हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

म के गरुँ?

डा. दुर्गाप्रसाद अर्याल, (काठमाण्डौ )

भावना पोख्न सक्तिन के काव्य सिर्जना गरुँ?

हाना पार्न सक्तिन म लीला कसरि गरुँ?

जबाफ गर्भमै आफ्नै राखी प्रश्न म के गरुँ

रतिको कामना राखी सतीमा प्रश्न के गरुँ।१

 

जान्नेभन्दा निहुँ खोज्ने प्रश्न राख्नेहरुसित

सोझो जीवन गाँसेर कसरी हुन्छ के हित

फुराउन म सक्तिन कसरी कविता गरुँ

जुराउनै म सक्तिन मरीहत्ते म के गरुँ।।२

 

कविता बिचरी मेरी! रुन्छे आज म के गरुँ

जति रोए'नि कविता कोही सुन्दैन म के गरुँ

कविता भावनाको छ शव्दार्थ रुपको तरु

यसको साँध नै छैन बाँध छैन म के गरुँ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |