहाडबाट हजुर बुबा आउनुभा छउ औधि खुसि देखिएको थियो ।

मलाई पनि बुबा संग भेटने अटुट ईच्छा त छदै थियो ।  सरासर गएर ढोग गरीदिएं ।

भाग्यमानि भए बुबाले अशीक दिनुभयो ।

ममिलाई बोलाउ मेरो आदेशमा छोरा भान्चा भित्र छिर्यो । निमेष भरमै श्रीमती टुप्लुक्क झुल्कीन ।

छोराले म र मेरी श्रीमतीलाई गरेको संबोधनले बुबाको मुहारमा तिब्र्र असन्तोष देखियो । बाबु नातिलाई त अंग्रेजीको प्रभाबले स्वात्तै सजाई सकिछस ।

किन र बुबा...।

तिमिहरुले यसलाई बिगार्ने भयौबुबाको असन्तोष झन तिब्र बडयो ।

के गर्ने बुबा समयको माग हो ..., समय सगैं चल्नै पर्यो ।मेरो बाध्यता बुवालाई पाच्य भयो भएन....।

बेलुकाको खाना खाई वरी बडेमाको ब्याग सकि नसकि घिसार्दै छोरा सामुन्ने आएर बस्यो । ब्याग भित्रबाट धमा धम किताब र कापिको बिस्कुन सुकाउन थाल्यो ।

मिसले धेरै होम वर्क दिनु भएको छ । भोलिनै गरेर लैजानु पर्छ । यो टयूसनमा दिएको । यो बोर्डिङको कक्षामा दिएको ।उ होम वर्कलाई बिभाजन गर्दै थियो ।

म अलमलमा परें । यो कस्तो टयूसनहो ? होम वर्क थोपर्ने । तंलाई आई हाल्ला.... खुरु खुरु गरे भैहाल्यो..... ?” मेरो आदेशमा उ मुस्कुरायो ।

मलाई त आउदैन् । डयाडिले सिकाई दिनु पर्छछोरो त झन पो कडक्यो ।

अब भने सांच्चिनै फसाद पर्यो । जति पल्ट समस्या संग सम्झौता गर्यो झन समस्या माथि समस्याको खातपो लाग्ने क्रम सुरु भयो । छोरा त झन प्रतेक कापि र किताबको होमवर्क एक पछि अर्को गर्दै छुटयाउदै थियो ।

श्रीमती च्याठिदै आई पुगि उ पनि उल्टै छोराकै वकालत गर्न पो थालि । त्यति जाबो होम वर्क पनि सिकाई दिनु पर्दैन त .....? ”

बुबाको पनि प्यारो नाति त ठहरीयो बुबा पनि नातिकै पक्षमा देखिनु भयो । छोराले भने पछि सिकान.....?”

अब भने मलाई छोराको होम वर्क नसिकाई सुखै भएन् । छोराको अनुहारमा भने बिशाल बिजयको अभाष पोतियो ।

अब त झन उल्टै म माथि बोर्डिङ र टयूसनको होमवर्क गरी दिनु पर्ने दाईत्य थपिदै गयो । अब के के थपिने हो । म एक पछि अर्को सम्झौता गर्दै गर्दै जान थाल्यं । बोर्डिङ एक पछि अर्को सम्झौता गराइनै रहयो । जब सम्म मेरो छोरो बोर्डिङे शिक्षाबाट उन्मुक्ति हुदैन् । त्यस बेला सम्म मेरो आखा सामु सम्झौताको पहाडै तेर्सिरहेको देखें । मेरो छोरो हामि बिच सम्झौता गर्ने मध्यम भयो । उ मार्फत म सम्झौता गर्दै गएं ........गर्दै गएं ।

 

Comments

yr ghale

राजु  जी , कथा सरसर्ती  हेर्ने मौका पाएँ , कथाले  समसामयिक विषयलाई  आत्मसात गरेको रहेछ . त्यस्तै  कथा  निजात्मक एबम निबन्धात्मक पाएँ. बधाई छ  तपाइलाई .

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |